Logo

जन्तरे मामाको पहिलो गीत ‘फूलैफूलको सौगात तिमीलाई’ सार्वजनिक (भिडियाेसहित)


काठमाडौं, २० भदौ । जन्तरे मामाको नामले परिचित अमित राईको पहिलो गीत ‘फूलैफूलको सौगात तिमीलाई’ सार्वजनिक भएको छ । सामाजिक सन्जालमा भाइरल भएकाे जन्तरे मामाकाे स्वरमा सजिएकाे उक्त गीत किंङ्स रेकडिङ स्टुडियाेमा रेकडिङ गरिएकाे हाे ।

गीतकाे म्युजिक भिडियाे  Goto Centre youtube channel  बाट शनिवार साझ सार्वजनिक गरिएकाे छ । ५३ वर्षकाे उमेरमा रेकड गरिएकाे उक्त गीत गोपालचन्द्र राईको शब्दमा रहेको र संगित तोरेम्पा हाङगले भरेका छन् ।  काेराेना महामारीकै बीच रेकडिङ गरेर सार्वजनिक गरिएकाे गीतले धेरै दर्शक/श्राेताकाे मन जित्ने अपेक्षा रहेकाे निर्माण पक्षले दाबी गरेकाे छ ।  गायक राई पहिलाे पटक काठमाडाैं गीत रेकडिङका लागि नै आएका हुन् ।

गायक जन्तरे मामालाई गाेपालचन्द्र राईले नै काठमाडाैं ल्याएका हुन् । ५३ वर्ष उमेरकाे भएपनि मिठाे सुमधुर स्वर रहेकाे र गाउँ/घरमा गीत गाउने गरेकाले स्टुडियाेसम्म नै ल्याएर गीत रेकर्ड गराउन सहयाेग गरेकाे गाेपालचन्द्र राईले बताए ।

अब निरन्तर गायन क्षेत्रमा रहेर श्राेता/दर्शक माझ नयाँ गीत ल्याउने साेचमा रहेकाे पनि जन्तरे मामाकाे सहयाेगीहरूले बताएका छन् ।

भिडियाे हेर्नुहाेस् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्