औषधि पसलमा एन्टिबायोटिक किन्नेको लाइन नै हुन्छ। चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक औषधि प्रयोग गर्न न’पाइने का’नुनी व्यवस्था छ। तर, अधिकांश मानिसहरुले प्रे’स्क्रिप्सन बिना सहजै मेडिकलबाट एन्टिबायोटिक किनेर लेराइरहेका हुन्छन्। नेपालमा एन्टिबायोटिकको ज’थाभावि बिक्री र प्रयोग हुँदै आएको चिकित्सकहरु बताउँछन्। एन्टिबायोटिकको ग’लत प्रयोगले जनस्वास्थ्यमा ठूलो अ’सर पार्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाे छ।

एन्टिबायोटिक प्र’तिरोधका का’रण

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार एन्टिबायोटिक प्र’तिरोध (रेसिस्टेन्स) का कारणहरु चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक सिफारिस (प्रि’स्क्राइव) गर्नु एक रहेको छ। यससँगै बिरामीले उपचार बीचैमा छा’ड्नु, आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्र’योग गर्नु रहेको छ। सरसफाइ तथा स्वच्छताको अभाव हुनु, नयाँ एन्टिबायोटिक उत्पादन न’हुनु त्यसको कारण रहेको छ।

स्वास्थ्यकर्मीले आर्थिक प्र’लोभनमा परेर आवश्यकताभन्दा बढी औषधि सिफारिस गर्नु पनि एन्टिबायोटिक प्र’तिरोधको कारण हो। एन्टिबायोटिक उपचार निर्देशिका नहुनु अर्को मुख्य कारण रहेको छ। एन्टिबायोटिकको प्रयोगबारे सरकारी निकायबाट अध्ययन र अनुसन्धान पनि भएको छैन। नेपालमा एन्टिबायोटिकले निम्त्याएको स’मस्या कुन रुपमा बढिरहेको छ भन्ने तथ्याङ्क समेत छैन। यो पनि एन्टिबायोटिक प्र’तिरोधको एक कारण हो।

प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

आधिकारिक स्वास्थ्यकर्मीको सिफारिस (प्रेस्क्रिप्सन) मा मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ। स्वास्थ्यकर्मीसँग अनावश्यक एन्टिबायोटिक मा’ग गर्नु हुँदैन। यससँगै नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, अनावश्यक रुपमा बि’रामीको सम्पर्कमा नजाने र खो’प नियमित लगाउनु पर्छ।

स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने

स्वास्थ्यकर्मीहरुले पनि सा’वधानीपूर्वक हात, उपकरण तथा वातावरण सफा राख्नुपर्छ। आवश्यक बिरामीलाई मात्र एन्टिबायोटिक ‘प्रिस्क्राइव’ तथा वितरण गर्नुपर्छ। बिरामीलाई एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्न सिकाउने तथा एन्टिबायोटिक प्र’तिरोध (रेसिस्टेन्स) को बारेमा बताउनुपर्छ। जि’वाणु प्र’तिरोधी स’ङ्क्रमणको बारेमा निगरानी गर्ने टिमलाई जानकारी गराउनुपर्छ। यससँगै बि’रामीलाई स’ङ्क्रमण रो’कथामको लागि बताउनुपर्छ।