हामी आयुर्वेद, आयुर्वेद भन्छौं तर त्यो भित्र के-के छ खोज्दैनौं। खोजेर बुझ्ने प्रयत्न गर्दैनौं। लटरपटर सुनेको कुरामा आफ्नो कुरा थपथाप मिसाएर भन्दिन्छौं। रो’गमा उपाय नलागेपछि, माया मा’रेर उपचार गर्ने विधिलाई आयुर्वेद भन्दिन्छौं। वास्तवमा आयुर्वेदलाई वैकल्पिक चिकित्सा भन्नेहरू अज्ञानी हुन्। विधर्मी हुन्। यो नै प्रमुख, का’रगर र रामवा’ण चिकित्सा प्रणाली हो। सनातन धर्मका चार वेदहरू छन्। ऋक्, साम्, यजुः र अथर्व। अनि यी चारै वेदको चार उपवेद पनि छ।

उपवेद के हो त?

ती चारै वेदबाट निकालिएको साररूपी वेद ज्ञानलाई नै उपवेद भनिएको हो। यसको वर्गीकरणबारे  विभिन्न विद्वानहरूको विभिन्न मत नै छ तर पनि सबैले यसलाई चार भागमै बाँडेका छन्। जुन यस्तो छ।

आयुर्वेद- यो ऋग्वेदको सार हो तर कतिले अथर्ववेदबाट पनि भनेका छन्।

धनुर्वेद – यजुर्वेदबाट

गन्धर्ववेद – सामवेदबाट

शिल्पवेद – अथर्ववेदबाट।

यस लेखमा आयुर्वेदको मात्रै चर्चा गर्ने ध्येय रहेको छ। यस आयुर्वेदको इस्ट भगवान् धन्वन्तरी तथा देवता अश्विनिकुमार हो। धन्वन्तरी जो अनेक औषधीय जडिबुटी तथा खुद अमृत नै लिएर समुन्द्र मन्थनबाट प्रकट भएका थिए भनिन्छ। आयुर्वेद अनुसार मानिसलाई अनेकौं रो’ग र भा’इरसले चेप्दैन। यसले केवल मानिसको शरीरलाई तीन किसिमको रो’ग मात्रै लाग्छ भन्छ। जसलाई बाथ, पित्त र कफ भनिएको छ।

वास्तवमा रो’ग लाग्ने भनेको पनि होइन, केवल शरीरभित्र यी तीन कुराको असन्तुलन हुनेगर्छ, दो’ष हुनेगर्छ र जुन कुराको सन्तुलन हुँदैन, जुन कुरामा दो’ष छ, त्यसैलाई उपचार गरिन्छ आयुर्वेदिक प्रणालीमा। जसरी वेद एकै भए पनि चार भागमा बाँडिएको र त्यसै चार भागभित्रको पनि उप भाग, आयुर्वेदको माध्यमबाट ओखती मुलो गर्ने भएकोले यही पद्धतिलाई नै सटिकमा ‘उपचार’ भनिएको हो।

वेद पुज्य छ, वेदमा ब्रम्हाण्ड ज्ञान छ। अनि मानिसको शरीर पनि यही ब्रम्हाण्डभित्रकै ब्रम्हाण्ड हो, त्यसैले यो पुज्य छ। उपचारको अर्थ पनि त्यही हो, पुज्नु हो। वेद स्वरुप, ब्रम्हाण्डरुपी शरीर पुजेर, बन्दना गरेर,पञ्चकर्म, परिक्रमा, नौवेद्य, आहार, बिहार, योग आदि विधि गर्नु नै उपचारको अर्थ हो। अहिलेको जस्तो बि’रामीलाई एक्लै पारेर, कसैसँग भेट्नु नदिएर, शरीरको अनेक भागबाट अनेक छिराएर, दु’लो पारेर, छे’डेर, चि’रेर यो कु’रुप तौरतरिकाबाट ओखती गर्नेलाई उपचार भन्दैन आयुर्वेदले। यो दा’नवी शैली त भए हुन्छ, नभए म’र्छ भन्ने स’मवेदनाहीन खालेतरिका मात्रै हो भन्छ आयुर्वेदले।

