Logo

अबबाट ब्यालेन्स जानकारी, रिचार्ज तथा ट्रान्स्फरका लागि एउटै सर्टकोड


सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स जानकारी, रिचार्ज तथा ट्रान्स्फरका लागि एउटै सर्टकोड प्रयोग गर्नुपर्ने भएको छ । सेवा प्रदायकका सर्टकोड फरक हुनाले प्रयोगकर्तामा अन्योल भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एउटै सर्टकोड लागु गरेको हो ।यसैगरी नयाँ सेवा प्रदायक आएपछि उनीहरुले नयाँ सर्ट कोड प्रयोगमा ल्याउने सम्भावना हुँदा ग्राहकमा झनै अ’सहज परिस्थिति आउने ख्याल गर्दै यस्तो व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल-फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ ले हाल प्रयोगमा रहेका सर्ट कोड र टोल-फ्री नम्बरको व्यवस्थापन नयाँ तरिकाले गर्ने व्यवस्था छ । जसअनुसार सबै सेवा प्रदायकका ग्राहकले वर्तमान ब्यालेन्स थाहा पाउन यूएसएसडी कोड १४४, रिचार्ज गर्न १२२ र ट्रान्सफर गर्न १३३ लागु गर्नुपर्नेछ ।व्यवस्था कार्यान्वयनमा आएपछि अब फरक सेवा प्रदायकको सुविधाका लागि ग्राहकले अनावश्यक कोड सम्झनुपर्ने झन्झट हुने छैन । यो व्यवस्था ६ महिनाभित्र कार्यान्वयन गरिसक्नुपर्नेछ ।

कार्यविधि अनुसार सेवा प्रदायकले १ वर्षसम्म हाल कायम र नयाँ दुवै यूएसएसडी कोड समानान्तर रुपमा प्रचलनमा ल्याउन सक्नेछन् भने १ वर्षपछि अहिले प्रयोगमा रहेका सर्ट कोड निष्क्रिय हुनेछन् । व्यवस्थाअनुसार ३ अंकको सर्ट कोड अत्यावश्यक आकस्मिक सेवा (प्रहरी, एम्बुलेन्स) का लागि मात्र प्रयोग गर्नुपर्नेछ । यस्तै अंकको सर्टकोड जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका विभिन्‍न निकायका एंव संवैधानिक निकायहरुले प्रदान गर्ने सेवाहरुका लागि तोकिएको छ ।
३ र ४ अंकको प्रकारका नम्बरमा सबै दूरसञ्चार सेवा प्रदायक प्रयोगकर्ताले सम्पर्क गर्न सक्नेछन् ।

सेवा प्रदायकले अन्य अतिक्ति सेवा उपलब्ध गराउने प्रयोजनका लागि ५ अकंको सर्ट कार्ड प्रयाग गर्न सक्नेछन् भने टोल फ्री सेवाका लागि १० अंकको सर्ट कोर्ड प्रयोग हुनेछ । निजी क्षेत्रले ४ अंकको टोल-फ्री नम्बर प्रयोग गरिरहेको भए उनीहरुबाट सो नम्बर फिर्ता लिई प्राधिकरणले १० अंकको नम्बर उपलब्ध गराउनेछ । दूरसञ्चार सेवा प्रदायकले यसअघि ४ अंकको सर्ट कोड प्रयोग गरेको भए त्यसलाई ५ अंकमा परिवर्तन गर्नुपर्ने भएको छ । अर्थात् चार अंकको सर्ट कोडबाट प्रयोग भइरहेका एसएमएस, आईभीआर, यूएसएसडीलगायत अन्य सेवालाई ५ अंकको सर्ट कोडमा रुपान्तरण गर्नुपर्नेछ ।

टोल-फ्री नम्बर भारतको जस्तै १८०० बाट सुरु
प्राधिकरणले गरेको व्यवस्थाअनुसार १० अंकको टोल-फ्री नम्बर प्रचलनमा आउनेछ । सबै टोल-फ्री नम्बरमा सबै सेवा प्रदायकका ग्राहकले सम्पर्क गर्न सक्नेछन् । हाल नेपाल टेलिकमले १६६० बाट सुरु भएका ११ अंकका र एनसेलले १० अंकका टोल-फ्री नम्बर उपलब्ध गराउने गरेको छ ।व्यवस्थाअनुसार अब टोल-फ्री नम्बर १८०० बाट सुरु हुनेछ ।

सेवा प्रदायकले दिने टोल-फ्री नम्बरमा १८०० पछि एउटा नम्बर सेवा प्रदायक छुट्टिने कोड हुनेछ भने बाँकी ५ वटा नम्बर हुनेछ । भारतमा पनि १८०० बाट सुरु हुने १० अंकको टोल-फ्री नम्बर छ । दूरसञ्चार सेवा प्रदायकहरुले अबको एक महिनाभित्र र त्यसपछि आर्थिक वर्षको साउन १५ गते र माघ १५ गते भित्र आफूले प्रयोग गरेको सर्ट कार्ड र टोल-फ्री नम्बर र त्यसको प्रयोगसम्बन्धी सम्पूर्ण विवरण प्राधिकरणलाई उपलब्ध गराउनु पर्नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्