Logo

‘बुढापेस्टकी बे’श्या’ कथा – भिम राई


बुखारेस्ट देखि छुटेको रेल साँझपख बुढापेस्टमा पुगेर रोकियो । रेलमा म एक्लै यात्रा गरि रहेको थिए । बुढापेस्ट पुगेर अग्रिम आरक्षण गरेको फोर सिजन होटलमा मैले आरामदायि रात बिताए । भोलि दिनभरि ‘सेचेन्यि थर्मल बाथ’ मा पौडि खेलि रहे । सुर्यास्त पछि फर्केर कोठामा पस्दै गर्दा किरिङ किरिङ फोनको घन्टी बजि रहेको अचानक मेरो कानमा पर्यो । फोनको नजिकै पुगेर रिसिभर उठाउदै ‘हेल्लो,’ भने ।

“महाशय ! रिसेप्सनबाट ईभा बोल्दैछु । एक जना बिस बर्षे का’मुक युबती छिन । यदि मर्जि भए उनी रातभरि हजुरको सेवाको लागि हाजिर हुने छिन् ।”

उनको त्यस्तो कुरो सुनेर मलाई थोरै आश्चर्य लाग्यो अनि फ्यास्सै मुस्कान छाडे । तर मन भित्र भित्रै हल्का डर उत्पन्न भयो । भर्खर भर्खरै बिसौ बशन्त पार गरेको थिए । र, त्यतिबेलासम्म छोरी मान्छे सँग सँगै सुतेको मेरो अनुभव थिएन । त्यसैले अल्प स्वरमा प्रतिउत्तर दिदै बोले ।

“म अहिले थोरै ब्यस्त छु, केहि समय पछि फोन गर्नोस है ?” त्यति भनेर खन्द्रङ्गै फोन राखि दिए ।

सेप्टेम्बर महिनाको एउटा निष्ठुरि बेलुकि थियो । बुढापेस्टको समय नौ बजि सकेको हुनुपर्छ । होटलको पाँचौ तलामा अबस्थित सुनसान कोठामा म एक्लै थिए । र, सानो स्वरमा बिबिसि टेलिभिजन आफ्नै धुनमा भुन भुनाई रहेको थियो । मैले समाचार प्रति त्यति बिघ्न ध्यान दिई रहेको थिईन । तर फोन राखेपछि तिनै कोईलीको जस्तो सुरिलो स्वरकी धनि ईभालाई सम्झदै सम्झदै झ्यालको नजिक पुगेर पर्दालाई सरर ताने । त्यसपछि निरस मुद्रामा झ्याल देखि बाहिर देखिएको दृश्य अबलोकन गर्न थाले ।

कोठाको सिधै अगाडि ड्यानुब नदी आफ्नै गतिमा अबिरल बहि रहेको थियो । नदीको पानीलाई नियन्त्रण गर्ने दायाँ बायाँ भिमकाया देवलहरु थिए । देवलको अन्त र सडकको किनार भेट भएका स्थानमा लहरै बृक्षरोपण गरिएका थिए । बेलुकि पखको शुशिल बतासले हल्लिएको तिनै बृक्षका पातहरुको छायाँ नदीको बक्षस्थल माथि सिंगौरी खेलेर उखरमौलो जात्रा देखाई रहेका अशल दृश्य देख्न सकिन्थ्यो । सन्ध्या कालिन बत्तिको प्रकाशले नदीमा भएका डुँगाहरुको आकर्षक प्रतिबिम्ब पानीको गति सँग सँगै हल्लि रहेको कोठाबाट झन स्पष्ट देखि रहेका थिए ।

ड्यानुब नदीको बायाँ तिर बुढा अनि दायाँ तिर पेस्ट दुई सहरहरु मिलेर बनेको बुढापेस्ट हङ्गेरिको राजधानिमा मैले दोश्रो रात बिताउदै थिए ।

किरिङ….किरिङ…. दोश्रो चोटि फोन बज्न थाल्यो । त्यसरि फोन बज्न थालेपछि मैले एक झलक फोन तर्फ हेरेर फिस्सै मुस्कान छाडे । हृदय भित्र बाट बहकिदै निस्केको त्राशले मेरो अनुहार लाल बर्णमा परिणत हुदै गरेको महसुस हुन थाल्यो । फोनको घण्टि केहि बेरसम्म बजि रह्यो । आ….जे सुकै मरोस है भनेर म लुसुलुसु शौचालाय भित्र छिरे । र, फोनले मेरो अनुहारमा कतिको परिबर्तन ल्यायो होला भनेर भित्तामा भएको ऐनामा हेर्न थाले ।

