प्रधानमन्त्री ज्यू, देश भनेको जन्मदिनमा मनाइने नक्सासहितको केक उ’त्सव हैन
सम्माननीय प्रधानमन्त्री ज्यू,
आजभोलि बालुवाटार, शितलनिवास र सिंहदरबारतिर कसैलाई बिसन्चो छैन होला। तपाईको बेसारपानीले तन्दुरुस्त बनाएको बालुवाटारले सिंगै देश मजस्तै तन्दुरुस्त छ भन्ने भ्र’म पालेर बसेको होला। तपाई दम्भ र अ’हंकारको धुनी बालेर बालुवाटारको दरबारमा विराजमान हुनुहुन्छ। देश म’हामारीको विषम अवस्थाबाट गुज्रिरहँदा बालुवाटारमा रामनाम जपेर मस्तसँग सुतिरहनु भएको तपाईलाई देखेर त्यहाँका भित्ताहरु प्नि लज्जि’त भएका छन् होला। प्रधानमन्त्री ज्यू, दुई तिहाईको बागडोर सम्हालेको साढे दुई वर्षलाई फर्केर हेर्नुस् त, तपाईलाई जनताले सुखी नेपाली समृद्ध नेपाल शिर्षकमा काम गर्न अवसर दिएका थिए।
यहाँसम्म आइपुग्दा ती कर्मका पानाहरु स्वर्णीम अक्षरले होइन, अक्षर कोर्न नजान्ने बच्चाले मसी लत्पताएजस्तै बेसारले मात्रै पोतिएका छन्। आज नेपाली जनताले सोधिरहेका छन्, देश र जनताका लागि के गर्नु भयो ? उत्तर पनि अब तपाईले दिइरहनु पर्दैन। सपनाको पहाडमाथि बसेर सोझा जनतालाई होच्याउने, क’मिसनका म’तियारहरुलाई बोक्ने र पोस्ने मात्र गर्नु भयो। हो, गीत लेख्नु भयो, कविता लेख्नु भयो, बेसारका कथा सुनाउनु भयो, पार्टी फुटाउने दु’ष्प्रयासहरु गर्नु भयो, कुर्सी जोगाउन सबथोक गर्नु भयो। यी सबै काममा चार जिपिए सहित उच्च सफलता हासिल गर्नु भयो।
प्रधानमन्त्री ज्यू, को’रोना म’हामारीका नाममा देश छ महिनादेखि ठप्प छ। असार साउनमा राजस्व उठाउन केही खुकुलो बनाउनु भयो। फेरि सं’क्रमण बढेको भन्दै ल’कडाउनको भारी जनतामाथि थोपर्नु भएको छ। यो सिलसिला कहिलेसम्म हो, कसैलाई थाहा छैन। प्रधानमन्त्री ज्यू, आज मैले एउटा शिक्षकको नाताले तपाई समक्ष वर्तमान ज’टिलताका विषयमा केही कुरा राख्न खोजेको छु र यसलाई मैले सचेत नागरिकप्रतिको धर्म सम्झेको छु। त्यसैले आवाजवि’हीनहरुको आवाजलाई प्रकट गर्नु मेरो कर्तव्य सम्झेर यी कुराहरु राख्न खोजिरहेको छु।
हुन त मेरा कुरा तपाईलाई बिझाउलान्, अरुका सुझाव सल्लाह वि’षसमान ठान्नु तपाईको विशेषता नै हो। आफूलाई सर्वज्ञ ठान्ने र अरुलाई गन्दै नगन्ने दम्भ र अ’हम्कारका प्रतिमूर्तिको परिचय र गतिलो उदाहरण खोज्न सायद अन्यत्र कतै जान पर्दैन। तैपनि सम्पूर्ण देशबासी रोग, भोक र अभावमा छटपटिएका बेला तपाईलाई ब्युँझाउन सकिन्छ कि भनेर मिडियामार्फत् केही लेख्न गइरहेको हुँ। प्रधानमन्त्री ज्यू, को’रोनाका कारण अहिले देशको शैक्षिक अवस्था अ’स्तव्य’स्त भएको छ। यो देशका चालिस लाखभन्दा बढी बालबालिकाहरुको शैक्षिक यात्रा अवरु’द्ध भएको छ।
