Logo

द्वन्द्वात्मक भौतिकवादका तीन नियम केके हुन ? थाहा पाइराख्नुहोस


द्वन्द्वात्मक भौतिकवादका तीन नियम छन् । यी तीन नियमबारे जान्न सकियो भने प्रकृति, समाज र चिन्तन जगतमा द्वन्द्ववाद के हो भन्नेबारे बुझ्न हामीलाई सजिलो हुन्छ । परिवर्तन र विकासबारे बुझ्न यी नियमको अध्ययन निकै महत्वपूर्ण छ । यी तीन नियमबारे यहाँ छोटकरीमा चर्चा गरिएको छ ।

१) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा संक्रमणको नियम– द्वन्द्ववादका आधारभूत नियमहरुमध्ये एक, जसले यो कुरामाथि प्रकाश पार्दछ कि गति तथा विकास कसरी हुन्छन् । विकासको यो सार्विक नियमले के बताउँदछ भने, अदृश्य, क्रमिक परिमाणात्मक परिवर्तनहरुको संचयले प्रत्येक प्रक्रियाको लागि एउटा निश्चित घडीमा आवश्यकतावस आमूल गुणात्मक परिवर्तनहरु, पुराना गुणबाट नयाँ गुणमा छलांगमय संक्रमणतिर लैजान्छ । यो नियम प्रकृति, समाज तथा चिन्तनको विकासका सम्पूर्ण प्रक्रियाहरुमा लागू हुन्छ । यो विकासको द्वन्द्वात्मक सिद्धान्तको लागि तथा सबै प्रकारका ती अधिभूतवादी सिद्धान्तहरुबाट त्यसको भिन्नतालाई बुझ्नको लागि महत्वपूर्ण छ, जसले पुरानोको विलोप तथा नयाँको उत्पत्तिबिना गति, विकासलाई केवल परिमाणात्मक परिवर्तनहरुसम्म मात्र सीमित गरिदिन्छन् ।

ज्ञानको प्रत्येक शाखाको – भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, आदिको – विकास तथा वर्तमान दशकहरुका सामाजिक रुपान्तरणहरुको विश्वव्यापी ऐतिहासिक अनुभवले परिमाणात्मक परिवर्तनहरुको फलस्वरुप भइरहेका गुणात्मक परिवर्तनहरुको प्रक्रियाको रुपमा विकासको द्वन्द्वात्मक सिद्धान्तको पुष्टि गर्दछन् र त्यसलाई समृद्ध बनाउँदछन् । यी प्रिमाणात्मक तथा गुणात्मक परिवर्तनहरु परस्पर सम्बन्धित छन् तथा यिनीहरुले एक–अर्कोलाई निर्धारित गर्दछन्: केवल परिमाणबाट गुणमा मात्र संक्रमण हुँदैन, बरु यसको विपरीत प्रक्रिया पनि चलिरहन्छ – वस्तुहरु तथा परिघटनाहरुको गुणमा परिवर्तनको फलस्वरुप परिमाणात्मक विशेषताहरु परिवर्तन परिवर्तित भइरहन्छन् । यसप्रकार पूँजीवादबाट समाजवादमा संक्रमणले परिमाणात्मक सूचकहरुमा परिवर्तन ल्यायो ः आर्थिक तथा सांस्कृतिक विकासको गतिमा तीव्रता, राष्ट्रिय आयमा संवृद्धि, आदि । परिमाणात्मक तथा गुणात्मक परिवर्तन सापेक्ष हुन्छन् ।

परिवर्तन केही (कम सामान्य) गुणहरुको सन्दर्भमा गुणात्मक तथा अन्य (बढी सामान्य) गुणहरुको सन्दर्भमा केवल परिमाणात्मक मात्र हुन सक्दछ । त्यसकारण पूँजीवादको एकाधिकारपूर्व चरणबाट एकाधिकारी चरणमा संक्रमण गुणको निरपेक्ष परिवर्तन होइन: पूँजीवादको गुण यहाँ केवल यस अर्थमा मात्र परिववर्तित भयो कि केही नयाँ सारभूत लक्षणहरु तथा विशेषताहरुको उत्पत्ति भएको छ, तर त्यसको सार अपरिवर्तित रहन्छ । विकासको कुनै पनि प्रक्रिया सँगसँगै अविच्छिन्न तथा विच्छिन्न हुन्छ । विच्छिन्न गुणात्मक छलांगको रुपमा तथा अविच्छिन्न परिमाणात्मक परिवर्तनको रुपमा प्रकट हुन्छन् (विकासक्रम तथा क्रान्ति) ।