फोनको घण्टि केहि बेर सम्म बजि रह्यो । त्यसपछि केहि बेरमा आफै मर्यो । तर एक छिन बिसाएको मात्रै के थियो फेरि दोहरिएर बज्न सुरु गरि हाल्यो । जब सम्म फोन उठदैन तबसम्म बजिरहने रहेछ भन्ने चाल पाएपछि म शयन कक्षा भित्र छिरे र रिसिभर उठाउदै “हेल्लो,” भने ।

“महाशय ! ईभा बोल्दैछु ।”

“हो हो, ईभा भनेर मलाई राम्रै थाहा थियो ।”

“ति युबती रसियन मोडल हुन । उनी अति रति लम्पट छिन र एक हप्ता अगाडि मात्र यस सहरमा आएकी हुन् । त्यति का’मुक मोडल सँग रात बिताउन पाउनु भयो भने मलाई मान्नोस तपाईको जिन्दगी भरको लागि एउटा अति अबिस्मरणिय रात हुनेछ ।” उनी उत्साहित हुदै प्रशन्न मुद्रामा बोलि रहिन ।

“ईभा ! ल ल धेरै बढाई चढाई गरि रहनु पर्दैन, भैगो पठाई दिनु भए हुन्छ,” त्यति भनेर मैले फोन राखी दिए ।

म्यानचेस्टर युनिभर्सिटिमा राजनीति शास्त्रको दोश्रो बर्षको बिधार्थि थिए । त्यसैले पुर्वि युरोपमा साम्यबादि शासन किन अफापशिध्द रह्यो भनेर पुर्व कम्युनिष्ट राष्ट्रहरुको यात्रामा निस्केका थिए । सबैभन्दा पहिले म लेक भेलेन्साको गाउ गाडन्स्क, पोल्याण्ड पुगेको थिए । गाडन्स्कमा जन्मेका यिनै महामानबले पुर्वि युरोपको कम्युनिष्ट शासन कहिले नफर्किने हुरिले झै सोहर पटार बढारि दिएका थिए । त्यसपछि मैले क्रमशः वार्सा, सोफिया, बेलग्रेड र बुखारेस्टको यात्रा गरे । त्यतिबेला सम्म कुनै पनि होटलमा मैले सुत्ने साथि फेला पारेका थिईन । तर बुढापेस्टमा चाँही यो के भएको होला भनेर चिउडोमा हात राखेर एक छिन टोलाई रहे ।

टक….टक….ढोका बाट आवाज आयो ।

“एक मिनेट,” भन्दै ढोका खोल्न पुगे ।

ढोका बाहिर एउटी युबती ठिङ्ग उभिरहेकी थिईन । उनलाई देखेपछि म थोरै शर्मशिल बने । उनको सुन्दरताको बयान गरेर साध्य थिएन त्यसैले मन्त्रमुग्ध भएर उनलाई एकोहोरो हेरि रहे ।

“के म कोठा भित्र आउनु सक्छु ?” सबैभन्दा पहिले उनैले मुख खोलिन ।

“जरुर सक्नु हुन्छ । तपाई लाई कोठामा हार्दिक स्वागत छ ।” एक हातले ढोका समाति रहेको थिए र अर्को हातले आदरको साथ भित्र पस्ने शँकेत गरे ।

ट्याक ट्याक बुट पडकाउदै उनी कोठा भित्र पसिन । उनी भित्र पसेपछि मैले घन्द्रङ्गै ढोका बन्द गरे अनि चुकुल लगाई दिए । त्यसपछि उनलाई एक हातले बस्ने ठाँउ देखाउदै –

“कृपया ! सोफामा बस्नु होला ?” भन्दै कोठामा न्यानो स्वागत गरे ।

“तपाई लाई धेरै धेरै धन्यबाद प्रकट गर्दछु ।” प्रफुल्लित मुद्रामा आभार प्रकट गरिन र थपक्कै सोफामा बसिन ।

