एक फ्ल्याटमा भेटियो ५ बालबालिकाको श’व

पश्चिमी जर्मनीको सोलिन्जेन शहरको एक फ्ल्याटमा पाँच जना बालबालिका मृ’त फेला परेका छन्। प्रहरीले घ’टनामा आफूहरूलाई ती बालबालिकाकी २७ वर्षीया आमामाथि शं’का भएको बताएको छ। प्रहरीका अनुसार मृ’तक बालबालिकाकी ती आमाले घ’टनापछि नजिकैको रेल स्टेशनमा आ’त्मह’त्या गर्ने प्रयास गरेकी थिइन्। बिबिसीमा प्रकाशित समाचारका अनुसार बालबालिकाको मृ’त्युको कारण स्पष्ट भएको छैन। स्थानिय समय अनुसार दिउँसो १ बजेर ४५ मिनेट आ’पतकालिन सेवालाई घ’टनाको जानकारी प्राप्त भएको थियो।
घ’टनाका बारेमा घ’टनास्थलबाट ६० किलोमिटरको दूरी बस्ने ती बालबालिकाकी हजुरआमाले प्रहरीलाई सूचित गरेको थिइन्। मृ’त्यु हुने ३ बालिका र दुई बालक रहेका छन्। उनीहरूको उमेर १ वर्ष देखि ८ वर्षको बिचमा रहेको छ। घटनामा ती महिलाका ११ वर्षका छैटौं संन्तान भने ब’च्न सफल भएका छन्। प्रहरीका प्रवक्ता स्टीफनले आ’त्मह’त्याको प्रयास गरेकी ती बालबालिकाकी आमा ग’म्भीररूपमा घा’इते भएको जानकारी दिएका छन्। पत्रकारसँग कुरा गर्दै उनले प्रहरी घ’टना पछाडीको कारण खोज्ने प्रयासमा रहेको बताए। प्रहरीले मृ’तक बालबालिकाकी आमाबाट यसबारेमा सही जानकारी पत्ता लगाउन सकिने बताएको छ।
एजेन्सी ,बर्लिन