‘को’भिड–१९ म’हामारी सन् २०२१ को अन्त्यसम्म रहनेछ। र यो थामिनुअघि थप दसौं लाख मानिसको ज्या’न जानेछ। ‘यो भनाइ विश्वकै अग्रणी सफ्टवेयर उत्पादक माइक्रोसफ्टका मुख्य हस्ती बिल गेट्सको हो। उनी ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ का तर्फबाट गरिने सहयोगका आधारमा विश्वकै सर्वोच्च परोपकारीमध्येमा पनि गणना गरिन्छन्। दि इकोनोमिस्ट पत्रिकाका प्रधान सम्पादक जेन्नी मिन्टोन बेदोइससँगको अन्तर्वार्तामा उनले यसो भनेका हुन्।

गेट्सका अनुसार धेरैजसो मृ’त्युको कारण भने यो भा’इरस एक्लो हुँदैन। बरू को’रोनाले त’हसन’हस हुने स्वास्थ्य प्रणाली बन्नेछ र यसले रुग्ण बनाएको आर्थिक गतिविधि पनि मृ’त्युको अर्को कारण हुनेछ। यो भा’इरसलाई अमेरिकामा जसरी राजनीतिकरण गरिएको छ, त्यसवि’रुद्ध उनले खे’द पनि प्रकट गरेका छन्। उनका अनुसार त्यस्ता गतिविधि र यसलाई ‘ष’डयन्त्र हो’ भनेर प्रचारप्रसार गर्ने अ’वाञ्छित कामले नै यो म’हामारी यस्तरी फैलिएको हो। र यिनै गतिविधिले गर्दा बेलैमा म’हामारी नियन्त्रण गर्ने मौका चु’केको उनी भन्ठान्छन्।

यी सबका बावजुद पनि आशा गर्ने ठाउँ रहेको उनले औंल्याए। उनको अनुमानअनुसार सन् २०२१ को अन्त्य हुनु अगावै यस भा’इरसवि’रुद्ध भरपर्दो र प्रभावकारी खोप यु’द्धस्तरमा उत्पादन सुरू भइसक्ने छ। त्यसै हिसाबले संसारकै ठूलो जनसंख्यामा यसको वितरण पनि भइसक्ने भएकाले म’हामारीको अहिलेजस्तो भ’यावह विस्तार नियन्त्रित हुनेछ। गत वर्ष चीनको वुहान सहरमा पहिलोपटक यो को’रोना भा’इरस देखापर्नु निकै अगाडिदेखि नै गेट्स भा’इरस र खोपजस्ता विषयमा चिन्तनशील थिए। उनले यस विषयमा थुप्रै समय खर्चेका पनि थिए।

पोलियोवि’रुद्ध संसारभर सबैलाई खोप लगाउन बनेको विश्वव्यापी सञ्जालकै केन्द्रमा गेट्स फाउन्डेसन सक्रिय थियो। त्यस्तै औलो नियन्त्रणका लागि भरपर्दो खोप खोज्न पनि लागिपरेको थियो। गेट्सले धेरै वर्ष अघिदेखि नै म’हामारीका रूपमा आउने नयाँ रोगले संसारलाई आ’क्रान्त पार्ने चेतावनी दिँदै आएका थिए। त्यसकारण सेनाहरू लगाएर यु’द्धको खेलतर्फ नलागी अब रो’गवि’रोधी लडाइँको मोर्चामा लाग्न सबैलाई सुझाएका पनि थिए। उनको फाउन्डेसनले अहिलेसम्म को’रोना नियन्त्रणका क्षेत्रमा ३५ करोड अमेरिकी डलरभन्दा बढी सहयोगको प्रतिज्ञा गरिसकेको छ।

