बुद्धले एउटा प्रश्न गर्दै भनेका छन्—“तिमी अँ’ध्यारोमा डुबिरहेका छौ भने उज्यालोको खोजी किन गर्दैनौ ?” यस प्रश्नले व्यक्ति विशेषलाई जत्तिकै विश्वभरका क’मजोर, शो’षित, उ’त्पीडित, नि’मुखा र राज्यवि’हीन मानिसलाई पनि जाकरूक हुन झकझक्याउँछ । बुद्ध द्व’न्द्वात्मक भौतिकवादी अर्थात् वैज्ञानिक तथ्यवादी थिए । उनी चमत्कार, ईश्वरीय शक्ति, अदृश्य शक्तिआदिमा पटक्कै विश्वास राख्दैन थिए । बुद्धको शिक्षा मनन गर्नेबित्तिकै कार्ल माक्र्सको समाजवाद वैज्ञानिक देखिँदैन, हुनै सक्दैन । यसै पनि माक्र्स पहिलो नास्तिक र भौतिकवादी थिएनन् । बुद्धले पच्चीस सय वर्षभन्दा अघि नै भौतिकवादी दर्शन, शिक्षा र ज्ञान बाँडेका थिए ।

द्व’न्द्वात्मक भौतिकवाद भने प्रामाणिक विज्ञान हो । अर्थात्, यसले कुनै आ’धारहीन, तथ्यहीन र मिथ्या परिकल्पनामा होइन विज्ञानद्वारा प्रमाणित विषयमा मात्रै विश्वास गर्छ । वि’डम्बना, माक्र्सवादीहरु यही कुरा मिलाएर भन्न जान्दैनन् र फेल खान्छन्/खाइरहेका छन् । उसो त माक्र्सले समाजवादलाई वैज्ञानिक कहीँ पनि कहिल्यै भनेनन् । बरु उनका सहकर्मी फ्रेडरिक एङ्गेल्सले —यति भइसकेपछि ‘माक्र्र्र्सवाद’ लाई वैज्ञानिक भन्दा फरक नपर्ने कुरा कहीँ कतै आफ्नो मन्तव्यको क्रममा बोलेकै भरमा भ्र’मवादीहरुले ‘वैज्ञानिक समाजवाद’ भन्न थाले । जो अत्यन्तै गलत र भ्रमको खेतीबाहेक अन्य केही होइन ।

माक्र्सको ‘राजनीतिक समाजवाद या साम्यवाद’ उनका पुस्तक र विश्वविद्यालयका कक्षाकोठा तथा पुस्तकालयहरुमा बाहेक विश्वमा अज्यत्र कतै लागु भएन । माक्र्सका आर्थिक समाजवादी सिद्धान्त भने सान्दर्भिक छन् । माक्र्स जन्मिनुभन्दा अघि नै समाजवाद शब्द अस्तित्वमा थियो । स्मरण रहोस्, हाम्रो संविधान २०७२ मा लेखिएको समाजवाद लोकतान्त्रिक समाजवाद हो, माक्र्सीय (कथित वैज्ञानिक) समाजवाद होइन ।

माक्र्सले भनेका छन्— ‘पुँजीवादले आफू पुरिने खा’डल आफैँ खन्छ र समाजवादी क्रा’न्ति हाम्रै पालामा सम्पन्न हुन्छ ।’ तर, यी दुवै कथन दुई शताब्दी बितिसक्दा पनि चरितार्थ भएनन् । माक्र्सले भनेका थिए — ‘समाजवादी क्रा’न्ति सम्पन्न भएपछि राज्यविहीन, वर्गवि’हीन, स्वा’र्थ र परिवारवि’हीन समेत अवस्था आउँछ र त्यो साम्यवादको मूर्त रुप हो ।’ तथापि उनको त्यो सुन्दर सपना कहिल्यै विपनामा बदलिएन । अब वर्गवि’हीन समाजसमेत सम्भव देखिँदैन भने राज्यवि’हीन अवस्था आउला भनी विश्वास कसरी गर्नू ?  ठट्टा त यसरी पनि गर्न सकिएला — साम्यवादमा राज्यवि’हीन अवस्था आउने भविष्यवाणी माक्र्सले गरेकै हुन् । ती तमाम राज्यविही’नहरु पो सा’म्यवादी भए कि ! यो गज्जबको ठट्टा बन्न सक्ला तथापि राज्यविही’नहरुको समाजवादी सपना कथित कम्युनिस्ट या वामपन्थी या समाजवादी राजनीतिका नाउँमा चलाइएको ठगी धन्दामात्रै हो । आजको कम्युनिस्ट सत्ता या लोकतान्त्रिक राज्यका नाउँमा लाखौं जनता राज्यविहीन अवस्थामा पु¥याइएका छन् जो राष्ट्रका असली निर्माणकर्ता एवं मालिक हुन् ।