उनको जादुमय बोलिमा अनौठो मिठास थियो । सोफामा बसि सकेपछि उनको आकर्षक मुहार देखि पाईताला सम्म मैले मज्जाले नियालेर हेरे । सुनौला कपाल, गोलो अनुहार, कैला कैला आँखा, हृष्टपुस्ट उठेका पोटिला बक्षस्थल, छिनेकी कम्मर र कोमल हातहरुले उनी भित्र हराउन मलाई बाध्य बनायो ।

उनको शरिरमा मात्र एउटा फ्यालफ्याले जामा थियो । तर त्यति दुर्बल जामाको बिट घुँडा भन्दा माथि माथि नै मरि सकेका थिए । अझै भनौ जामाको माथिल्लो भागको दुई वटा टाँकहरुले उहिले नै स्वस्थान छाडेका देखिन्थे । तिनै टाँकहरु लगाउन बिर्सिएका हुन् वा चाहेर खोलिएका हुन् भनेर म केहि बेर दुविधामा परि रहे ।

बुढापेस्टको सुर्यास्त पछि ढल्कदै ढल्कदै आएको एउटा स्वर्णिम रात थियो । तिनै रातमा जिन्दगीको पहिलो चोटि बैशालु युबतीको अगाडि सर्बाङ्ग नाँ’गो भु’तुङ्गो हुदै थिए । त्यसैले मेरा शरिर हल्का कापि रहेका थिए । मेरो भित्रि बश्त्रलाई उनले सुस्तरि खोलेर बिदा गरि पठाउदा मेरो मुटु टुक्रिएको अनुभुति भयो । त्यसैले सरम ढाक्न म हत्तपत्त पानी भित्र पसि हाले ।

खैरो गुस्सिको हाते झोला र त्यँही रङ्गको घुँडा सम्म आउने छालाका बुटमा सजिएकी उनी हलिवुडको नायिकाहरु भन्दा कमि देखिएकी थिईनन् । त्यति उत्कृष्ट नारीरत्नसँग रात कटाउने साथि पाउदा मैले ईभालाई मनमनै कृतज्ञाता प्रकट गरे ।

कोठाको परिवेष सुनसान रह्यो । लामो समय सम्म हामी एक अर्कालाई अमुक बि’षालु नजरले हानाहान गरि रह्यौ । त्यसपछि कोठाको शुन्यतालाई भङ्ग गर्दै म आफै बोल्न थाले ।

“के पिउनु हुन्छ ? वाइन वा ह्विस्की ? तर सेम्पेन हो भने सराब खाना बाट मगाउन पर्छ ? खाना खानु भएको छ कि छैन ? मैले अघि भर्खरै दुर्लभ गोरुको ‘फिलेट’ खाएको थिए । त्यो फिलेट त्यति स्वादिलो थियो कि मेरो जिब्रोमा नै बिलायो । मैले त्यसको जति तारिफ गरे पनि कमि नै हुनेछ । त्यो फिलेटले मेरो बर्षौ भरि पालेको कोबे छैटौ तहको तिर्सना सर्लक्कै मेटाई दियो ।”

मेरो धारा बाहिक कुरो सुनेर उनले थोरै रसियन मुस्कान छाडिन र मलिन स्वरमा बोल्न थालिन ।

“हजुर ! मैले अघि नै खाना खाई सकेकी छु ।”

“ए….हो त्यसो भए के पिउनु हुन्छ त…?”

“यदि तपाई पनि पिउनु हुन्छ भने म अलिकति सेम्पेन पिउँछु है ।”

“ए….हस हस, म पनि पिई हाल्छु नि किन सुर्ता गर्नु हुन्छ ।”

म खुट्टा खप्ट्याएर पलङमा उनको ठिक सामुन्ने बसिरहेको थिए । बसेको ठाउँ देखि उठेर बिस्तारै हिडदै सिरानिको छेउमा पुगे किनभने टेलिफोन त्यँही नजिक थियो । अनि फोनको रिसिभर उठाएर रिसेप्सनमा फोन गर्न थाले ।

“हेल्लो ईभा ! कोठा नम्बर ५१० बाट बोल्दैछु ।”

“हजुर, सर के सेवा गर्न सक्छु ।”

“के हामी सँग चिसो सेम्पेन छ ?”

“सर ! हामी सँग सेम्पेन चाँही छ । तर हजुरलाई कुन चाँही सेम्पेन चाहिने हो ?”

“के डोम पेरिङ्नन् – १९९६ छ ?”

