Logo

शुबास कुथुमी राईको डेब्यु गितको म्युजिक भिडियो सार्बजनिक


२०७७-भाद्र-१९

काठमाण्डौ- नवगायक शुबास किथुमी राईको डेब्यु एल्बम “अनङ्वा पुङ्चिखा” (New beginning) भित्रको बैंसालु तिम्रो जोवनले लठ्ठै पार्‍यो बोलको गित आज सार्बजनिक भएको छ।

आफ्नै शब्द, सङ्गीत र स्वर रहेको उक्त गितको एरेन्ज र मिक्सिङ पनि गायक सोयंले नै गरेका हुन। Xenex Miedia Nepal नामको आफ्नै युटुब च्यानल बाट सार्बजनिक भएको उक्त लोक पप गित स्टुडियो भर्शनको भिडियो सहित आज सार्बजनिक भएको हो।

उक्त भिडियो मोहन कुमार झिल्लुले  खिचेका हुन भने भिडियो एडिटिङ अनिल कुमार महर्जनले गरेका छन ।  स्टुडियो एक्सनमा खिचेको यो भिडियोमा बाँसुरिबाधक सोयं रत्न बिकले पनि गायकलाई भिडियोमा साथ दिएका छन। गायक शुबास कुथुमिको पहिलो डेब्यु गित भएपनी उनी साङ्गितिक क्षेत्रको नयाँ मान्छे भने होईनन।

अग्रज श्रष्ठा हरुको सयौं गित रेकर्ड गरिसकेका एक अनुभबी रेकर्डिष्ट मात्र नभएर उनी संङ्गितको एक असल विद्यार्थी समेत भएकोले पनि यो गितको शब्द सङ्गीत र स्वरमा निक्कै राम्रो निखार पन देखिन्छ। त्यसैले नेपाली साङ्गितिक दुनियाले आज एउटा राम्रो गित र एक असल गायक पनि पाएको छ।

एक्सन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गित माया र प्रेम लाई नै मुख्य बिषय बस्तु बनाएर बनेको गित भएको हुनाले यो गितलाई बिशेष युबा पुस्ताले मन पराईदिने कुरामा आफू बिष्वस्त रहेको कुरा गायक राईले मुन्धुम स्टार डटकम लाई बताए।

म्युजिक भिडियोको लिङ्क तल

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्