माक्र्सवादले बुर्जुवा विचारधारानिरुपकहरु तथा दक्षिणपंथीहरुका विचारहरुको अवैज्ञानिक स्वरुपलाई सिद्ध गर्दछ, जसले समाजको विकासलाई मन्दविकासक्रम तथा सानातिना सुधारहरुमा सीमित गरिदिन्छन् । छलांगहरु तथा क्रान्तिहरुलाई नकार्दछन्, र साथसाथै माक्र्सवादले अराजकतावादीहरु र वामपन्थी दुस्साहसवादीहरुका विचारहरुको पनि खण्डन गर्दछ, जसले शक्तिसंचय गर्ने, साधारण जनतालाई निर्णायक क्रान्तिकारी कार्यको लागि संगठित र तयार गर्ने लामो र परिश्रमपूर्ण कार्यको उपेक्षा गर्दछन् ।

हेगेलले, जसले सबभन्दा पहिले यो नियम निरुपित गरेका थिए, द्वन्द्ववादका अन्य नियमहरुजस्तै यसलाई पनि विकृत बनाए । परिमाण तथा गुणका प्रवर्ग र तिनीहरुको परस्पर संक्रमण उनकोे शिक्षामा आरम्भमा अमूर्त रुपमा निरपेक्ष विचारमा र केवल पछि गएर मात्र प्रकृतिमा प्रकट हुन्छन् । माक्र्सवादी दर्शनले यो नियमलाई जगतको रचनाको लागि पूर्वाधार मान्दैन, बरु जगतको अध्ययनको परिणाम, त्यसको परावर्तन मान्दछ, जुन यथार्थमा घटित हुन्छ । वस्तुगत जगतको सबभन्दा महत्वपूर्ण नियम भएकोले यो जगतलाई जान्ने र त्यसलाई सचेत रुपबाट व्यवहारमा रुपान्तरित गर्ने अत्यधिक महत्वपूर्ण सिद्धान्त हो ।

सामाजिक विकासका अवस्थाहरु परिवर्तनसँगै द्वन्द्ववादका नियमहरुको अभिव्यक्तिका पनि परिवर्तित हुन्छन् । त्यसकारण समाजवादअन्तर्गत परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा संक्रमण (छलांग) ले राजनीतिक क्रान्तिहरुको रुप ग्रहण गर्दैन; सामाजिक परिवर्तन यहाँ विस्तार–विस्तार, पुरानोको विलोप र नयाँ तत्वहरुको सम्बर्धनको माध्यमबाट सम्पन्न हुन्छन् । यो हो समाजवादको साम्यवादमा विकासको आधारभूत नियमसंगति ।

२)विपरीतहरुको एकता र संघर्षको नियम : यथार्थता तथा मानवचिन्तनद्वारा त्यसको ज्ञानको सार्विक नियम, जसले भौतिकवादी द्वन्द्ववादको सार, त्यसको मर्मलाई व्यक्त गर्दछ । प्रत्येक वस्तुमा विपरीतहरु हुन्छन् । विपरीतहरुबाट द्वन्द्वात्मक भौतिकवादको तात्पर्य यस्ता तत्वहरु, पक्षहरु, आदिसँग छ, जसमा १) अविच्छिन्न एकता हुन्छ, २) जसले विभिन्न सन्दर्भहरुमा मात्र होइन, बरु एउटै सन्दर्भमा पनि एक–अर्कोलाई वर्जित गर्दछन्, अर्थात् ३) परस्पर अन्तरप्रवेश गर्दछन् । विपरीतहरु एकताबिना हुँदैनन् र विपरीतहरुबिना एकता हुँदैन । विपरीतहरुको एकता सापेक्ष, अस्थायी हुन्छ, तिनीहरुको संघर्ष निरपेक्ष हुन्छ ।