“डोम पेरिङ्नन् छ, अनि त्यसको साथमा अरु केहि पठाई दिनु पर्छ कि…?”

“पिस्टाचिवस नट्स र केहि स्ट्राबेरि पनि पठाई दिनु होला है ?”

ईभालाई सेम्पेन मगाए । फेरि हिडदै आएर पलङमा उनको ठिक अगाडि बसे । त्यसबेला सम्म उनी मौन थिईन । तै पनि मेरो सबै गतिबिधि उनले नजिकबाट नियालि रहेकी थिईन । निक्कै लामो समय सम्म केहि नबोलि बसि रहेकी हुनाले कोठा भित्रको शान्त वाताबरण लाई फेरि मैले नै भङ्ग गर्न थाले ।

“माफ गर्नु होला ? केहि समय अगाडि देखि मलाई तपाईको नाम जान्ने रहर थियो ?”

“मलाई आन्ना भन्नु भए हुन्छ । मेरो पुरै नाम आन्ना उलनोभ हो ।”

वा…आन्ना कति सुन्दर नाम रहेछ । जस्तो मानिस उस्तै नाम रहेछ । मलाई मनमनै त्यस्तो लाग्यो । तर कुन्नि किन हो, उनले मेरो चाँही नाम सोध्ने प्रयत्न पनि गरिनन् । उनले नसोधे पछि म के बाठो हुने भनेर निःशब्द बसि रहे । हामी दुवै जना शब्द बिहिन हुँदा टेलिभिजन बाट आएको छुद्र स्वर पर्खाल बाट प्रतिध्वनित भएर घरि घरि हाम्रो कान कानमा पुगि रहन्थ्यो ।

टक…टक….ढोका बाहिर बाट आवाज आयो ।

ढोका बाहिर देखी आएको आवाज सुनेर म बिस्तारै पलङ बाट उठे । हिडदै गएर ढोकाको चुकुल खोले र बाहिर हेरे । एउटा हातमा किस्ति र अर्को हातमा बाल्टिमा सेम्पेन बोकेर बेयरा उभि रहेकी थिईन । उनलाई देख्ने बितिक्कै, “कृपया भित्रै आउनोस,” एउटा हातले ढोका समातेर उनलाई स्वागत गरे ।

बेयरा कोठा भित्र पसेपछि, “महाशय ! कुन ठाउमा राखि दिउ ?” प्रश्न गरिन ।

“नजिकैको टेबल माथि राखि दिनु भए हुन्छ,” छोटो जबाफ फर्काए ।

उनले किस्ति र सेम्पेनको बाल्टि टेबल माथि राखि दिईन । अनि दाहिने तिर फर्केर आन्ना लाई मज्जाले एक नजर लगाईन त्यसपछि फिस्सै मुस्कुराईन ।

“तपाईहरुको यो रात आनन्दमय रहोस,” एउटा लाक्षणिक बाक्यले प्रहार गरिन र हामी सँग बिदा भईन ।

बेयरा कोठा बाट बिलुप्त भएपछि आन्ना कुर्सि बाट उठिन । दुई-तीन कदम बिरालो चालमा हिडदै मेरो नजिक्कै आई पुगिन । उनी आउने बित्तिक्कै दाहिने हातले मलाई गर्ल्याम्मै उनको बहुपासमा बाधिन । म सँग टासिदै गर्दा उनको जामा उभो उभो सुर्किएको मैले कर्के आँखाले नजर लगाई रहे । अचानक जामाले ठाउँ छाडेर अर्ध न’ग्न बनेका उनको सेताम्मे फिला मेरो सँग जोडिन पुग्यो । उनले प्रदर्शन गरेको त्यस्तो हर्कतले मलाई हल्का अफ्ठ्यारो महसुस भयो । तै पनि मैले उनी प्रति एक्कै शब्द खर्च गर्न चाहिन । अब उनको तृष्णा ओष्ठ आस्ते आस्ते मेरो कान नजिक आई पुग्यो र तात-तातो सास छाडदै –

“महाशय ! के सोच्दै हुनु हुन्छ ?” आकर्षक स्वरमा बोलिन ।

“आन्ना ! त्यस्तो केहि पनि छैन,” छोटो उत्तर फर्काए ।

“के तपाई लाई रसियन स्नान थाहा छ ?” फेरि उनको नरम गाला मेरो सँग जोडन खोजिन र मुख खोलिन ।