विभिन्न निजी स्कुल र कलेजमा पढाउने शिक्षक र उनीहरुमा आश्रित परिवारका दसौँ लाख सदस्यहरु तलब रो’किएका कारण चरम आर्थिक अ’भावमा छटपटिएका छन्। हजारौँ शिक्षकहरु जागिरबाट निकालिएका छन्। सिंगो समाज आत्मह’त्यातर्फ उन्मुख बन्दै गएको ड’रलाग्दो अवस्था छ। उनीहरुको पी’डा र अभावको भाषालाई यतिबेला कुनै पनि शब्दले व्यक्त गर्न सकिँदैन। यस्तो विषम् परिस्थितिमा उनीहरुको जीविकोपार्जनका निम्ति राज्यले सम्बोधन गर्नुपर्ने होइन र ? आजका बालबालिकाहरु भोलिका आधार हुन्। उनीहरु बि’ग्रनु भनेको सिंगो पुस्ता बि’ग्रनु हो। छोराछोरीको पढाइको चिन्ता कति हुन्छ भन्ने कुरा बाबुआमा बनेकालाई मात्र थाहा हुन्छ, सायद तपाईले महशुस गर्न सक्नु हुँदैन।
कि विद्यार्थीहरुको पढाइ लेखाइबारे बेखबर बनेर भोलिको पुस्तालाई आफूजस्तै अ’पठित, द’म्भी र घ’मण्डी समाज निर्माणतर्फ ध’केल्न खोज्नु भएको त होइन ? आज सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरुले तपाईलाई यो प्रश्न सोध्नैपर्ने अवस्था सिर्जना भएको छ। हैन भने ल’कडाउन र नि’षेधाज्ञाका बहानामा पटक-पटक भाका सारेर किन शैक्षिक सत्र नै डा’माडोल बनाउन खोज्नुभएको छ? किन पठनपाठनका लागि वैकल्पिक विधि र प्रक्रियाहरुको खोजी गरिँदैन ? किन निजी विद्यालयका शिक्षकहरुको स’मस्यालाई वास्ता गरिँदैन? निदाएको अभिनय गरेर किन नि’रीहता प्रदर्शन गर्नु भएको छ ? हामीले यी प्रश्नको जवाफ कहिले पाउने हो ?
हामी शिक्षकहरुले आत्मनिर्भरताको पाठ पढाउँदा बनावटी कुरा गरिरहन परेको छ। तपाईको बोलीपिच्छे आउने बेसार पनि केही वर्ष अघिसम्म संसारको सबैभन्दा गरिब देश भनेर सुनेको र पढेको इथियोपियाबाट नेपालमा आयात गरिदो रहेछ। कृषिमा आत्मनिर्भरताका लागि खै के-कस्ता पहल गरियो त ? आज कलेजहरु शिक्षित जनशक्ति विदेश पठाउने कारखाना बनेका छन्। त्यस्तो जनशक्तिलाई रोक्न विशेष योजनाहरु अहिलेसम्म किन बन्न नसकेका होलान्। यी विषयमा ग’म्भीर भएर सोच्ने फुर्सद पक्कै पनि तपाईलाई छैन होला।
प्रधानमन्त्रीज्यू, एउटा असल शासक वि’पतको साथी बन्न सक्नु पर्थ्यो। तपाईले चुनावताका घोक्रो फुलाई फुलाई भन्ने गरेका राष्ट्रियता, स्वाधिनता र नागरिकता जनताको दुखको घाउमा लाउने मलम बन्न सक्नु पर्थ्यो। तर वि’डम्बना, गाँस अड्केर उपचारका लागि अस्पताल चाहार्दा चाहार्दै म’र्ने आमाहरु, जन्डिस भएर उपचारको अभावमा म’र्ने दाजुहरु, सर्पले टोकेर पिसिआर रिपोर्ट नहुँदा उपचार नभई म’र्न विवश साना नानीबाबुहरुका मृ’त्युका दुखद खबर सुन्ने फुर्सद त तपाईलाई कहाँ होला र !
