Logo

‘म फ’रार भएको भनी गरिएका प्रचारहरू ग’लत हुन्,: विजयप्रकाश मिश्र


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घु’स ‘बार्गेनिङ’ गरेको अडियो बाहिर ल्याएका विजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन्। मिश्रले बुधबार विज्ञप्ति जारी गरी अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोगबाट उक्त प्रकरणमा सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन आफू जापान आएको बताएका हुन्। ‘म फ’रार भएको भनी गरिएका प्रचारहरू ग’लत हुन्, अ’ख्तियारको पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अ’ख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन म आएको हुँ।

नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भा’गेर जापान गयो भनी प्रचार गरियो,’ उनले विज्ञप्तिमा भनेका छन्। बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घु’स मागेको अडियो गत जेठमा सार्वजनिक भएको थियो। अडियो सार्वजनिकसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए। अ’ख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रको नाममा बुधबार नै सात दिने सूचना जारी गरेको छ।

कुनै पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण भ्र’ष्टाचारजस्तो राज्यवि’रुद्धको अ’पराधबाट उम्कन सक्दैन भन्दै मिश्रले भनेका छन्, ‘सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आ’क्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको का’लरा’त्रिन चरित्र हो।’ उनले आफूलाई भाग्यो भनेर आ’रोप लगाउनु न्यायलाई वि’चलित पार्न, अनुसन्धानलाई फितलो बनाउन, जनताको ध्यान अन्यत्रै मोड्न गरिएको प्रो’पोगान्डा भएको दाबी गरेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा बाहिर आउन बाँकी कुराहरू अझै गर्भमा दबिएर बसेका छन्, यी सबै प्रमाणहरू अ’ख्तियारसमक्ष पेश गरिने छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। कसैको द’बाब वा कुरा सुनेर आफू नबहकिने पनि मिश्रले बताएका छन्। ‘एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थाहा छ,’ मिश्रले भनेका छन्, ‘जस्तोसुकै दु:ख कष्टमा पनि बाटो नबिराई आफ्नो कर्तव्य पालना गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु।’

हेर्नुहोस् विज्ञप्ति

‘म फ’रार भएको भनी गरिएका प्रचारहरू ग’लत हुन्,: विजयप्रकाश मिश्र
‘म फ’रार भएको भनी गरिएका प्रचारहरू ग’लत हुन्,: विजयप्रकाश मिश्र

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्