Logo

चर्चित दक्षिण भारतीय अभिनेता जयप्रकाश रेड्डीको नि’धन


काठमाडौं। चर्चित दक्षिण भारतीय अभिनेता जयप्रकाश रेड्डीको नि’धन भएको छ । मुख्य गरी तेलुगु फिल्ममा सक्रिय रेड्डीको ७४ वर्षको उमेरमा मंगलबार बिहान आन्ध्र प्रदेशको गुंटुर स्थित आफ्नै घरमा हृदया घा’तका कारण नि’धन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

केही मिडियाले पारिवारिक स्रोतको हवाला दिँदै हृदया घा’तपछि रेड्डी बाथरुममा लडेको जनाएका छन् । रिपोर्टका अनुसार जयप्रकाश रेड्डी पहिले शिक्षक थिए र उनलाई सानै उमेरमा अभिनयको सोख थियो ।

त्यसैले उनी गुंटुरमा स्टेज नाटक पनि खेल्थे । उनको पहिलो फिल्म ब्रह्म पुत्रुदु थियो । रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको जनाएका छन्।

रेड्डीको निधनप्रति थुप्रै सुपरस्टारहरुले श्रद्धाञ्जली दिएका छन। तेलुगु फिल्मकी स्टार अभिनेत्री रकुल प्रित सिंह,अभिनेता जुनियर एनटिआर, महेश बाबु, प्रकाश राज, रवि तेजा, काजल अग्रवाल, एसएस राजामौली, दग्गुबती वेंकटेश, राम पोथिनेनी, प्रणिता सुवास, रितेश देशमुख, लगायतले रेड्डीप्रति श्रद्धाञ्जली दिएका छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्