Logo

व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट प्रधानमन्त्री माथि आ’क्रोश


जेरुसेलम, २२ भदौ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले को’रोनाभा’इरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन नि’षेधाज्ञा (क’र्फ्यु) लगाइने आइतबार घोषणा गर्नु भएको छ । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृ’त्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनहरुमा इजरायलमा ठूलो संख्यामा को’रोना सं’क्रमित भेटिएका छन् ।

यस्तो क’फ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो क’र्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ । इजरायलले को’रोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ सं’क्रमितको संख्या ह्वात्तै बढेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको वि’रोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि सं’क्रमण फैल्याउन मद्दत गरेको छ । पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा सं’क्रमण देखिन थालेको छ । सरकारले सं’क्रमण रोक्न राष्ट्रव्यापी ल’कडाउन गर्ने सोचाई पनि अघि सारेको छ । समग्रमा, इजरायलमा एक लाख ३० हजारभन्दा बढी को’रोना सं’क्रमित भेटिएका छन् र अझै २६ हजारभन्दा बढी सक्रिय को’रोना सं’क्रमित छन् । हाल प्रत्येक दिन तीन हजारभन्दा बढी व्यक्तिमा को’रोना सं’क्रमण देखिएको छ ।

प्रधानमन्त्री नेतन्याहूले नियुक्त गर्नुभएका को’रोनाभा’इरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले को’रोना सं’क्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै सं’क्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र सं’क्रमणको शृंखला रोक्ने रहेको छ । इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आ’क्रोश व्यक्त भइरहेको छ ।

रासस–एपी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्