Logo

निजामती सेवा देशको मेरुदण्ड हो : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् । निजामती सेवा दिवस २०७७ का अवसरमा आज (सोमबार) एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राज्यको नीति, योजना र कानुनको सफल कार्यान्वयन गराउन महत्त्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको हुँदा संघीयतालाई सफल पार्न तथा सरकारले लिएको ‘समृद्ध नेपाली, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नमा समेत यस क्षेत्रको भूमिका अर्थपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । जनताको आकांक्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, जवाफदेही, परिणाममुखी र सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहेकामा समेत उनले जोड दिए ।

रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्