माओत्सेतुङ, काठमाण्डौ- आज हामी अति समान्य प्रश्नहरुमाथि केन्द्रित भएर कुरा गर्नेछौँ । जब म विगत सात्-आठ वर्षलाई नियालेर हेर्छु, तब देख्छु कि अब हाम्रो राष्ट्रको भविष्य समृद्ध छ । खासगरीकन ६०० लाख जनताहरु कसरी राष्ट्रिय भावनाले ओतप्रोत भई जागृत भए भनेर आठ वर्षको दौरानलाई हेर्न सक्नुहुन्छ । थुप्रैखाले महान विचारहरूको उठान, फलाइफुलाइ र त्यसमाथिको बहसले हाम्रो समस्या के हो त भन्ने कुरा प्रस्ट भइसकेको छ ।

हामी पन्ध्र वर्षमा बेलायतको दाजोमा पुग्नेछौं । क्र्षी विकाससम्बन्धी चालिसबुँदे कार्यक्रमले जनताका बिचमा विशाल उत्साह पैदा गरिदिएको छ । विगतमा गर्न नसकेका धेरै कुराहरु अहिले हामी निर्धक्कसँग गर्न सक्ने भएका छौं ।

उदाहरणका लागि चार प्रकारका जीवपतङगको उन्मुलनको कुरा छ, त्यसप्रति आमजनसमुदाय उत्साहित भएका छन् । जहाँसम्म मेरो सवाल छ, ठिक छ, म मुसा समात्न सक्दिन्ँ तर म झिँगा र लामखुट्टे त समात्न सक्छु नि ।

जे भए पनि झिंगा लामखुट्टे हाम्रा सत्रु होइनन् र ? के तिनीहरूले हामीलाई दुःख दिँदैन र ? उहिले एकजना लेखकले मुसा बुत्याउने बारेमा एउटा निबन्ध लेखेका थिए । तर हामी त अहिले चार चार प्रकारका जीव्-पतङगहरु बुत्याउँदैछौ । वास्तवमा ४ हजार वर्ष पहिले देखी भनौ ,कन्फयुसियस स्वयंलगायत कसैले पनि यि चार प्रकारका जीव -पतङगहरु बुत्याउने बारेमा कसैले सोचेनन ।

शुद्धीकरण अभियान र दक्षिणपन्थीहरुविरुद्धको लडाइँमा हामीले सफलताहरु हासिल गरेका छौं । हाम्रो देश निश्चितरूपमा गरिब र कङगाल पनि छ । जो- जो गरीव छन्, उनीहरूको आफ्नो भन्ने नै केही छैन ।

हाङचाउ नगरपालिकाले चारथरीका जीव-पतङग बुत्याउने चारवर्षे योजना बनाइरहेको छ । अरु नगरपालिकाहरूले दुईवर्षे, पाँचवर्षे कार्यक्रम बनाइरहेका छन् । त्यसो भएकाले हाम्रो राष्ट्रको भविष्य र विकासका निम्ति ठुलो आशा गर्ने ठाउँ छ ।

निराशावादी हुनु पर्ने त्यस्तो कुनै कारण छैन । निराशावादी हुनु भुल हो । जहाँसम्म निराशावादीहरूको आलोचना गर्ने सवाल छ, हामी उनीहरुमाथि सीधै खनिने होइन बरु तर्कसङ्गत ढंगबाट प्रस्तुत हुनु पर्छ । हामीले उनीहरुलाई हाम्रा महान आशाहरु छन् भन्नु पर्छ न कि चानचुने ।

हामीले जोड दिँदा ‘महान’ भन्ने शब्द माथि नै दिनुपर्छ । जापानीहरुले (चिनियाँ भाषामा बोल्दै) भन्ने गरेझैं हामीले पनि हामीसँग (‘महान महान आशा’) छ भन्नुपर्छ । ओछ्यानबाट बिउँझे झै हाम्रो राष्ट्र पनि ब्युँझदै छ ।हामी हजारौं वर्षदेखि जरो गाडेर बसेको सामन्ती व्यवस्थालाई फालेर ब्युँझेका छौं ।

हामीले स्वामित्वमा आधारित व्यवस्था फेरेका छौं । शुद्धीकरण अभियान र दक्षिणपन्थीहरुविरुद्धको लडाइँमा हामीले सफलताहरु हासिल गरेका छौं । हाम्रो देश निश्चितरूपमा गरिब र कङगाल पनि छ । जो- जो गरीव छन्, उनीहरूको आफ्नो भन्ने नै केही छैन ।

जो गरीव र कङगाल छन्, उनीहरु खाली कागज जस्ता हुन् । गरिब हुनु पनि राम्रै कुरा हो,  कुन अर्थमा भने यसले तपाईंलाई क्रान्तिकारी बन्न मद्दत पुर्याउँदछ । हुन पनि खाली कागजलाई धेरै उपयोग गर्न सकिन्छ । खाली कागजमा लेख्न पनि सक्नुहुन्छ र चित्र कोर्न पनि । खाली कागज लेख्नका लागि धेरै नै उपयोगी हुन्छ ।

