Logo

नवीन राईको सम्मान र सम्झनामा किरावि उपत्यकाद्वारा रक्तदान


 किरात राई विद्यार्थी (किरावि) संघको संस्थापक अध्यक्ष नवीन कुमार राईको सम्मान र सम्झनामा उपत्यका कार्यसमितिले रक्तदान गरेको छ । किरात राई विद्यार्थी संघको २२औँ स्थापना दिवसको अवसरमा रक्तसंचार केन्द्र रेडक्रस सोसाइटीकाे केन्द्रीय कार्यलय सोल्टिमोडमा रक्तदान गरेको हो ।

२०५६ भदौ १७ गते स्थापना भएको कि.रा.वि संघ, स्थापनाको दुई वर्ष नपुग्दै संस्थापक अध्यक्ष नविन राईलाई तत्कालिन सरकारको आदेशमा गिरफ्तार गरि बेपत्ता बनाएको छ ।

उहाँकै नेतृत्वमा गठन भएको संगठनले आफ्नो स्थापना दिवस भब्यताका साथ राष्ट्रब्यापी रुपमा मनाई रहेका छन । केन्द्र, उपत्यका र जिल्ला जिल्लाले अहिलेको परिस्थिमा अनुकुल फरक फरक कार्यक्रम बनाई सम्पन्न गरिरहेकोछ । यहिक्रममा उत्यका कार्यसमितिले रक्क्तदान गरेका छन ।

सधै केन्द्रिय समितिको आयोजनामा केन्द्रिय कार्यलय काटेश्वरमा गर्ने गरेका थिए तर यसपटक कोरोना महामारिको कारण रक्क्तसंञ्चार केन्द्र रेडक्रस सोसाइटि नेपाल कार्यलय काठ्मान्डो,सोल्टि मोडमा उपत्यका अध्यक्ष सुभ मान्सुङ्गको नेतृत्वमा पदधिकारीहरु अन्य सदस्यहरु सामुहिक रुपमा रक्क्तदान गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्