“अह ! मलाई केहि थाहा छैन,” हास्दै जबाफ फर्काए ।

“यदि तपाई रसियन स्नान मन पराउनु हुन्छ भने आज राती हामी रसियन स्नान गर्न सक्छौ ?” त्यति भनेर मेरो दाहिने हातको औलाहरु सुम सुम्याउन थालिन ।

मैले टाउको हल्लाएर स्विकारोक्त्ति जनाए । निःशब्द दिएको उत्तरले उनी खुशि हुदै मेरो गालाको दुवै पट्टि च्वा…च्वा… चुम्मा गरिन । अनि स्नान गर्ने ठाउँमा पानी तैयार गर्न जान्छु है भन्दै शौचालय भित्र पसिन ।

मैले मन पराउछु भनि हाले । तर रसियन स्नान कस्तो होला के होला भन्दै थोरै शसङ्कित बने । मन भित्र खुलदुलिका तरङ्गहरु उत्पन्न भै रहे । इस्तानबुलमा टर्किस बाथ लिदा खाएको कुटाईले एक हप्ता शरिर दुखेको अग्रिम अनुभव थियो । त्यतिबेला रसियन स्नानले तिनै खाटा बसि सकेको अतितको तितो याद लाई झन बल्झाई दियो । तै पनि धैर्यको औषधि खाएर केहि बेर चुपचाप बसि रहे । तर आन्नाले के के गर्ने होली भनेर जान्नको लागि ध्यान दिएर शयन कक्षा देखी उनलाई निरन्तर हेरि रहे ।

उनले पहिले किस्तिका गिलासहरु उठाईन र स्नान कोठा भित्र लगिन । बरफ बाल्टिमा रहेको सेम्पेन बाथ ट्युबको नजिकै लगेर राखिन । तातो र चिसो पानीको दुवै धारो धरर खोलेर बाथ ट्युबमा भर्न थालिन । पानीको आवाज सँग सँगै झिनो स्वरमा रसियन गित गाउदै गाउदै हातले छोएर पानी मिलाउन थालिन । ल्याभेन्डरको जेल पानीमा मिश्रण गरिन । पानी ट्युबमा भरिए पछि फिजै फिजँको सानो पौडी पोखरि जस्तै बनाईन । तिनै फिजँ माथि नजिकै रहेको अत्तर छ्यास छ्यास छर्किन । अमृत फलबाट बनेको सेम्पो नजिकै राखिन । पर कुनामा सजाएर राखेको दुई थुँगा गुलाफको फूललाई टिपेर ल्याईन र चुटाउदै चुटाउदै पानी माथि हाल्न थालिन । ति मसिना मसिना राता फूलका पातहरु फिजँ माथि तैरिएर झनै आकर्षक बनाईन ।

आलुबखडा बाट बनेको बास्नादार मैन बत्तिहरु जलाएर ट्युबको दायाँ बायाँ राखिन । अनि भित्तामा बलिरहेका सबै बत्तिहरु क्रमै सँग निभाईन । सौचालयमा चिप्लिएर लडिएला कि भनेर सानो तौलिया लाई भुईमा बिछ्याईन । पिस्टाचिवस नट्स र स्ट्राबेरिहरु पानी सँग भिज्छ भनेर धारा देखि अलिकति टाढा सारिन ।

“कृपया ! अब भित्र आउनु भए हुन्छ ?” म तिर फर्केर सानो स्वरमा मलाई अनुरोध गरिन ।

मलाई कता कता सरम लागि रहेको थियो । तै पनि हप्तौ देखि शिकारको खोजिमा निस्केको जँगलको शिहँ झै शाहसको साथ स्नान कक्षा भित्र पसे ।

“सेम्पेन तपाई आफै खोल्नु होस है ?” भन्दै वरफ बाल्टि बाट सेम्पेन निकालेर म भित्र पस्ने बितिक्कै टक्र्याईन ।

“ए…भै हाल्छ,” सेम्पेन पक्रदै उत्तर फर्काए ।

सेम्पेन मेरो हातमा पर्यो । मैले टुङ्ग आवाज निकाल्दै सेम्पेन लाई खोले । त्यसपछि दुई वटा गिलासमा भरि भरि सारे । एउटा गिलास उनलाई दिए र अर्को चाँही म आफैले पक्रि रहे । उनी तयार भएपछि गिलास जुधाएर ठाङठुङ आवाज निकाल्दै चियर्स गर्यौ । बाँकी रहेका सेम्पेन टेबल माथि राख्यौ । त्यसपछि भुईमा बिछ्याईएको तौलिया तर्फ देखाउदै –

