–निनाम कुलुङ ‘मंगले’
लगभग एक वर्षअघिको तथ्यांकअनुसार नेपालमा ५ लाख ४७ हजार २७६ मानिसहरुले जीवन बीमाको तालिमे एजेन्टहरु छन् । अर्थात् नेपालमा हाल चालू रहेको १९ वटा जीवन बीमा कम्पनीहरुमा ५ लाख ४७ हजार २७६ जना मानिसहरुले जीवन बीमाको एजेन्ट बनेर अर्धरोजगार भएर भएर काम गरी रहेका छन् । हुन त ती ५ लाख ४७ हजार २७६ मानिसहरुले जीवन बीमाको तालिम लिएर एजेन्ट बने तापनि यथार्थमा आफ्नै र आफ्नो परिवारभित्रकै मानिसहरुको ‘जीवन बीमा’ नगर्नेहरुको संख्या पनि ठूलै रहेको होला ! भनी अनुमान गर्न क’ठिन पर्दैन ।

त्यसैले ती ५ लाख ४७ हजार २७६ मानिसहरुले जीवन बीमा सम्बन्धी तालिम गरेको भए तापनि ती एजेन्टहरुमध्ये यति जना एजेन्टहरुले आफ्नो पेशा सुचारु रुपमा अपनाएका छन् त ? भनी भर पर्दो तथ्यांक प्रस्तुत गर्ने कुनै आधार नभए तापनि मुस्किलले १०/१२ प्रतिशत एजेन्टहरुले आफ्नो पेशा सुचारु गर्न सकेका होलान् भनी अनुमान गर्न सकिन्छ ।

त्यसमाथि हाल विश्वका प्रायः सबै देश (२२० मध्ये २१० देश) मा ‘नोभेल को’रोनाभा’इरस’ (को’भिड–१९) सं’क्रामक म’हामारीका फैलिएको छ । यो म’हामारी (को’भिड–१९) का कारण आजका मितिसम्म विश्वका विभिन्न देशका ४९ लाख ८९ हजार २०० भन्दा बढी मानिसहरु बि’रामी भएका छन् भने ३ लाख २५ हजार चानचुन मानिसहरुले आफ्नो अमूल्य जीवन गुमाएका छन् ।

यसरी सुरुमा चीनबाट फैलिएको मानिएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को संक्रामक महामारीका कारण जनधनको ठलो र अपरणीय क्ष्ाितमात्रै गरेको छैन, यसले विश्वका धेरै मानिसहरुको रोजीरोटी समते गुमाएको अवस्था छ । ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) कै कारण यसरी अनपेक्षित मानवीय अर्थात् जनधनको अकल्पनीय क्षतिका साथै विश्वभरिकै समग्र अर्थतन्त्र र आर्थिक कारोबार पनि चट ! बनाएको स्थिति छ ।

यसले गर्दा धेरैको घर–परिवार चलाउन गाह्रो भएको छ , अगेनामा चूला बल्न छाडेको छ । झन् नेपाल जस्तो मानवीय पँुजीको महत्व नबुझेको सरकार र राजनीतिक दलहरुको भीड भएको देशको जनताहरुको हालत के भएको थियो/छ ? तपाईँ–हामी सबैलाई ज्ञातव्य नै छ । यस्तो अवस्थमा कसैलाई ‘लौ न जीवन बीमा गरौं !’ भन्दा संभावित ग्राहक वा भनौं जो कोहीले पनि कस्तो प्रतिक्रिया जनाउँदा हुन् ? अनुमान मात्रै गर्न सकिन्छ ।

त्यसैले त नेपालका शासकहरु मानवीय पुँजीको महत्व बुझेर व्यस्थापन गर्नेतिर लाग्नु (राहत वितरण गर्नु) को सट्टा कोही (सम्माननीय राष्ट्रपति ज्यु) भावनामा नबग्नु ! भनी अर्ति, बुद्धि र उपदेश दिन, हुन्छ । कोही (सम्माननीय प्रधानमन्त्री ज्यु) ‘सरकारले लकडाउन गरेको तिमीहरुलाई बचाउनकै लागि हो, त्यसैले खान नपाए पनि घरभित्रै चुपचाप बस, कोरोनाको कहरबाट बाँचे खाऊला !’ भन्छ ।

हुन पनि एक हिसावले हेर्ने हो भने कुरो त ठीकै हो, खानलाई त पहिले बाँच्नु पर्यो, नबाँचीकन के खाने ! जे भए तापनि कोरोनाको कहरले विश्वभरिकै उद्योग, कलकारखाना, कृषि, पर्यटन, होटल, बैंक, बीमा, सहकारी, लघु–वित्त, हवाई यातायात, जल यातायात, सडक यातायात लगायत सबै क्षेत्र चौपट बनाएको अवस्था छ । यो बारेमा मैले बढ्तै जानने भएर ! थप केही बताई रहनै पर्दैन ।

कल्पनाका अनुसार ‘कुनै पनि बीमा कम्पनीहरुले यसो गरेदेखि अरु साथीभाईहरु र आप्mनो ग्राहक (बीमितहरु) माझमा एजेन्टहरुले आफनो कम्पनीबारे बताउँदा थप आधारस्तम्भ खडा हुने र गर्व महसुस हुन्छ ।’ तर, ….

