Logo

लद्दाखको सीमाको झ’डपपछि भारत-चीनबिच् स’म्बन्ध ना’जुक


भारतीय सेनाले भारत-चीनको वि’वादित सीमा क्षेत्रबाट चिनियाँ जनमु’क्ति सेनाले आफ्ना पाँच जना मानिसहरूलाई अ’पहरण गरेको आ’रोपमा चीनलाई सचेत तुल्याएको एक मन्त्रीले आइतबार बताएका छन्। आ’णविक शक्तिसम्पन्न यी दुई छिमेकी राष्ट्रबीच पछिल्ला केही महिनायता त’नाव चलिरहेको छ। जुन १५ मा लद्दाखको सीमामा दुबै देशका सेनाबिच हिं’सात्मक झ’डप हुँदा २० भारतीय सैनिक मा’रिएपछि दुबै देशको सम्बन्ध बि’ग्रिएको छ।

भारतका अल्पसंख्यक मामिला राज्य मन्त्री किरेन रिजिजूले अ’पहरणलाई लिएर सीमा त’नाव कम गर्नका लागि स्थापना गरिएको सेनाको हटलाइन सक्रिय गरिएको बताएका छन्। उनी अरुणाचल प्रदेशका सांसद पनि हुन्। ‘अरूणाचल प्रदेशको सीमामा रहेको पिएलए समकक्षीलाई भारतीय सेनाले हटलाइन सन्देश पठाइसकेको छ। प्रतिक्रियाको पर्खाइमा छौं’, उनले ट्विटमा भने।

उत्तरपूर्वी राज्यको प्रहरीले स्थानीय संचारमाध्यमलाई अ’पहरितका आफन्तले फेसबुकमा उनीहरू पिएलएबाट अ’पहरणमा परेको भनेर गरेको दा’बीमाथि अनुसन्धान भइरहेको जनाएको छ। शनिबार द अरूणाचल टाइम्सले शि’कार गरिरहेका अवस्थामा उनीहरूको अ’पहरण भएको समाचार प्रकाशित गरेको थियो। उनीहरू कतिबेलादेखि बे’पत्ता भए भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन। भारतका रक्षामन्त्री राजनाथ सिंह तथा उनका चिनियाँ समकक्षी जनरल वेई फेङबीच मस्कोमा भेटवार्ता भएका समयमा यो घटना सार्वजनिक भएको हो।

एजेन्सी,भारत

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्