Logo

लामो दूरीका बस भदौ मसान्तसम्म चल्न नपाउने


काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले बताए ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।

कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्