यो रकममध्ये अधिकांश हिस्सा विशेषगरी विकासशील राष्ट्रहरूमा पर्ने जो’खिम न्यूनीकरणका लागि लक्षित छ। उनका अनुसार को’रोना वि’रुद्धको प्रयास अझै पनि पर्याप्त भइसकेको छैन। ‘भ्याक्सिन समयमै तयार पार्न हामीले अर्बौं लगानीका लागि तत्परता देखाएनौं भने को’रोनाले अर्थतन्त्रमा खर्बौं नो’क्सानी पार्ने पक्का छ,’ उनी भन्छन्। धेरैजसो गरिब मुलुकमा मान्छेहरूले के कस्ता नो’क्सानी र है’रानी भो’गिरहेका छन् भन्ने यथार्थ विवरण सूचकांकहरूबाट थाहा पाउन मु’श्किल हुन्छ।

अफ्रिकाको जनस्वास्थ्य निकाय ‘अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ ले अगस्ट १७ तारिखसम्ममै अफ्रिकाभर दस लाख जनामा को’रोना सं’क्रमण र २५ हजारभन्दा बढीको मृ’त्यु भएको देखाइसकेको छ। वर्ल्डोमिटरका अनुसार भारतमा मात्रै को’रोनाका कारण ६८ हजारभन्दा बढीको मृ’त्यु भइसकेको देखिँदैछ। यी दुवै स्थानमा मृ’त्युको यकिन संख्या अझ बढी हुनसक्छ। म’हामारीले ग्र’सित विकासशील राष्ट्रहरूमा को’रोना भा’इरस मात्र मृ’त्युको एउटै मुख्य कारण हुन सक्दैन। गेट्सकै अनुमान अनुसार दसौं लाख संख्यामा हुने यो मृ’त्युको तथ्यांकमा सोझै को’रोना मात्र कारण नभई यसले पार्ने विभिन्न प्रभाव समेत जोडिनेछ। यो मृ’त्युमध्ये ९० प्रतिशत कारण अप्रत्यक्ष रहने उनी बताउँछन्।

लकडाउनहरूले सर्वसाधारणलाई अन्य रो’गका लागि आवश्यक औषधि तथा रो’गनि’रोधी खुराकको जोहोमा कमी ल्याउनेछ। औ’लो र ए’चआ’इभी जस्ता रो’गका कारण मृ’त्युदर बढ्नेछ। कृषि उत्पादनको घट्दो क्रमले भो’क विस्तार गर्नेछ भने शिक्षाको दरमा गि’रावट आउनेछ। एकातिर ग’रिबीवि’रुद्ध लडाइँमा मोर्चाब’न्दी कस्दै गर्दा अर्कोतिर त्यसै क्षेत्रमा दशक लगाएर आर्जन गरेको उपलब्धि यो भा’इरसले ध्व’स्त पारिदिने सम्भावना छ। यस्तो अवस्थामा जो’खिमको मात्रा घटाउन गरिब मुलुकका निम्ति खोप किनेर सहयोग गरिदिन गेट्स धनी मुलुकहरूसँग आह्वान गरिरहेका छन्।

यति मात्रले पनि दायित्व पूरा हुँदैन। यदि केही मुलुक रो’गको खानीका रूपमा रहिरह्यो भने त्यसले अन्य मुलुकलाई पनि सारिदिने खत’रा रहिरहन्छ। खोप उत्पादनको लागतदेखि अनुसन्धानसम्मको हिसाब गरेर यदि धनी मुलुकमा भ्याक्सिन मूल्य बढी तोक्न सकियो भने त्यसको लाभमा गरिब मुलुकतर्फ निकासी गरिने खोप तुलनात्मक हिसाबले अलि कम दरमा पठाउन पनि सकिन्छ। विशेषगरी दसदेखि बाह्र अर्ब डलरसम्म लगाएर एकमुष्ठ खरिद गर्दा यस्तो नीति अपनाउन सकिन्छ। यत्रो पैसा लगाएर किन्ने काम अमेरिकाबाटै हुने उनी देख्छन् जसले विश्वभरमै खोप अनुसन्धान र विकास क्षेत्रमा ८० प्रतिशत लगानी पनि गरिरहेको छ।

