Logo

बिहान खाली पेटमा पानी पिउँदा के के फाइदा ?


मानव जीवनका लागि अत्यावश्यकिय पदार्थ हो, पानी। पानी पटक–पटक खाइरहेमा प्रायजसो रो’ग निर्मूल हुने चिकित्सकहरु बताउँछन्। अझै खाली पेटमा पानी खाएमा स्वास्थ्यलाई झनै फाइदा पुग्ने बताइन्छ।

कतिपय मानिसहरु खाली पेटमा पानी खाएर मात्रै अन्य खानेकुरा खाने गर्छन्। तर खाली पेटमा पानी खाँदा के फाइदा हुन्छ अझै धेरैलाई थाहा नहुन सक्छ। जसका फाइदाहरु यहाँ दिइएको छः

आन्द्रामा फ्लस- बिहान खाली पेटमा प्रशस्त पानी पिउनाले पेटका विकार शौचमार्फत गएर पेट सफा हुन्छ। जसले पाचन प्रणालीलाई समेत सहयोग गर्छ।
बिहान शौच नआएमा कम्तिमा दुई गिलास मनतातो पानी खाली पेट खाँदा खुलेर शौच आउँछ। हामीले जति धेरै पानी पिउँछाै‌ शरीरबाट त्यति धेरै वि’कार फाल्न सहयोग पुग्छ।

टाउको दु’ख्नबाट बचाउँछ- पर्याप्त पानी नपिउनाले बारम्बार टाउको दुख्ने स’मस्या हुन्छ। डिहाइड्रेसनको मुख्य लक्षण टाउको दु’ख्नु हो। यसकारण बिहान उठ्ने वित्तिकै पानी खाएमा यो समस्याबाट विस्तारै मुक्ति होइन्छ। यससँगै प्रसस्त पानी पिउनाले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट समेत बच्न सकिन्छ।

भोक बढाउँछ- शरीरका लागि नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर कतिपयलाई भोक नै नालाग्ने स’मस्या हुन्छ। त्यसैले, भोक जगाउन खाली पेट पानी पिउनु उत्तम उपाय हो। बिहान उठ्ने बित्तिकै खाली पेटमा दुई गिलास मनतातो पानी पिएमा भोक लागिरहन्छ।

कोलोन सफा गर्छ- एक गिलास पानी खाली पेटमा खाएमा कोलोन (पेटमा रहेका विकार) सफा हुन्छ।  कोलोनमा जम्मा भएको लेदो र वि’कार सफा हुन्छ। कोलोन सफा भएपछि शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न समेत सहज हुन्छ। कोलोन सफा भए पुरै शरीर नै स्वस्थ हुन्छ।

छालामा चमक आउँछ- खाली पेट प्रशस्त पानी पिउँदा अनुहारको चमक बढ्छ। शरीरमा जति बढी विकार तत्व हुन्छ त्यति नै अनुहारको छाला नराम्रो देखिन्छ।
तर, हामीले प्रशस्त मात्रामा पानी पिउँदा शरीरको विकार हट्छ र अनुहारमा चमक आउँछ।

मेटाबोलिजमलाई तीब्र पार्छ- डाइटिङ गर्ने व्यक्तिले पनि खाली पेट पानी खानु राम्रो हो। पानी पिउँदा न्यूनतम २४ प्रतिशतले मेटाबोलिजमलाई वृद्धि गर्छ। जसको अर्थ हामीले चाडो र प्रभावकारी रुपमा खाना पचाउन सक्छौं। यसले छोटो समयमा नै तौल घट्न सहयोग पुग्छ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ- शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पानी अत्यावश्यकिय तरल पदार्थ हो। दैनिक खाली पेटमा पानी पिउँदा रो’ग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा हामीलाई रो’ग लाग्ने सम्भावना कम हुन्छ।

उर्जा बढाउँछ- बिहान खाली पेटमा एक गिलास पानी पिएमा हाम्रो अल्छिपना हराउँछ। किनकि त्यो समयमा रगतका रक्त कोषिकालाई चाँडो बढ्न मद्दत पुग्छ। जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति धेरै शरीरमा अक्सिजन प्रवाह हुन्छ र एक प्रकारको उर्जा मिल्छ।

एजेन्सीकाे सहयाेगमा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्