यो नियमले कुनै पनि प्रकारका बाह्य शक्तिहरुको साहयताबिना सम्पूर्ण गतिको वस्तुगत आन्तरिक स्रोतलाई स्पष्ट गर्दछ र स्वगतिको रुपमा गतिलाई बुभ्mन संभव बनाउँदछ । द्वन्द्वात्मक चिन्तनले समग्रतालाई अमूर्त ढंगले विपरीतीहरुमा विभाजन गरेर विच्छेदित गर्दैन, यसको विपरीत त्यसले यसलाई एउटा सम्पूर्ण प्रणालीको रुपमा आत्मसात गर्दछ, जसमा विपरीतहरुले परस्पर अन्तप्र्रवेश गर्दछन् र यसरी विकासको प्रक्रियालाई संभव बनाउँदछन् । यो नियममा द्वन्द्वात्मक चिन्तन र अधिभूतवादी विवेचनाको बीचमा भिन्नता सर्वाधिक सघन रुपमा अभिव्यक्त हुन्छ ।

अधिभूतवादी दर्शनले गतिको स्रोतको व्याख्या स्वयं गतिभन्दा भिन्न र त्यसको लागि बाह्य कुनै वस्तुको रुपमा तथा एकताको विविधताको समानान्तर विद्यमान कुनै वस्तुको रुपमा गर्दछ । अधिभूतवादले गति तथा विविधताको ठोस एकताको स्थानमा गतिका बाह्य परिणामहरु तथा वस्तुको केवल बाहिरी रुपसँग मात्र तुलना गरिएका पक्षहरुको वर्णनको स्थापनातिर लैजान्छ । द्वन्द्ववादको सम्पूर्ण इतिहास यी समस्याहरुको वरिपरि संघर्षको तथा तिनीहरुलाई समाधान गर्ने प्रयत्नहरुको इतिहास हो । अन्तर्विरोहरुको द्वन्द्वात्मकताका प्रणेता हेराक्लिटस थिए ।

एलिया मत (जेनो) ले अन्तर्विरोधलाई कुनै विशुद्ध आत्मगत वस्तुहरुमा बदलिदियो र यसलाई गति तथा विविधताको प्रतिवाद गर्ने साधनमा सीमित गरिदियो (नकारात्मक द्वन्द्वात्मकता – अपोरिया) । पुनर्जागरण कालमा विपरीतहरुको मेलको विचारलाई कूजाका निकोलस तथा बू्रनोले विकसित गरेका थिए । कांटले केवल द्वैतवादी ढंगबाट कर्तालाई विषयबाट पृथक गरेर विप्रतिषेधहरुको उन्मूलन गरे । यो पृथकतामाथि नियन्त्रण प्राप्त गर्ने प्रयत्नहरुको परिणाम द्वन्द्वात्मक अन्तर्विरोधको विचार थियो (फिख्टे, शेलिंग, हेगेल) । यो विचारको विस्तारको विशेष रुपले धेरै ठूलो श्रेय हेगेललाई छ, जसले आदर्शवादका सीमाहरुभित्र अन्तर्विरोधको समस्यालाई समाधान गर्नका लागि यथाशक्ति सबै कार्य गरे ।

आधुनिक बुर्जुवा दर्शनमा विशिष्ट प्रवृत्तिहरु हुन् एकातिर, अन्तर्विरोधलाई असमाधेयको रुपमा (त्रासद द्वन्द्वात्मकता) अयुक्तियुक्त बनाउनु र अर्कोतिर, यो प्रवर्गलाई पूर्ण रुपले अस्वीकार गर्ने र यसको स्थानमा शब्दावलीजनित भिन्नताहरुलाई स्थापित गर्ने प्रयत्न गर्नु (प्रत्यक्षवाद) । माक्र्सवादले विपरीतहरुको एकता तथा संघर्षको नियमको व्याख्या ज्ञानको नियम र वस्तुगत जगतको नियमको रुपमा भौतिकवादी ढंगबाट ग¥यो तथा यसको विस्तार ग¥यो । द्वन्द्ववाद, तर्कशास्त्र तथा ज्ञानको सिद्धान्तको अनुरुपताको दृष्टिकोणले यो नियमलाई उदाहरणहरुको योग बन्न दिंदैन र यसलाई सत्ता तथा चिन्तनको सार्विक नियमको रुपमा प्रस्तुत गर्दछ ।