राज्यवि’हीनहरुको बुझाइ

नेपालको सन्दर्भमा राज्यवि’हीनहरुको बुझाइमा हालको राज्यको चरित्र कस्तो हो ? पहिले त्यसको निक्र्योल गर्नुपर्छ । राज्यवि’हीनहरु पनि दुई खालका छन् । एक —नागरिकता या राष्ट्रिय परिचयवि’हीन र दुई— नागरिकता या राष्ट्रिय परिचयपत्रसहित । पहिलो, राज्यले नागरिकता या कुनै राष्ट्रियता खुल्ने परिचयपत्र नदिएको समूह हो । यस समूहमा उ’त्पीडित जाति, समुदायको बाहुल्य रहे पनि सबै समुदाय, क्षेत्र, जातजाति, भाषिक र लैंगिक समूह पर्छन् । सयौं वर्ष या पुस्तौंदेखि नेपालको सरहदभित्र बसोवास गरेका तर हालसम्म कुनै स्थायी परिचयपत्र नभएका, भूमिही’न, नागरिकताविहीन र भोटको अधिकार नपाएका ठूलो जनसंख्या छ । विशेषगरी मधेसमा यस प्रकारका राज्यवि’हीनहरु ठूलो संख्यामा छन् । पहाडी भेगमा केही कम भए पनि स’मस्या त छ । तिनलाई राज्यले एउटा नागरिकताको प्रमाणपत्र दिन सकेको छैन । तथापि यो समूह समाजवादको सपनामा भने उ’द्वेलित हुने गर्छ । सा’मन्ती राज्यसत्तामाथि हाँक दिँदै आएको यो समूह या समुदाय आफू भने सधैँ अनागरिक नै रहिरह्यो र अझै छ ।

दोस्रो, राज्यले नागरिकताको प्रमाणपत्र त उसको हातमा थमाइदिएको छ तर कुनै अधिकार प्राप्त गर्न सकेको छैन । संविधानमा उसका अधिकारबारे के के लेखिएका छन् ? परिवर्तनमा उसको भूमिकाको के महत्त्व थियो र छ ? ऊ नागरिक हुनुको अर्थ एउटो कागजको खोस्टो नागरिकता प्राप्त गर्नुमात्रै हो कि अन्य पनि केही छ ? त्यो सवालको जबाफ उसँग थिएन र अझै छैन । अझ भन्नु पर्दा यी प्रश्नहरु सोध्ने आँट र ज्ञानसमेत छैन उनीहरुसँग ।

नागरिकता प्राप्त गरेबापत उनीहरुले दुईटा कुरा भने पाए ।

पहिलो, चुनावका बेला भोट हाल्न पाए । बेलाबेलामा भोट माग्न राजनीतिक नेता, कार्यकर्ता उनीहरुको ढोकामा आउने गर्छन् । मासु भात, रक्सी, चिउरा आदि खान दिन्छन् र भोट हाल्न आग्रह गर्छन् अनि जान्छन् । राजनीतिकर्मीहरु सधैँ भोट माग्न आउँछन् र उनीहरु त्यसैगरी चुनावमा भोट हाल्ने गर्छन् । को, किन, कसरी र केका लागि भोट माग्न आउँछन् र निर्वार्चित हुन्छन् ? आफ्नो अमूल्य मतबाट निर्वाचित हुने जनप्रतिनिधिको काम, कर्तव्य र दायित्व के हो ? केही वर्षपछि उसै गरी मानिसहरु भोट माग्न फेरि पनि आइरहन्छन् । यी सबै किन हुन्छ ? किन भइरहेको छ ? उनीहरु जान्दैनन् । उनीहरु गरिब, निमुखा, दुः’खी र क’मजोर किन भए र अझै किन छन् ? त्यसको दोष उनीहरु राजनीतिक प्रणाली या आफ्नो प्रतिनिधिलाई होइन आफ्नो भाग्यलाई दिन्छन् — पूर्व जन्मको पापले, अझ कर्मै अभागी लिएर जन्मिएकाले यो सब भएका हुन् । भन्ने गर्छन् — कर्मै खोटी लिएर जन्मिएपछि कसको के लाग्छ र ? यस्तो समुदायका व्यक्तिसँग नागरिकताको प्रमाणपत्र भएर पनि के अर्थ ?

दोस्रो, उनीहरु रोजगारीका लागि विदेश जान पाएका छन् । नागरिकताको प्रमाणपत्र भएपछि राहदानी बनाउन पाइन्छ र राहदानी भएकाहरु ऋ’ण काढेर भए पनि रोजगारीका लागि विदेश जान पाउँछन् । वि’डम्बना, विदेशी भूमिमा श्रम बेच्न बाध्य हुनु पनि ठूलो पुण्य साबित भएको छ । त्यही वैदेशिक रोजगारीबाट उसको घर चलेको छ र राज्य पनि । थाहैै छ, रेमिट्यान्सकै कारण हाम्रो राज्य चल्न ठूलो टेवा पुगेको छ । त्यतिमात्रै कहाँ हो र, निजी स्कूल (बोर्डिङ), निजी अस्पताल आदि धान्ने मुख्य स्रोत पनि यही नै हो । नागरिकता नभएकाहरु यिनै दुई मुख्य अधिकारबाट व’ञ्चित हुने गर्छन् । यस बाहेक नागरिकता हुनु र नहुनुमा अन्य खास फरक छैन ।

राज्यको चरित्र कस्तो ?