“कृपया ! तपाई तौलिया माथि उभिनु होस है,” मलिन स्वरमा मलाई प्रस्ताब गरिन ।

उनको आग्रहलाई अनुग्रहण गरे । उनले भने झै एकाग्र भएर म बिजुलिको खम्बा जस्तै तौलिया माथि उभि रहे । कम्युटर बाट मधुर रसियन सङ्गित ‘कालिङ्का’ बजि रह्यो । उनका कलिला हातहरु मेरा शरिरमा सुस्त सुस्त सलबलाउन थाले । तिनै मुलायम हातहरुले सङ्गितको तालमा मेरा शरिरका कपडाहरु आस्ते आस्ते बिदा दिन थाले । जति जति कपडाहरु खोलिदै जान्थे, उति उति मेरा धमनिमा रगत चाडो चाडो बहि रहन्थे । तै पनि म एउटा बिशाल यामिनीको लागि तयार भै रहेको थिए ।

“खै दाहिने खुट्टा उचाल्नोस त…?”

आन्नाको मुख बाट एउटा स्पष्ट बाक्य प्रस्फुटित भयो । अचानक मेरा कानमा बज्रेको त्यो बाक्य सँग सँगै मेरा आँखाका ढकनिहरु बन्द भए । मैले उनको हुकुम मानेर दाहिने खुट्टा सुस्तरि उचाल्न थाले । मैले शरिर लाई सन्तुलित बनाउन नसकेर झण्डै झण्डै लडन पुगे तर हतार हतार उनलाई समातेर सहारा लिए । त्यसपछि पालै पालो मेरो खुट्टा उचाल्न उनैले सहयोग गरिन ।

बुढापेस्टको सुर्यास्त पछि ढल्कदै ढल्कदै आएको एउटा स्वर्णिम रात थियो । तिनै रातमा जिन्दगीको पहिलो चोटि बैशालु युबतीको अगाडि स’र्बाङ्ग नाँ’गो भु’तुङ्गो हुदै थिए । त्यसैले मेरा शरिर हल्का कापि रहेका थिए । मेरो भित्रि बश्त्रलाई उनले सुस्तरि खोलेर बिदा गरि पठाउदा मेरो मुटु टुक्रिएको अनुभुति भयो । त्यसैले सरम ढाक्न म हत्तपत्त पानी भित्र पसि हाले ।

म नाङ्गै भुतुङ्गै थिए । तै पनि घाँटि मुनिको भाग पानी भित्र डुबाएर निर्धक्क बसि रहे । त्यसपछि आन्नालाई निषध्यान हेरि रहे । उनको शरिर बाट जामालाई बिदाई गरि पठाएको हेर्न मेरो हृदय आतुर आतुर थिए । त्यो मेरो प्रतिक्षाको घडि मुटुको धडकन भन्दा चाडो चाडो चलि रहेको थियो ।

“महाशय ! के तपाई तयार हो ?”

हाम्रो सामु एउटा बिकराल रात थियो । भित्ते घडिले समय एघार बजाउदा बुढापेस्ट मस्तसँग चिर निन्द्रामा सुति रहेको थियो । होटलको सुनसान बन्द कोठा भित्र आन्नाको मुलायम हातहरु मेरा शरिर भरि सुस्तरि सुस्तरि दगुरि रह्यो । उनको हस्तरेखाहरुले शरिरको रौ रौ गनि रहदा मेरा नयनहरु पटक पटक खुल्दै बन्द हुदै गरि रहे । आन्नासँग रसात्मक रोमान्टिक रातमा बितेका हरेक सेकेण्ड मलाई स्वर्णिम सेकेण्ड जस्तो लागि रहेको थियो ।

एक्कासि उनको मुख बाट निस्केको बाक्य पर्खालको भित्तामा प्रतिध्वनित हुदै मेरो कानमा बज्र्यो । बिजुलि चम्के झै गरेर आएको त्यो भनाई सुनेर मेरो मुख बाट कुनै शब्द निस्कन सकेन । उनको निर्बस्त्र शरिर हेर्न मेरा हरेक अङ्ग प्रत्याङ्ग आतुर आतुर भै रहेका थिए ।

