Logo

हवाई क्षेत्र सोरह अर्ब घा’टा बेहोर्दै


को’भिड-१९ म’हामा’रीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नो’क्सानी व्यहोर्नु परेको छ । को’भिड–१९ म’हामा’री नि’यन्त्रणका लागि सरकारले लागु गरेको ब’न्दाब’न्दी र जारी नि’षेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठ’प्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नो’क्सानी बेहोरेका हुन् ।म’हामारी नि’यन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म ब’न्दाब’न्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा नि’शेषाज्ञा जारी गरिएको छ । सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले ६ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नो’क्सानी बे’होर्नुपरेको बताए । उनका अनुसार ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स तथा विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नो’क्सानीको विवरण हो । आर्थिक नो’क्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी म’जदूरलगायतको पी’डा उत्तिकै छ । सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले रु २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ । प्रवक्ता शर्माले ब’न्दाब’न्दीको छ महिनाको अवधिमा बुद्धएयरले मात्रै करिब रु चार अर्ब नो’क्सानी बेहोरेको छ । यती एयरलाइन्सको रु तीन अर्ब ६० करोड नोक्सानी भएको छ । श्री एयरलाइन्सको पनि झण्डै रु तीन अर्ब आर्थिक नो’क्सानी भएको छ ।

यो ब’न्दाब’न्दी र नि’षेधाज्ञा अवधिको अनुमानित विवरण हो । हेलिकप्टर कम्पनीको व्यापार घाटा छुट्टै छ । अब, दैनिक कति व्यापार गर्थे त वायुसेवा कम्पनीले यसबाट पनि सहजै आर्थिक नो’क्सानीको अनुमान लगाउन सकिन्छ । देशकै अग्रणी वायुसेवा कम्पनी बुद्धएयरले सामान्य अवस्थामा दैनिक करिब १०० उडानमार्फत छ हजार हाराहारी यात्रुलाई ओहोरदोहोर गराउथ्यो ।दैनिक ७० वटासम्म उडान भर्ने अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले चार हजारभन्दा बढी यात्रु व्यवस्थापन गर्ने गरेको थियो । धेरै उडान गर्नेमध्येको तेस्रो श्रीएयरलाइन्सले पनि दैनिक ४० हाराहारीमा उडान भर्ने गरेको थियो ।वायुसेवा कम्पनीको भनाइमा सङ्घको आँकडाभन्दा आर्थिक नो’क्सानी केही तलमाथि हुनजान्छ ।

उसोभए एयरलाइन्सको भनाइमा चाँही कति नो’क्सानी भयो त ? बुद्धएयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले सामान्य अवस्थामा रु ६० देखि ७० करोड आम्दानी गर्यो । तर, इन्धनमा ४० प्रतिशत कटाउँदा उसले मासिक रु १५ करोड सहजै आम्दानी गर्नेगरेको थियो । छ महिनाको इन्धनबाहेकको मात्रै हिसाब गर्दा रु एक अर्बभन्दा बढी घाटा हुन्छ । बुद्धएयरले ११ एटिआरसहित १३ जहाजमार्फत विभिन्न १३ गन्तव्यमा आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले छ महिनाको अवधिमा डेढ अर्बभन्दा बढी आर्थिक नो’क्सानी बेहोर्नुपरेको छ । एयरलाइन्सको हवाई सुरक्षा विभागका प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले ब’न्दाब’न्दीको अवधिमा यतीले डेढ अर्ब भन्दा बढी र यतीकै भगिनी संस्था तारा एयरले रु ५० करोड हाराहारी आर्थिक नो’क्सानी बेहोरेको बताए । यतीले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बन्दाबन्दीको अवधिमा ठूलो आर्थिक नो’क्सानी बेहोर्नुपरेको बताए । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले बन्दाबन्दीमा धेरै घा’टा बेहोर्नुपरेको छ । विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका प्रवक्ता शर्माका अनुसार सिजनमा हेली एभरेष्टले मात्रै दैनिक २० देखि २५ हजार अमेरिकी डलर कमाई गर्ने गरेको थियो ।

बढी उडान गर्ने सिम्रिक एयरको हेलिकप्टर र शैलाश हेलिकप्टरले सर्वाधिक उडान गर्थे । यी दुवै कम्पनीसँग समान छ वटा हेलिकप्टर छन् । उनीहरुले दैनिक ४० हजार डलरसम्म व्यापार गर्ने गरेका थिए । सिजनमा कैलाश मानसरोबरमा मात्रै रु ५० करोडभन्दा बढीको व्यापार हुन्थ्यो ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताए । बोर्डले हालै गरेको एक अध्ययनअनुसार ब’न्दाब’न्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा रु ४१ अर्ब नो’क्सानी बेहोर्ने अनुमान गरेको थियो । यो चैत ११ देखि साउनमहिनासम्मको विवरण हो ।

डेढ खर्बको लगानी जो’खिममा

को’भिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रका डेढ खर्बभन्दा बढी लगानी जो’खिममा परेको बताइन्छ । बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार वैद्यरुपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा रु एक खर्ब ५३ अर्बको लगानी छ । यो निजी क्षेत्रको मात्रै लगानी हो । यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलाइन्स, रेष्टुराँदेखि पदयात्रा पर्वतारोहण, जलयात्रालगायत छन् । को’भिडको मख्य प्रभव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा दुई लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घले नेपालको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीले रोजगारी पाएको उल्लेख गरेको छ । त्यस्तै सरकारी तथ्याङ्कले पनि पर्यटन क्षेत्रमा छ लाख हाराहारीले रोजगारी पाएको विवरण छ । तथापि बोर्डले हालै गरेको द्रुत अध्ययनबाट झण्डै तीन लाखले पर्यटनमा प्रत्यक्षरुपमा रोजगारी पाएको उल्लेख गरेको छ । सरकारले को’भिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनःरुत्थानका लागि चालू आवको बजेटमा रु एक खर्बको पुनःरुत्थान कर्जाका साथै रु ५० अर्बको पुनःरुत्थान कोषको व्यवस्था गरेको छ ।

– रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्