यत्ति लामो भूमिकापछि खास विषयतिर लागौं । नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र एउटा पुनःजीवन बीमा कम्पनी गरी जम्मा ४० बीमा कम्पनीहरु चालू रहेका छन् । ती मध्ये पनि यहाँ खास चर्चा गर्न लागिएकोचाहिँ कोरोनाको कहरबीच जीवन बीमा एजेन्टहरु कसरी बाँची रहेका छन् ? उनीहरु कोरोनाको कहरमा के गरेर समय कटाउँदैछन् ?

यसरी कोरोनाको कहरले उखरमाउलो गरी रहेको वेला पनि आफनो व्यवसाय सूचारु गरेका छन् त ? अनि यस्तो आर्थिक संकटको वेलामा जीवन बीमा कम्पनीहरुले आफना एजेन्टहरुलाई केही न केही (उनीहरुको व्यवसाय र आर्थिक लगायत शारिरीक अवस्था हेरेर) आर्थिक सहयोग हुने गरी प्याकेज ल्याए अझ राम्रो हुन्थ्यो कि ? भन्ने लगायत विषयमा केन्द्रीत रहेर छोटोमा चर्चा गर्दै छु ।

यस विषयमा ‘नेपाल लाइफ इन्स्युरेन्स कम्पनी’ (एनएलआईसी) मा कार्यरत खोटाङ जिल्लाकी कल्पना राई भन्छिन् ‘– खासमा कम्पनीले यस्तो वेलामा आप्mनो एजेन्टहरुका लागि कुनै पनि किसिमको आर्थिक प्याकेज राम्रो ल्याए हुन्थ्यो । जस्तै उदाहरणका लागि भन्नु पर्दा कुनै एजेन्टले कम्पनीलाई दिएको व्यापार हेरेर, कुनै एजेन्टले कम्पनीलाई मनग्य व्यापार दिन नसके तापनि उसको आर्थिक अवस्था हेरेर (लामो अवधिको लकडाउनमा खान बस्न गाह्रो भएकाहरुलाई) कुनै एजेन्टको शारिरीक र मानसिक !

जस्तै बिरामी रहेका तर, लामो लकडाउनको अवधिमा कमाई गरेर औषधि किनेर खान नसक्ने अवस्थामा रहेका, कुनै एजेन्टहरु तालिम मात्रै गरेका तर, विभिन्न कारणले आफनोसमेत जीवन बीमा गर्न नसेका ! लगायत आफना एजेन्टहरुलाई ४ वा ५ वर्गमा छुट्याएर नेपालका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले यस्तो विशेष परिस्थितिमा आफनो एजेन्टहरुका लागि धेरथोर आर्थिक सहयोग पुग्ने गरी कुनै पनि किसिमको आर्थिक प्याकेज ल्याउँदा राम्रो हुन्छ ।’ कल्पनाका अनुसार ‘कुनै पनि बीमा कम्पनीहरुले यसो गरेदेखि अरु साथीभाईहरु र आप्mनो ग्राहक (बीमितहरु) माझमा एजेन्टहरुले आफनो कम्पनीबारे बताउँदा थप आधारस्तम्भ खडा हुने र गर्व महसुस हुन्छ ।’ तर, ….

त्यस्तै एजेन्सी म्यानजेर (एएम) पदमा पुगेर काम गर्दै आएका ताप्लेजुङ जिल्लाका खेमनाथ गुरागाईँ भन्छन्, ‘–एनएलआईसीले सरकारलाई दिएको (सरकारले गठन गरेको कोरोना राहत कोषमा) १ करोड रुपैयाँ अवस्था हेरेर आफना एजेन्टहरुलाई दिएको भए धेरै राम्रो हुन्थ्यो । तर, हामीले भनेको जस्तो सजिलो कम्पनीले कहाँ गर्छ र !’ तर, खेमनाथका अनुसार उनले लकडाउनमा पनि ४ वटा बीमा पोलिसी बेचे ।

यसरी हेर्दा संंभवतः लकडाउनमा पनि जीवन बीमा पोलिसी बेच्ने थोरै एजेन्टहरुमा उनी पर्छन् । उनले लकडाउनमा पाएको फुर्सदिलो समयलाई परिवारलाई मात्रै दिएनन् कि, सेयरबजार लगायत अर्थतन्त्र सम्बन्धी केही किताबहरु पनि पढे । उता कल्पनाले पनि लकडाउनको समय भनेर लगभग साढे दुई महिनाको फुर्सदिलो समयलाई ‘हाहा–हुहु’मा नबिताएर स्वीटर र झोला बुनेर बिताई रहेका छन् ।

