गायिका तायाहाङ्मा राईको स्वरमा ‘सफलता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यको संगीत रहेको गीतमा प्रताप दिलुङ्छा राईको शब्द रहेको छ । यस गीतलाई चर्चित एरेञ्जर गोपाल रसाइलीले एरेञ्ज गरेका छन् ।

यस गीतको म्युजिक भिडियो दिनेश माङमु लिम्बुले निर्देशन गरेका छन् । बुद्ध थापाको छायाँकन तथा प्रकाश एस.के. को सम्पादन रहेको भिडियोमा अनुसा राई र कमल सिंहले मोड्लिङ गरेका छन् ।