Logo

‘माओवादी केन्द्रद्धारा कोरोना वि’रुद्ध राष्ट्रिय एकताको आह्वान’ (भिडियो सहित)


-आकाश केसी, १५, भाद्र काठमाडौं । कोभिड–१९ को महामा’रीको अवस्थालाई रोकथाम तथा नि’यन्त्रणको सन्दर्भमा सरकारको कार्यशैली जनवि’रोधी भएको भन्दै नेकपा (माओवादी केन्द्र) ले त्यसको नियन्त्रणका लागि राष्ट्रिय एकताको अपरिहार्यता औल्याएको छ ।

प्रेस सेन्टर नेपालद्धारा आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजित बुढाथोकीले कोरोना वि’रुद्ध सरकार, सरकारका निकायहरु र आम नागरिकहरुबीचको राष्ट्रिय एकता अनिवार्य रहेको बताएका हुन ।

हुम्लाबाट निर्वाचित पूर्व संसद समेत रहेका माओवादी केन्द्रका महा-सचिव बुढाथोकीले कोभिड १९ बाट उत्पन्न भएका समस्याहरु, त्यसको नियन्त्रणका लागि स्वास्थ्य, सञ्चार, सुरक्षा लगाएतका निकायले खेलेको भूमिका, आम नागरिकको अवस्था, सरकारले अबलम्बन गरेको रोकथाम नीति र भावि योजनालाई केन्द्रमा राखेर सबै पक्षबीच राष्ट्रिय एकता आवश्यक हुनेमा जोड दिए ।

उनले अहिले सिमित श्रोतसाधन र जनशक्तिले मात्र संक्रमितको उपचारमा काम गरेको भन्दै आफ्नो ज्यान, घरपरिवार, टोलछिमेकको दु’व्र्यवहार सहदैं मानव सेवामा खटिएका स्वास्थ्यकर्मिहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै प्रसंसा समेत गरे ।

सरकारको गैह्र जिम्मेवारीपूर्ण नीति र व्यवहारका कारण कोरोना विरुद्ध अग्रपंतिमा रहेर काम गरिहेका स्वास्थ्य, सञ्चार र सुरक्षा निकायको मनोबल घटेको भन्दै उनले आफ्नो पार्टीको तर्फबाट कोरोना वि’रुद्धको अभियानमा जुटेका सबैप्रति सम्मान तथा अभिनन्दन समेत व्यक्त गरे ।

अहिलेसम्म स्वास्थ्य उपचारका लागि अस्पतालमा क्रिटिकल केश सुपर स्पेलिष्टको दरबन्दी नभएको र त्यसमा एनथ्योसियर चिकित्सकले सेवा दिदै आएको कापरण पनि उपचार प्रकृया प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।

उनले विगतका शासक वर्ग र वर्तमान केपी ओली सरकारले स्वासथ्य सेवालाई केही दलाल र माफियाहरुको मागिखाने भाँडो बनाएको भन्दै जनताको स्वास्थ्य सेवालाई निशुल्क र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरे ।

सरकारले अवलम्बन गरेको नीतिले घरेलु हिंसामा बृद्धी भएको, इतिहासमै नभएको सिण्डिकेट, विभिन्न क्षेत्रमा विवियोजित बजेटमा चरम भ्रष्टाचार, तस्करी र सर्वसाधारण नागरिकमाथि अन्यायपूर्ण घटनाहरुले बढवा पाएको उनले आरोप लगाए ।

जनता यतिबेला सरकारको नीति, प्रशासनको कडाई र जीवन व्यवहारको दोहोरो संकटम भएको भन्दै उनले त्यसका विरुद्ध विभिन्न ठाउँठाउँमा विद्रोह हुने स्थिति आएको बताए ।

जनताको विद्रोह वा सरकारी नीतिको अवज्ञाको कारण कोरोना विरुद्धको अभियानमा जनतासहितको एकिकृत कार्यक्रम भएन भन्ने हो भन्दै त्यसका विषयमा प्रहरी प्रशासनले सरकरालाई सुझाव दिन सक्नुपर्ने बताए ।

उनले निषे’धाज्ञा कोरोना नियन्त्रणको समाधान नभएको भन्दै नागरिकको भूमिका र जीवनयापनको विषय समेत जोडिने गरी कोरोना विरुद्धको राष्ट्रिय एकता कायम गरेर अघि बढ्न सरकारलाई सुझाव समेत पेश गरे । बाँकी उहाँले व्यक्त गरेको कुराहरु भिडियोमा हेर्नुहोस् !

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्