बेसार पानीको भर नपरेको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्ने खबर पनि सुन्नु भएकै होला। यस्ता खबरले तपाईलाई छुने पनि होइनन्। किनकी तपाईका निम्ति त बालुवाटार नै सुविधासम्पन्न अस्पताल बनेको छ। तपाई त आइसियुमा बसेर पनि देश हाँक्नु हुन्छ। जापानका प्रधानमन्त्री सिन्जो आबेजस्तै मेरो अस्वस्थताले देश रो’गी नहोस् भनेर राजिनामा दिइहाल्ने तपाई क’मजोर र हु’तिहारा मान्छे कहाँ हो र ? यतिबेला जापानी प्रधानमन्त्रीलाई देखेर तपाईलाई असाध्यै रि’स उठिरहेको होला।
पत्रकारसँगका भेटघाटमा तपाई सरकारले बहुतै राम्रो गरिरहेको बताउनु हुन्छ। तपाईका ती राम्रा काममा सेनाले दुई/चार किमी बाटो बनाएका र हाल पिसिआर मेसिन थपेका कुरा मात्रै दोहोराई दोहोराई गर्नुहुन्छ। किनकी योभन्दा बढी भन्ने ठाउँ के नै छ र, तपाईलाई थाहा छ कि छैन, तपाईका पिसिआर रिपोर्ट आइपुग्दासम्म धेरै दाजुभाइ, दिदीबहिनीले ध’र्ती छोडिसकेका हुन्छन्। देशभित्र रहेका स्वास्थ्य संस्थामाथि तपाईले नियमन गर्न सक्नु भएकै छैन। का’लो सूचीमा परेका ठेकेदारहरुलाई रेलको ठेक्का लगाउनु हुन्छ, म’हामारीमा क’मिसन खोज्नेहरुलाई, अर्थतन्त्रमा केही लछारपाटो ल्याउन नसक्ने आफूजस्तै रु’खो मान्छेलाई काखी च्यापेर हिंड्नु हुन्छ। उज्यालोप्रेमी मान्छेलाई नि’रुत्साहित गर्नुहुन्छ।
प्रधानमन्त्री ज्यू, चुनावका बेला तपाईले गरेका वाचा र सपनाहरु सम्झिनुस् त, ती सपनाले त अलिकति पनि विवेक हुने मान्छेलाई तर्साउनु पर्ने हो, ला’ज हुनु पर्ने हो। मान्छेमा हुनुपर्ने सबैभन्दा ठूलो कुरा ला’ज हो। ला’ज र घि’न नभएको नि’र्लज्ज मान्छेसँग बोल्नुको केही अर्थ हुँदैन। विद्यार्थीसँग मैले कहिलेकाहीँ यस्तै विवेक, ला’ज, नैतिकता, अनुशासन र आदर्शका कुरा गर्दैगर्दा उनीहरुले यी प्रसंगलाई तपाईसँग ल्याएर जोड्छन्। त्यसपछि मेरा नाडी गल्छन् र म आफै नाजवाफ हुन्छु। प्रधानमन्त्री ज्यू, सरकार भनेको मूर्ति हैन, देश भनेको जन्मदिनमा मनाइने नक्सासहितको केक उत्सव हैन, विवेक हो, आदर्श हो, समृद्धि हो र जीवन्त सपना हो। यिनै सपनाको खोजी गर्नेहरुलाई तपाई सही काममा खोट खोज्नेहरु भन्नुहुन्छ। लकडाउनलाई म’हामारीवि’रुद्ध व्यापक परीक्षण गर्ने समयका रुपमा सदुपयोग गर्नुको सट्टा जनताको आवाज थुन्ने माध्यम बनाउनु भएको व्यवहारले बताएकै छ।