वि.सं. २००६ सालमा पुष्पलाल र साथीहरुले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । त्यो बेलाको नेपाललाई उनीहरुले अर्धसा’मन्ती, अर्धऔ’पनिवेशिक मुलुकको रुपमा परिभाषित गरे । राणाहरुको कू्रर जहानियाँ शा’सन, राजतन्त्र र नेपाली समाज नै सा’मन्ती मानसिकताबाट ग्र’सित थियो त्यति बेला । अर्काेतर्फ दक्षिणी छिमेकी मुलुक भारतको प्रत्यक्ष÷प’रोक्ष ह’स्तक्षेप र र दा’दागिरी चल्थ्यो । र, हाम्रो सा’मन्ती राज्यसत्ताको मूल आधार भारतीय आड नै थियो । त्यसैले त्यो बेलाको नेपाल अर्धऔपनिवेशिक भन्नु जायज नै थियो । अहिले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै दलले करिब एउटै राजनीतिक  निष्कर्ष निकाले — नेपाल अब अर्धसा’मन्ती र अर्धऔ’पनिवेशिक अवस्थामा रहेन । नेपालको चरित्र अब अर्धपुँजीवादी अवस्थामा प्रवेश गरेको छ । माक्र्सले भनेकै छन् —सामन्तवा’दको अन्त्यपछि पुँजीवा’द आउने र पुँजीवादको उत्कर्षपछि मात्रै समाजवादको यात्रा तय हुनेछ ।

समाजवाद प्राप्तिपछि राज्यविहीन, वर्गविहीन, शासक र शासितको जरुरी नहुने र वर्ग संघर्षको अन्त्य हुने परिकल्पना उनले गरेका छन् । माक्र्स यहीँनिर असफल देखिन्छन् । यो उनको परिकल्पनामात्रै थियो । किनभने, शासक वर्गविरुद्ध अन्य शोषित या माक्र्सको भाषामा मजदूर वर्ग संघर्षमा होमिएपछि मजदुर वर्गले आफ्नो सत्ता स्थापना गरे भन्ने होइन । त्यहाँ वर्ग सं’घर्षको अन्त्य हुने नभई सत्ता लुटिएको पुरानो शा’सक वर्ग शासितमा त फेरिन्छ तर चुप लागेर बस्दैन । नयाँ सत्ताविरु’द्ध सं’घर्षको सृजना गर्नु उसको बा’ध्यता बन्न पुग्छ । यसरी पुनः नयाँ वर्ग सं’घर्षको थालनी हुन पुग्छ । त्यसैले वर्ग संघर्षको क्रम जारी नै रहन्छ । फेरि माक्र्सले नै सबैलाई संघर्षको हक प्रदान गरेका छन् । त्यसैले माक्र्सको वर्ग संघर्षको सिद्धान्त नै गलत प्रमाणित भइसकेको छ ।  अर्थात्, साम्यवाद सपनामात्रै रहेको सत्य माक्र्सवादीहरुले बुझ्नुपर्छ ।

राज्यविहीन वर्ग समुदायले आजको राज्यसत्ताको मूल चरित्र कस्तो हो भनी ठम्याउँदै धारणा स्पष्ट गर्न जरुरी हुन्छ । माक्र्सले दार्शनिक ढंगले निष्कर्ष निकालेका छन् — ‘मानिसले आफ्नो भाग्य आफैँ निर्माण गर्छ, तर ऊ उभिएको धरातलमा टेकेर ।’ त्यसैले जातीय वि’भेद नभोगेका, सुविधा सम्पन्न, सत्ता र शक्तिको भरपूर उपयोग गरिरहेका  नेकपाका नेताहरुले परिभाषित गरेजस्तो मुलुक र जनताको अवस्था पक्कै पनि छैन । अर्थात् नेकपा नेता घनश्याम भुसाल, राम कार्की या केपी ओली र पुष्पकमल दाहाल आदिले देखेको नेपाल र नेपाली जनताको चरित्र र यथार्थमा व्यापक भिन्नता छन् । उनीहरु र राज्यवि’हीनहरुको धरातल फरक छ । त्यसैले राज्यवि’हीन समुदायको राजनीतिक धारणा उनीहरु आफैँले निर्धारण गर्नु अ’परिहार्य हुन्छ । शासक वर्ग र राज्यवि’हीनहरुबीचको समाजवाद सपना अवश्य फरक छ ।