हुन त अहिले नै पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेसनल लाईफ इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेनस कम्पनी/एलआईसी (भारतीय कम्पनीको नेपाल शाखा) लगायत केही जीवन बीमा कम्पनीहरुसँग (सँधैभरि कुहिएर बस्ने अरबौं पैसो ! (जीवन बीमा कोष) रहेको छ ।

हुन पनि सरकारले हाल गठन गरेको ‘कोरोना कोष’मा मात्रै नभएर कुनै पनि विपत्ति र महाविपत्तिहरुमा कनै पनि दानवीर व्यक्ति तथा संघ–संस्थाहरुले सहयोग गर्नु धेरै राम्रो कुरो हो । तर, यसपालि हामीले देख्यौं क, सरकारले गठन गरेको कोरोना कोषमा जम्मा भएको झण्डै साढे २ अर्ब रुपैँया कहाँ गयो ? सो रकम के–कसरी वितरण गरियो ? हुन त एकपटक सरकार प्रमुख (सम्माननीय प्रधानमन्त्री ज्यु) ले ८० करोडको राहत वितरण भएको बताउनु भएको थियो । तर, यो पंक्तिकार तेह्रुथम जिल्लाको साविक सम्दु–७, हाल फेदाप गाउँपालिका–४ को स्थाई वासिन्दा हो ।

हाल म काठमाण्डौ महानगरपालिको ३१ नम्बर वडाको प्रयाग मार्ग भन्ने टोलमा बस्छु । पहिले ३४ वडा पथ्र्याे । लकडाउनको लगभग यो ५५/५६ दिनको अवधिमा एक पटक यो टोलको क्लबले १० किलो चामल, एक प्याकेट खाने तेल, आधा किलो चिनी … दियो । अर्को एकपटक वडा कार्यलयले ५ किलो चामल, एक छटक मस्यौरा, एक प्याकेट खाने तेल, ३ सय ग्राम होला चिउरा … दियो ।

परिवारमा म र दुई (केटाकेटी) छोराछोरी छन् । त्यति खाने कुरोले मेरो परिवारलाई कति दिन खान पुग्यो होला ? त्यसमाथि म मुटु, ब्लडप्रेसर, पिसाब थैली, युरिक एसिड, पायल्स आदि रोगको बिरामी छु । दैनिक ८ वटा औषधि खानु पर्छ ।

त्यसैले आगामी दिनमा बीमा कम्पनीहरु, सेयर दलाल कम्पनी, लामो दूरीका बस व्यवसायी (गाडीको टिकटिङ गर्ने), घर–जग्गा दलाल लगायत एजेन्ट बिना व्यवसाय राम्रोसँग चल्न–चलाउन नसक्ने हरेक कम्पनीहरुले (कानुनी रुपमा दर्ता नभएका र सरकारबाट ईजाजतपत्र नलिएकाहरुले दर्ता भएर र ईजाजतपत्र लिएर) आफना एजेन्ट वा कामदारका लागि यस्तै (कोरोना जस्तै) आपत–विपत र महाविपत्ति आई पर्दा भरथेग/आर्थिक रुपमा उद्धार गर्न मिल्ने गरी कोष खडा गर्नुपर्ने देखिन्छ ।

हुन त अहिले नै पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेसनल लाईफ इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेनस कम्पनी/एलआईसी (भारतीय कम्पनीको नेपाल शाखा) लगायत केही जीवन बीमा कम्पनीहरुसँग (सँधैभरि कुहिएर बस्ने अरबौं पैसो ! (जीवन बीमा कोष) रहेको छ । तर, त्यस्तो रकम ती कम्पनीहरुले कतिखेर र कसरी प्रयोग गर्न/खर्च गर्न मिल्ने हो ? यो पंक्तिकारलाई विषयगत रुपमा थाहा नभएकोले केही भन्न सक्ने अवस्था रहेन ।

तापनि यो महामारी (कोभिड–१९) का कारण प्रभावित भएका आफना एजेन्टहरुलाई उनीहरुको आर्थिक अवस्था, शारिरीक अवस्था जस्तै, अशक्तता, विभिन्न रोगका बिरामीहरु जो औषधि खान धौधौ भएकाहरु छन्, त्यस्तै आर्थिक अवस्था साँच्चै नै कमजोर भएका आदिलाई साना–ठूला सबै जीवन बीमा कम्पनीहरुले आप्mना जीवन बीमा एजेन्टहरुका लागि केही न केही राहत पुग्ने किसिमले आर्थिक प्याकेज ल्याएदेखि हुन्थ्यो भन्ने यो पंक्तिकारको सल्लाह/सुझाव मात्र हो ।

थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९ , ninamkirat123@gmail.com