अघि बढ्ने हो भने, पश्चिमी विश्वलाई पछाडी पार्ने हो भने के हामी बुर्जुवा विचार छोड्नु पर्दैन ? पश्चिमी मुलुकमा आम जनताहरुले बुर्जुवा विचारलाई परास्त गर्न चाहेमा कतिबेर लाग्छ ,कसलाई के थाहा,बुर्जुवा बाटोबाट फुत्कन चाहने बुद्दुहरुले हामीलाई गुरु थापे हुन्छ ।

हाम्रो देशमा त्यस्तो उर्जा पैदा हुनेछ, हामी १५ वर्षमा बेलायतको दाँजोमा पुग्नेछौं, यतिबेला हामीलाई ५ लाख टन स्तील उत्पादन गर्न धौधौ परिरहेको छ, त्यतिबेला हामी वार्षिक ४० लाख टन स्टिल उत्पादन गर्नेछौं, यतिबेला हामी ४०,००० लाख किलोवाट आवर (KWh) क्षमता बराबरको मात्र विधुत उत्पादन गरिरहेका छौं, जबकि त्यतिबेला हामी त्यसको दस गुना बढी अर्थात ४,५०,००० बराबरको विधुत उत्पादन गर्न सक्षम हुनेछौं ।

जब हामी हाम्रो मुलुकको बारेमा कुरा गर्दा गफ दिन्छौं कि हाम्रो विशाल जनसंख्या मात्र होइन, विशाल भुभाग पनि छ, प्रशस्त प्राकृतिक स्रोतसाधनहरुको छन्, झण्डै ४ हजार वर्षभन्दा पुरानो इतिहास र संस्कृति छ तर हामीले बुझ्नुपर्छ कि हाम्रो मुलुक अझै पनि बेल्जियम जस्ता मुलुकहरुसँग नुलनायोग्य हुन सकेको छैन ।

संक्षेपमा भन्दा लामो र गौरवशाली इतिहास बोकेको विशाल जनसंख्या भए पनि हाम्रो उत्पादन अझै तल नै छ । हामीप्रति मु बराबर उत्तरी भेगबाट १००+ क्याटीअन्न (cattiest of grain) र दक्षिण भेग बाट ३००+ अन्न मात्र उत्पादन गर्छौ ।

हाम्रो साक्षरता दर पनि अत्यन्त कम छ । यी कुनै पनि कुरामा हामी हाम्रो मुलुकलाई बेल्जियम सँग दाँज्न सक्दैनौ । हामीले यति बेला मुलुकलाई चाँडो हाँक्नु पर्छ । त्यसो भयो भने हामीले बेल्जियमको दाँजोमा नपुग्ने कुरै छैन ।

अबको १५ वर्षभित्र हाम्रो मुलुकलाई बेलायतको दाँजोमा पुराउनेछौं । ती पन्ध्र वर्षहरु अघिल्ला ५ वर्षहरुमा भर पर्नेछ । ती अघिल्ला पाँच वर्षहरु त्यसभन्दा अघिल्ला तीन वर्षहरुमा, अघिल्ला तीन वर्षहरु पहिलो वर्षमा र पहिलो वर्ष पहिलो मैनामा भरपर्छ ।

यतिखेर हाम्रो आशा जिउँदो लाग्दो छ । हाम्रो देशमा तीव्र उत्साहको छाल उठिरहेको छ । त्यसो भएकाले हाम्रो देश अणुजस्तो बन्न पुगेको छ भन्नु साह्रै सही हुन्छ ।जब अणुको न्युक्लियस विस्फोट गराइन् छ त्यसले भयङकर ठूलो उर्जा पैदा गर्छ ।

हामी पनि त्यस्तै गरेर पहिला गर्न नसकेका कामहरु सम्पन्न गर्ने छौं । जब हाम्रो देशमा त्यस्तो उर्जा पैदा हुनेछ, हामी १५ वर्षमा बेलायतको दाँजोमा पुग्नेछौं, यतिबेला हामीलाई ५ लाख टन स्तील उत्पादन गर्न धौधौ परिरहेको छ, त्यतिबेला हामी वार्षिक ४० लाख टन स्टिल उत्पादन गर्नेछौं, यतिबेला हामी ४०,००० लाख किलोवाट आवर (KWh) क्षमता बराबरको मात्र विधुत उत्पादन गरिरहेका छौं, जबकि त्यतिबेला हामी त्यसको दस गुना बढी अर्थात ४,५०,००० बराबरको विधुत उत्पादन गर्न सक्षम हुनेछौं ।

हामीले थर्मो ईलेकट्रीक (thermo-electric) मात्र हैन, जलबिधुत ( hydro-electric) को पनि उत्पादन बढाउनु पर्छ । कृषि विकास परियोजनाको ४० बुँदे सुत्रहरु कार्यन्वयन गर्न दश वर्ष अरु बाँकी छ तर कस्तो लाग्दै छ भने हामीलाई त्यो काम गर्न अब दश वर्ष लाग्नेवाला छैन । कोही पाँच वर्षमा सकिन्छ भन्छन् ,कोही तीन वर्षमा । जेहोस ,हामी त्यसलाई ८ वर्षभित्र पूरा गरी छाड्नेछौं । क्रमश अर्को पटक …!