यो नियमको वस्तुगत सार्विकता ज्ञानमा यसको अध्ययनविधिको आधार हो । अन्तर्विरोधहरुको समाधानले जाँचको कार्यलाई स्वयं विषयको तार्किकतानुसार अगाडि लैजान्छ र नयाँ अवधारणाहरु तथा तिनीहरुको संश्लेषणको विस्तार गर्ने तर्कसंगत साधन उपलब्ध गर्दछ । ज्ञानको प्रक्रियामा द्वन्द्वात्मक अन्तर्विरोध केवल स्थापना तथा प्रतिस्थापनाको टकराव होइन । यसमा तिनीहरुको समाधान गर्ने कार्य पनि सामेल छ । द्वन्द्वात्मक अन्तर्विरोधलाई बुभ्mनुको अर्थ यो बुभ्mनु हो कि त्यो कसरी विकसित तथा समाधान हुन्छ । विकासको प्रक्रिया आन्तरिक तथा बाह्य विपरीतहरुका टकरावहरुको माध्यमबाट सम्पन्न हुन्छ ।

द्वन्द्ववादले बाह्य विपरीतहरुलाई आरम्भदेखि नै विभाजित सत्ताहरुको रुपमा होइन, बरु एकताको विभाजनको परिणाम र अन्ततः आन्तरिक विपरीतहरुबाट उत्पन्न मान्दछ । सामाजिक विकासको माक्र्सवादी धारणा समाजमा अन्तर्विरोधहरुको जाँचमा यो नियमलाई लागू गर्ने कार्यमा आधारित छ, त्यसले वर्गीय समाजको विकासको प्रेरक शक्तिको रुपमा वर्गसंघर्षसम्बन्धी पुष्टि गर्दछ र त्यसबाट आप्mनो क्रान्तिकारी निष्कर्ष निकाल्दछ । समाजवाद पूँजीवादका अन्तर्विरोधहरुको विकास र सामािजक क्रान्तिद्वारा तिनीहरुको समाधानको नियमसंगत परिणाम हो ।

अन्तर्विरोध र तिनीहरुको समाधानको विविधतापूर्ण छ । समाजवाद पनि अन्तर्विरोधहरुको माध्यमबाट विकसित हुन्छ । तर यी अन्तर्विरोधहरु विशिष्ट स्वरुपका हुन्छन् । द्वन्द्वात्मक अन्तर्विरोधको प्रवर्ग आधुनिक प्राकृतिक विज्ञानहरुको लागि धेरै महत्वपूर्ण छ, जसले बढीभन्दा बढी पुनरावृत्तिसहित विषयहरुको अन्तर्विरोधपूर्ण स्वरुपको सामना गर्नुपर्दछ । माक्र्सवाद–लेनिनवादले अन्तर्विरोधको प्रवर्गलाई मानिसद्वारा जगतको एकीकृत आत्मसातकरणमा आधारित दृष्टिकोणहरुको प्रणालीको एउटा अंग बनायो । मानिसको लागि अन्तर्विरोधहरुबाट भयभीत हुने वा तिनीहरुको समाधान लाई रोक्ने कुनै कारण छैन । यो नियमको विचारधारात्मक तथा शिक्षात्मक महत्व यसमा व्यक्त हुन्छ कि यसले विकासको कुनै चरणलाई, इतिहासको कुनै पनि उपलब्धिलाई अन्तिम नमान्ने कुरा सिकाउँदछ र मानिसलाई अनन्त सिर्जनातिर उन्मुख गराउँदछ ।

३)निषेधको निषेधको नियम : द्वन्द्ववादको एउटा आधारभूत नियम, जसको सबभन्दा पहिले आदर्शवादी प्रणालीमा हेगेलद्वारा निरुपण गरिएको थियो । निषेधको निषेधको नियम विकासको निरन्तरता, नयाँ तथा पुरानाको सम्बन्ध, निम्न अवस्थाका केही गुणहरुको विकासको उच्च अवस्थामा पुनरावृत्ति हो । यसले विकासको प्रगतिशील स्वरुप सिद्ध गर्दछ । द्वन्द्ववादमा निषेधको प्रवर्गको अर्थ हो एउटा वस्तुको अर्को वस्तुमा रुपान्तरण र साथसाथै पहिलो वस्तुको उन्मूलन । तर यो उन्मूलनले थप अगाडि विकासको क्षेत्र उन्मुक्त गर्दछ तथा पूर्ववर्ती अवस्थाहरुसँग यस अर्थमा एउटा कडीको काम गर्दछ कि त्यसले सकारात्मक अन्तर्वस्तुलाई अक्षुण्ण राख्दछ । द्वन्द्वात्मक निषेधलाई परिघटनाहरुका आन्तरिक नियमसंगतिहरुले जन्म दिन्छन् र त्यसले आपूmलाई स्वनिषेधको रुपमा प्रकट गर्दछ ।

