Logo

सयजना सां’सदलाई मा’फी दिदै राष्ट्रपति निकोलस मदुरो


भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ मा’फी दिएको घोषणा गरेको सरकारले मङ्गलबार जानकारी गराएको छ। माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन्।

राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएको छ तर राष्ट्रपतिको वि’रुद्धमा लागेको अ’भियोगमा जे’ल परेका व्यक्तिलाई जे’लमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ। मरेरो सन् २०१९ को मार्चमा प’क्राउ परेका थिए। उनी तथा प’क्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आ’तंकवादी समूह’ को ह’मला गर्ने योजनाको हिस्सा भएको आ’रोप लगाइएको थियो। माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वा’इदो भने हुनुहुन्न। तर उनका धेरै मु’द्दाहरूलाई केही खुकुलो गरिएको छ ।

माफीका लागि सार्वजनिक ११० व्यक्तिको सूचिमा वि’पक्षी सभासद् फ्रेडी ग्वेभेरा पनि छिन्। उनी सन् २०१७ मा राष्ट्रपतिवि’रूद्ध गरिएको आ’न्दोलनमा १२५ नागरिकको मृ’त्यु भएपछि राजधानी का’राकासस्थित भेनेजुयलाका लागि चिलीको दूतावासमा शरण लिन पुगेकी थिइन्। ग्वेभेराले सत्ता वि’रोधी अभियानमा सम्लग्न भएको आ’भियोगमा सुनुवाइका क्रममा आफूले स्वतन्त्रताका लागि आ’न्दोलनको पक्षमा समर्थन गरेको तर देश छोडेर अन्यत्र श’रण लिन नजाने बताएको सर्वोच्च अ’दालतले जनाएको छ।

माफी पाउनेहरूमध्ये सबैभन्दा पुरानो ‘डेमोक्र्याटिक एक्शन पार्टी’का प्रमुख हेनरी रामोस अल्लप पनि छन्। यसबाहेक स’जायँ मिनाहका लागि राष्ट्रपतिद्वारा सिफारिस व्यक्तिहरूमा निर्वासनमा रहेका विपक्षी सांसदहरूसहित जटिल प्रकृतिका न्यायिक मु’द्दा लागेका व्यक्तिहरूसमेत समावेश भएको उल्लेख गरिएको छ। यसैबीच माफीबारे वि’पक्षी नेता ग्वाइदोको अभियानमा सहभागी भएका कारण निर्वासनमा रहेका एक सांसद अमेरिको दे ग्राजियाले ‘मदुरो न त राष्ट्रपति हुन्, न त आफू एक अ’पराधी’ भनी प्रतिक्रिया जनाएका छन्।

उनले भने, ‘यदि तपाइँ (मदुरो) भेनेजुएलामा शान्तिको लागि योगदान गर्न चाहानुहुन्छ भने देशलाई शक्तिको क’ब्जाबाट स्वतन्त्र गर्नुहोस्, हाम्रो जनतामा त्रा’सदी आइपर्दाको व्यवहारलाई छोड्नुहोस्  अनि मात्र हामी तपाईंलाई धन्यवाद ज्ञापन गर्नेछौँ।’ वि’पक्षी समूहले मदुरोलाई सन् २०१८ को पुनः निर्वाचनमा सत्ताको बलमा आफूलाई विजय घोषणा गरेको आ’रोप लगाउने गरेका छन्। अमेरिकी एक सर्वेक्षणले निर्वाचनमा व्यापक धाँ’धली भएको रिपोर्ट दिएको थियो। सन् २०१९ को जनवरीमा ग्वाइदोले मदुरोलाई राष्ट्रपतिको जिम्मेवारीका लागि अ’ख्तियार नभएको भन्दै आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका थिए। यसलाई अमेरिका र अमेरिकाका सहयोगी करिब ५० राष्ट्रहरूले समर्थन जनाएका थिए भने रूस, चीनलगायतका देशहरूले मदुरोको समर्थन गरेका थिए।

एजेन्सी ,काराकास

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्