श्रमिक, मजदुरको गाँस खोस्नु भएको छ। चुनावका बेला एकएक मतदाताको हिसाब राख्न सक्ने तर अहिले तिनै शिक्षक, श्रमिकलाई लात्ती हानेर भित्तामा पुर्याउनु भएको छ। यी सबै कुराहरु देख्दा र शिक्षकको मूल्यांकनबाट हेर्दा तपाईले कमजोर अंक प्राप्त गर्नु भएको छ। तर अचम्म, तपाई त जिपिए चार आए जसरी आफ्नो भूमिकामा मख्ख हुनुहुन्छ। तपाई मख्ख परेको देख्दा मलाई मेरो एकजना आठ कक्षा पढ्दाको स्कुले साथीको याद आउँछ। स्कुलमा फेल भएपछि उसले बजारमा आइ आफैले अबिर किनी घसेर बुबाआमालाई पास भएँ भनी ढाँटेको थियो। उसले ढाँटेको कुरा दुई दिन पनि टिकेको थिएन। त्यसैले तपाईका यी झुठ पनि विस्तारै पर्दाफास हुँदै जानेछन्।
प्रधानमन्त्री ज्यू, ३० वैसाख २०७७ मा यही मिडियामा मैले कवि प्रधानमन्त्री ज्यू, गणतन्त्र गलगाँड नबनोस् शीर्षकमा एउटा लेख लेखेको थिएँ। त्यस लेखमा मैले कविता लेख्न छोडेर केही गर्नुहोस्, जनतालाई रो’ग भो’कबाट मुक्ति दिनुहोस्, विकास र समृद्धिका सपनाहरु पूरा गर्न अग्रसर हुनुहोस्, त्यसपछि त ३ करोड जनताले तपाईका विषयमा दमदार कविता लेख्नेछन् भनेको थिएँ। तर तपाईबाट पनि बालुवाटारमा फोटो झुन्डाउने उपलब्धि बाहेक केही हुने भएन। अन्तिममा, प्रधानमन्त्री ज्यू, शैक्षिक अन्योलका बारेमा यथाशिघ्र केही निर्णयहरु गरिदिनुहोस्। रुसका प्रधानमन्त्रीले कोरोना विरुद्ध निर्माण भइरहेको खोप सर्वप्रथम शिक्षक र डाक्टरहरुलाई दिइनेछ भनेका छन्।
यसबाट अरु देशमा शिक्षक र विद्यार्थीप्रतिको सम्मान कति गरिन्छ भन्ने कुरा पनि बुझ्नुहोस्। नङ बढे नङ काट्ने हो, औँला काट्ने होइन, जहाँ जे कुरामा स’मस्या छ, त्यही कुरामा मात्र केन्द्रित हुनुहोस् र मुलुकमा विद्यमान स’मस्याहरुको सहज अवतरण गराउनुहोस्। त्यति बेलासम्म हामीले विद्यार्थीका जिज्ञासालाई मेटाउनु पर्ने भएकाले लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता बताइदिनु होला। यो बेला त्रेतायुगका रामको खोजी गर्ने बेला होइन, रो’ग, भोक, अशिक्षा, ग’रिबी र बे’रोजगारीसँग लडिरहेका राम, लक्ष्मणहरुको खोजी गर्ने बेला हो।
म त अल्पज्ञानी मान्छे, कवि ह्रृदयी प्रधानमन्त्रीलाई सम्मान नपुगेको होला। तैपनि मेरा कुरा मनन गर्ने कोशिस गरिदिनु होला। म शिक्षक भएरै बाँच्न चाहेको छु। आ’न्दोलनकारीका रुपमा तपाईलाई ड’र लागिरहने माइतीघर मन्डलामा जान बाध्य नबनाउनु होला। बाध्य पारियो भने हामी बयलगाडा लिएर मन्डलामा जानेछैनौँ, रकेट नै लिएर जानेछौँ। त्यसबेला रकेटको फिलिंगोले बालुवाटार पनि सु’रक्षित रहने छैन।



