Logo

युवराज खतिवडाको रा’जीनामासँगै सेयर बजार अन्तिमा दोहोरो अंकले घटेर ब’न्द


प्रि-ओपनिङमै उच्च अंकको वृद्धिसहित खुलेको सेयर बजार अन्तिमा दोहोरो अंकले घटेर ब’न्द भएको छ । गत शुक्रबार सेयर बजारप्रति अनुदारका ट्याग लागेका अर्थमन्त्री युवराज खतिवडाको राजीनामासँगै सातको पहिलो दिन सेयर बजारको प्रि-ओपनिङ सेसनमा उछाल देखिएको थियो । प्रि-ओपनिङमै उच्च अंकले बढाएर बजार बढाउने लगानीकर्ताको प्रयास भने असफल भएको छ ।

प्रि-ओपनिङ सेसनममा ४२.०१ अंक अर्थात् २.७८ प्रतिशतले बढेर ११ बजे सेयर बजार खुलेको थियो । तर बजार खुलेपछि भने नेप्से लगातार ओरालो लाग्यो । प्रि-ओपनिङ सेसनमा उच्च अंकको वृद्धिसँगै दुई करोडभन्दा बढीको कारोबार भएकाले आइतबार बजामा उछाल आउने र पोजेटिभ सर्किट लाग्ने धेरैको अनुमान थियो । सेयर बजारप्रति अनुदारका ट्याग लागेको अर्थमन्त्री बाहिरीसँगै लगानीकर्ताले इ’गोको कारण पनि बजार बढाउन सक्ने अनुमानका बीच सेयर बजार दोहोरो अंकले घटेर ब’न्द भएको छ ।

अर्थमन्त्रीमा युवराज खतिवडा रहने अथवा नरहने अन्योलबीच लगातार दुई साता सेयर बजारमा हरियाली देखिएको थियो । दुई सातामै १४०० को वरिपरि रहेको नेप्से १०० अंकभन्दा बढीले बढेर १५०० अंकभन्दा माथि पुगेको थियो । तर अर्थमन्त्रीबाट खतिवडाको राजीनामा आउँदा पनि साताको पहिलो दिन आइतबार आज सेयर बजार दोहोरो अंकले घटेर १५०० को विन्दुबाट झरेको छ । प्रि-ओपनिङमा ४२.०१ अंकले बढेर खुलेको सेयर बजार ब’न्द हुँदा भने १०.४५ अंकले घटेर १४९९.९७ अंकमा बन्द भएको छ । सेयर बजारमा आइतबार १९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ७८ करोड २३ लाख ७८ हजारको कारोबार भएको छ ।

केही सयमय तथा सेयर बजारको नेतृत्व नेपाल पुनर्बिमा कम्पनीले गरिरहेको छ कम्पनीको सेययमा लगानीकर्ता झुम्मिएको देखिन्छ । आइतबार पनि कम्पनीको ४० करोड १३ लाख १ हजार रुपैयाँको किनबेच भएको छ । कारोबारमा नेपाल पुनर्बिमा कम्पनीलाई साथै दिँदै धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा नेपाल बैंक, नेको इन्स्योरेन्स, अरुण काबेली पावर र शिखर इन्स्योरेन्स छन् ।

आइतबार दोहोरो अंकले घटेको बजारमा पनि उन्‍नति सहकार्य लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी लघुवित्त, राधी विद्युत् कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यता लगातार रुपमा पोजेटिभ सर्किट लाग्दै आएको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा आइतबार भने नेगेटिभ सर्किट लागेको छ । प्रि-ओपनिङ सेसनमा बढेर खुलेको कम्पनीको सेयर मूल्यामा बजार खुलेको केही समयमा नै पोजेटिभ सर्किट लागेको थियो । तर, लगत्तै बिक्री चाप हाबी हुँदा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

यस्तै रसुवागढी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीका लगानीकर्ता भने सर्वाधिक गुमाउनेमा परेका छन् । आइतबार बजारमा व्यापार र म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक घटेको छ । होटल, विकास बैंक, उत्पादन र अन्य समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक ०.६६ प्रतिशतले घटेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्