आन्नाको दिब्य नयनले छडके हेरि रहेको मैले दृष्टिगोचर गरे । त्यसपछि उनले जामाको टाँकहरु बिस्तारै खोल्न सुरु गरिन । सुस्तरि सुस्तरि पुरै टाँकहरुले उनको शरिरबाट बिदा लियो । निलो जामा बिना आवाज सर्लक्क भुइँमा पछारियो र एक्कै ठाउमा गुज्जुमुज्जु भएर थुप्रियो ।

आन्ना अब स’र्बाङ्ग ब’स्त्रहिन बनिन । उनको त्यति आकर्षित नग्न शरिर देखेर म ताजुप मानेर हेरि रहे । कता कता मेरो टाउको फुलिएर आएको जस्तो भान भयो । मेरो श्वास प्रश्वास ह्वात्तै बढेको अनुभुति भयो । उनको कामोत्तेजक शरिर देखेर म भावनामा डुब्न थाले । त्यति आकर्षक उनको शरिर एउटा कोमल कमलको फूल झै लाग्न थाल्यो । जीवनरुपि कोपिला बाट भर्खर भ्रखरै फक्रदै गरेको सुन्दर कमल फूल जस्तै उनी देखिएकी थिईन । मेरा सारा ध्यान उनको शरिरमा केन्द्रित थिए र म भँमरा बनेर उनको यौबनलाई प्रतिक्षा गरि रहेको थिए । तर मेरो अल्पकालिन हेराई लाई उनले बिचैमा भङ्ग गरि दिईन –

“मलाई थाहा छ । तपाई के सोच्दै हुनु हुन्छ ?” प्रणयपुतलि बाट शुत्तिसुधा बर्सियो ।

“आन्ना ! तिमीले कहिले पनि भित्रि बस्त्र लगाउदैनौ हो ?” उनको दिमाग बाट बाहिर गएर प्रश्न गरे ।

“अरु बेला लगाउथे । तर आज अलिक हतार भयो त्यसैले लगाईन,” सहज ढङ्गले उत्तर दिईन ।

त्यति भनि सकेर एउटा खुट्टा सुस्तरि आकास तर्फ उचालिन र बिना आवाज बाथ टयुबमा पसिन ।

पानीमा पस्ने बितिक्कै, “मैले खुट्टा उचाल्दै गर्दा मेरो केहि चिज देख्नु भयो ?” म तर्फ बढिरहेको उनको लज्जालु ओठ कम्पित हुदै मलाई सोधनी गरिन ।

“अह ! मैले केहि पनि देख्न सकिन ?” अनुहार रातो रातो बनाए अनि साधु बनेर प्रतिबचन फर्काए ।

आन्ना पानीमा पसेपछि केहि बेर हामी एक अर्कालाई हेराहेर गरि रह्यौ । स्नान कोठाको रात छिपिदै जाँदा उनले बिस्तारै पानीमा हात डुबाईन । पानीका केहि फिजँलाई उचालेर मेरो जिउँ तिर लगाउन थालिन । अनि क्रमशः फिजँलाई मेरो टाउको, कुम, हात र छाती तिर दल्न थालिन ।

हाम्रो सामु एउटा बिकराल रात थियो । भित्ते घडिले समय एघार बजाउदा बुढापेस्ट मस्तसँग चिर निन्द्रामा सुति रहेको थियो । होटलको सुनसान बन्द कोठा भित्र आन्नाको मुलायम हातहरु मेरा शरिर भरि सुस्तरि सुस्तरि दगुरि रह्यो । उनको हस्तरेखाहरुले शरिरको रौ रौ गनि रहदा मेरा नयनहरु पटक पटक खुल्दै बन्द हुदै गरि रहे । आन्नासँग रसात्मक रोमान्टिक रातमा बितेका हरेक सेकेण्ड मलाई स्वर्णिम सेकेण्ड जस्तो लागि रहेको थियो ।

जब जब बुढापेस्टको रात छिप्पिदै जान्थ्यो, तब तब ड्यानुबमा पानीको मात्रा बढदै जान्थ्यो । अनि तिनै पानीको मात्रा सँग सँगै हाम्रो हृदयको पारो पनि बढदै बढदै गई रहेको थियो ।

…………. क्रमशः ………..

 

बुईपा खोटाङ । हाल : अक्सफोर्ड, बेलायत ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्