अमेरिकाको संसदले आगामी खर्चसम्बन्धी पूरक विधेयकमार्फत् गरिब मुलुकलाई खोप किन्न सहयोगको प्रतिज्ञा गर्नेछ भन्ने विश्वास पनि उनले लिएका छन्। तर, यो साकार हुन्छ वा हुँदैन भन्ने कुरा राजनीतिले नै निर्धारण गर्नेछ। सहयोगको आगामी प्याकेजसम्बन्धी संसदमा सहमति जुटाउन नसकेकै कारण यस्ता मामिला अमेरिकामा हप्तौंदेखि अनिर्णयको ब’न्दी बनेका छन्। मुलुकको तीव्र राजनीतिक ध्रुवीकरणकै कारण यो भा’इरसवि’रुद्ध लडाइँ झनै जटिल हुँदै गइरहेको छ। जसले अन्य मुलुकलाई उनीहरूले सामना नगरेको सं’कट पनि भिराउने काम गरिरहेको छ।

यति बेला संसारका अरू मुलुकलेजस्तै अमेरिकाले पनि केबल ‘मास्क लगाऊ’ भन्ने एकोहोरो राजनीतिक वक्तव्य सार्वजनिक गरिरहेको छ। विज्ञहरूको सुझाव लिने र त्यसको पालना गर्ने काम भएको छैन। अगामी नोभेम्बरमा हुन गइरहेको चुनावले मुलुकको शीर्ष भूमिकामा कसलाई राख्ने भन्ने निर्धारण गर्न गइरहेको अवस्थाबीच को’रोनावि’रुद्धको काम नगरी बस्न मिल्ने खालको नरहेको गेट्स उल्लेख गर्छन्। एकपटक आममानिसको विश्वास टुटेपछि र साझेदारीका विषयमा पनि लाभहा’नीका हिसाबकिताब गर्ने नीति चल्न थालेपछि फेरि विपरीत मार्ग समात्न क’ठिन हुने पक्का छ।

गेट्सलाई त कसैगरी जो बाइडेन राष्ट्रपति भइदिए डोनाल्ड ट्रम्पका समर्थकले मास्क नलगाएरै हिँड्नुलाई वि’रोध र आ’क्रोश प्रदर्शनको माध्यम ठानिदेलान् भन्ने लाग्न थालेको छ। अमेरिकामा यति बेला नेतृत्व अभावले पनि मुलुक र सिमाना बाहिर पनि म’हामारीवि’रुद्ध ल’डाइँ जटिल बनेको छ। संसारकै शक्तिराष्ट्र अमेरिकाले यस्तो म’हामारी बेला जनस्वास्थ्यका फाँटमा विश्वव्यापी प्रयासको नेतृत्व लिन लामो समय लगाएको थियो। यो यस्तो अत्यावश्यक पहल थियो जसको अ’भावमा सर्वसम्मति जुट्नै सक्दैन थियो।

त्यो मात्र होइन, यसको अभावमा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा बहुपक्षीय तथा अन्तर्राष्ट्रिय सहयोगका मञ्चहरूबाट बाहिरिन धेरै मुलुकलाई सहज पारिदिन्थ्यो। को’रोनाले विश्वभर सरकारहरूको राजस्व संकलनमा न’राम्रो अ’सर पारिरहेका बेला यदि त्यो उल्टो कदम धनी राष्ट्रले चालिदिएको भए अत्यन्त प्रतिकूल परिस्थिति पैदा हुने थियो। जब राज्यको कोष खाली हुँदै जान्छ त्यति बेला दाता वा सहयोग प्राप्त गर्नेबीच जतिसुकै सौहार्दता वा स्वा’र्थ भए पनि सहयोग गर्नेको उदारतामा कमी त आउँछ नै।