द्वन्द्वात्मक निषेधको सारतत्वबाट विकासको विशिष्टता उत्पन्न हुन्छ, जुन दोहोरो निषेधमा अथवा निषेधको निषेधमा व्यक्त हुन्छ । कुनै विषयको स्वविकास त्यसका अन्तरिक अन्तर्विरोधहरुबाट, त्यसमा स्वयं आप्mनो निषेधको अस्तित्वको परिणामस्वरुप हुन्छ । अन्तर्विरोधको समाधान विषयको गतिबाट हुन्छ, जसको अर्थ दुई विपरीतहरुको सम्बन्धमा कुनै तेस्रो चीजको उत्पत्ति हो । र, दुई विपरीतहरुले एक–अर्कोलाई अपवर्जित मात्र गर्दैनन्, बरु एक–अर्कोमा प्रवेश पनि गर्दछन्, त्यसकारण तेस्रो चीज एउटा यस्तो निषेध हो, जुन परिरक्षक कारकको रुपमा प्रकट हुन्छ ।

वस्तुलाई जन्म दिने अवस्थाहरु तथा पूर्वाधार त्यसको विकाससँग लुप्त हुँदैनन्, बरु त्यसद्वारा पुनर्सिजित हुन्छन् । चिन्तनमा पनि यो निषेधको निषेधको माध्यमबाट सिद्धान्तको नयाँ चरणमा प्राप्त भइसकेका सत्यहरुको उच्च बोधको माध्यमबाट अभिव्यक्त हुन्छ । द्वन्द्वात्मकता, तर्क तथा ज्ञानसिद्धान्तको एकताको सिद्धान्तबाट यो निष्कर्ष निस्किन्छ कि व्यावहारिक तथा सैद्धान्तिक क्रियाकलापका नियमहरुको रुपमा केवल निषेधको निषेधको नियमको अध्ययनको माध्यमबाट मात्र त्यसको सार्वभौमिकताको व्याख्या गर्न सकिन्छ ।

व्यवहार बाह्य जगतसँग मानवसम्बन्धहरुको आधार हो, त्यसकारण त्यसका विशिष्ट लक्षणहरुले सैद्धान्तिक सम्बन्धलाई पनि निर्धारित गर्दछन् । यो सम्बन्ध यसमा निहित छ कि विकासशील विषयको पुनरुत्पादन केवल विषयको ज्ञानको इतिहासको माध्यमबाट मात्र, ती सिद्धान्तहरु तथा मतहरुको माध्यमबाट मात्र हुन्छ, जसले द्वन्द्वात्मक रुपबाट एक–अर्कोलार्ई निषेध गर्दछन् । सामान्य ज्ञानको विकास र एउटा सिद्धान्तद्वारा अर्को सिद्धान्तको निषेध यो गतिशीलतामा हुन्छन्, जसबाट यो थाहा हुन्छ कि भौतिक जगतको गतिशीलताका नियमहरु त्यसको एक अवस्थाद्वारा अर्को अवस्थाको निषेध हुन् ।

यसबाट यो तथ्य स्पष्ट हुन्छ कि जुन अवस्थाको निषेध गरिन्छ, त्यसलाई मेटाइएको छैन, बरु रुपान्तरित रुपमा सुरक्षित राखिएको छ । विषयप्रति कुनै पनि एकपक्षीय दृष्टिकोणले अन्ततः त्यसमा कुनै स्थिर तत्वलाई उद्घाटित गर्नेछ, जुन निषेधको प्रक्रियामा सुरक्षित रहन्छ । त्यसैकारण वैज्ञानिक सिद्धान्तको विकास केवल तब मात्र संभव छ, जब अस्वीकृत गरिसकिएको ज्ञानको सकारात्मक अन्तर्वस्तुलाई कायम राखिन्छ तथा नयाँ सिद्धान्तमा सामेल गरिन्छ । प्रकृतिविज्ञानमा नयाँ तथा पुरानो सिद्धान्तको बीचमा यो सम्बन्ध अनुरुपताको नियममा व्यक्त हुन्छ । यो तरीकाबाट बाह्य जगतको स्वयं द्वन्द्वात्मकता उद्घाटित हुन्छ । त्यसकारण निषेधको निषेधको नियम ज्ञानको नियम र बाह्य जगतको नियम दुवै हो । स्राेत: दर्शन काेश र बिभिन्न एजेन्सी 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्