Logo

अर्गानिक गित ‘सुङ्गुरे माया’ बोलको म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ – ‘सुङ्गुरे माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सयौ गीतहरु लेखेर सार्वजनिक गरिसकेका गीतकार गोपालचन्द्र राईको यो गीतमा चर्चित गायक रुपकुमार राईको स्वर, तोरेम्पा हाङको सङ्गीत र फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ । पूर्वेली भाकामा रहेको गीतको मिक्सिङ्ग थ्रीडी साउण्ड इन्जिनियर मिन विष्टले गरेका छन् ।

भिडियोमा चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)का साथै सुरेन्द्र केसी (मुलाको साग) र अन्जली अधिकारीको अभिनय रहेको छ भने नवराज उप्रेतीको नृत्य निर्देशनमा चर्चित नृत्य निर्देशक कमल राई र सम्पादन मनोज कार्कीले गरेका छन् ।

‘नभुल्नु भन्छन् नुनको पैँचो, तिर्नु रे नुनैले
नतोड्नु भन्छन् बैगुनी मनलाई, मार्नु रे गुनैले’

चर्चित गायक रूप कुमार राईको स्वर रहेको यो गीतमा बैसोको बेला परेवाको जस्तै जोडी र ढुकुरको जस्तो माया हुन्छ भने पनि गरिबीपन र पछ्यौटेपनको कारण धेरै सन्तानहरू हुने तर आर्थिक अभाव भएको कारण झर्को फर्को गर्ने मायालाई ‘सुङ्गुरे माया’को संज्ञा दिएको गीतकार राईले बताएका छन् । गीतकार राई नेपाल आयल निगम कर्मचारी सङ्घको आधिकारिक ट्रेड युनियनका वर्तमान अध्यक्ष समेत हुन् ।

६०० भन्दा बढि गीतहरुमा आफ्नो स्वर प्रस्तुत गरिसकेका गायक रुपकुमार राईको यो भन्दा अगाडि पनि “राम साईली “जस्ता धेरै गीतहरु सुपर हिट भइसकेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्