त्यसैगरी खोप भएरै मात्र पनि सबै स’मस्या समाधान हुने होइन, मानिसले त्यो खोप लगाइदिनु पनि पर्छ। र, यो मामिलामा पनि अमेरिकीहरू अलि ज्या’द्रा नै छन्। भर्खरै गरिएको एउटा सर्वेक्षणले अमेरिकी सरकारबाट मान्यता प्राप्त खोप सित्तैमा लगाउन थालियो भने पनि तीन अमेरिकीमध्ये एक जनाले अ’स्विकार गरिदिने परिणाम देखाएको थियो। यस विषयमा सकारात्मक समाचार पनि छ। गेट्सकै अनुसार भर्खरै गरिएको अनुसन्धानबाट पहिलेदेखि नै प्रचलनमा रहेका खोपमार्फत पनि प्रतिरक्षाको उपाय अपनाउन सकिने देखिएको छ। अन्य रो’गमाजस्तो यो सं’क्रामक पनि देखिएको छैन।

पछिल्लो समय गरिएको सबभन्दा भरपर्दो गणनाअनुसार विश्वभर यो म’हामारी साम्य पार्न ३० देखि ६० प्रतिशतलाई प्रभावकारी तवरले खोप उपलब्ध गराए पुग्छ। ‘सौभाग्यवश यो दा’दुराजस्तो स’मस्या होइन जसका लागि ९० प्रतिशतभन्दा बढीलाई भ्याक्सिन लगाउनै परोस्,’ गेट्स भन्छन्। सन् २००० मा गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी पदबाट रा’जीनामा दिएपछि ‘गाभी’ (गरिब मुलुकमा खोप उपलब्ध गराउनका निम्ति विश्वव्यापी प्रयास) को थालनी गेट्स फाउन्डेसनबाटै गरेका थिए। त्यसपछिको संलग्नताकै कारण पो’लियो र दा’दुराका निम्ति विशेषगरी गरिब राष्ट्रमा कसरी समान वितरणको उपाय अपनाउनु पर्छ भन्ने विषयमा उनले विशेषज्ञता नै हासिल गरेका छन्।

अनि यो विषयमा गेट्सको दृष्टिकोण पनि तुलनात्मक रूपले सबभन्दा सकारात्मक छ। उनलाई विश्वास छ, आजसम्म बनेका खोपमध्ये सबभन्दा चाँडै को’रोनाकै भ्याक्सिन बन्नेछ। तयार भएर वितरणका निम्ति आफूले सोचेकै समयमा आएछ भने बजारमा आजसम्म आएका खोपमध्ये यो सबभन्दा तीव्र हुने उनको अनुमान छ। यो लक्ष्य हासिल गर्न यति बेला विश्व तम्तयार छ। संसारभर १ सय ५० भन्दा बढी खोप धमाधम विकास भइरहेका छन्। त्यसमध्ये छ वटा त अन्तिम अनि व्यापक रूपले ‘क्लिनिकल ट्रायल’ का चरणमा पुगिसकेका छन्। यो उद्देश्यका निम्ति गेट्सले अहिल्यै करोडौं डलर सहयोग गरिसकेका छन्।

उनी अझ बढी सहयोग गर्न तयार छन्। तर, निजी क्षेत्रले गर्न सक्ने सहयोगको एउटा मात्रा हुन्छ, त्यसैले सरकारहरूले नै यस्तो कुरामा अग्रता देखाउनु पर्ने उनी सोच्छन्। ‘एक त वितरणका निम्ति स्वास्थ्यसेवाका पूर्वाधारहरू सरकारसँगै हुन्छ,’ उनी भन्छन्, ‘अर्कोतर्फ उनीहरूले आफ्ना जनताबाट सहयोग र विश्वास पनि आर्जन गर्नुपर्ने हुन्छ।’ अहिलेसम्म अमेरिकी सरकारले खोप निर्माण तथा वितरणका निम्ति दस अर्ब डलरको मात्र प्रतिज्ञा गरेको छ। त्यति पैसा अझै पर्याप्त नभएको उनको ठहर छ।

( यो लेख दि इकोनोमिस्टबाट भावानुवाद गरेका हौं।)