हाम्रो शरीर ब्रम्हाण्ड स्वरुप त हो, शरीर पञ्चतत्वले बनेको त छ। तर, त्यसबाहेक पनि यो ब्रम्हाण्ड आकाशमा चन्द्र र सूर्य भएझैं हाम्रो शरीरमा, मन र आत्मा पनि हुने गर्छ। मन चन्द्रमा र आत्मा सूर्यसँग सम्बन्धित हुने भएकोले आयुर्वेदिक उपचारमा यी मन र आत्माको पनि उपचार गर्ने गरिन्छ। मन, शरीर र आत्माको उपचार गर्ने भएकोले नै यो आयुर्वेद साँच्चिकै र पूर्ण उपचार विधि हो। अनि यसमा मन्त्रहरू, ग्रह, नक्षत्ररुपी देवीदेवताहरू, पितृहरू, भु’त प्रे’तहरू, आदि सबैको पूजा, अर्चना पनि गरिन्छ। त्यसैले, यी सबै जान्नेको लागि आयुर्वेद नै  प्रमुख र सत्य उपचार विधि हो।

आयुर्वेदभित्र चार ऋषिहरू प्रख्यात छन्। कस्यप, चरक, सुश्रुत र वाग्भट। अर्थात् कस्यपसंहिता, चरकसंहिता, सुश्रुतसंहिता र वाग्भटकृत अष्टाङ्गहृदय, यो चार संहिताको बृहत् रुप नै एकमुष्टमा आयुर्वेद हो। कश्यप ऋषिले ग’र्भवती,सत्केरी, बालबालिका सबन्धी सम्पूर्ण स’मस्याहरूबारे उपचार विधि सिकाएको छन् भने ऋषि वाग्भटद्वारा रचिएको अष्टांग सङ्ग्रहमा आयुर्वेदको सम्पूर्ण विषय- शरीर र यसको शल्यक्रिया सम्बन्धी आठ अङ्गहरुको  वर्णन गरेका छन्। आफ्नो ग्रन्थको बारे खुद वाग्भटले यस्तो भनेका छन् कि, आयुर्वेद एक शरीर हो भने, यो अष्टाङ्ग सङ्ग्रह शरीरको हृदय समान नै हो।

सुश्रुतसंहिता शल्यक्रिया, छाला प्रत्यारोपण र आँखा रोग सम्बन्धी प्रख्यात ग्रन्थ हो। तथापि, यसमा अनेकौं रोग, जडिबुटी र जीवजन्तु तथा खनिजको उपयोग गरी औषधोपचार गर्न सकिने विधिहरू सिकाइएको छ। चरक ऋषिको विशिष्टता भने अर्कै खाले छ। उहाँ गाउँ-गाउँ डुलिडुली, रो’गको लक्षण हेरेर, वन जङ्गल विचरण गरी  जडिबुटी खोजी-खोजी ल्याएर, अनेकानेक नयाँ-नयाँ प्रविधिले उपचार गर्थे।  यसरी मानवीय स्वास्थोपचारको लागि विचरण मात्रै गरिहिँड्ने हुनाले उहाँको नाम नै चरक रहेको भनिन्छ।

ऋषि चरकले मानव शरीरसँग सम्बन्धित अनेक सिद्धान्त, कारण र अनेकौं रोगहरूको लक्षण अनि उपचार विधि बताएका छन्। यसमा हामीले खाने खाना र रहनसहन सरसफाइ र लाग्ने रोगहरूसँग बच्ने उपाय, अनि रोगीको विषयमा पनि बताइएको छ। आयुर्वेदमा चरक ऋषिका अनुसार यो रुघाखोकी, ज्वरो, निमोनिया, छातीको दु’खाइ, कफ र आन्तरिक रगत बग्नेजस्ता रो’गको लक्षण देखिए फिटकिरी प्रयोग गर्न सिकाइएको छ। यसलाई संस्कृतमा काँक्षी, सौराष्ट्रि, शुभ्रा, तुँवरी आदि नामले पुकारिएको छ भने, यस फिटकिरीलाई अङ्ग्रेजीमा  ‘अलुम’ भनिन्छ। यसको वैज्ञानिक नाम पोटासियम आल्मुनियम सल्फेट नामक खनिज हो।

यसलाई तताउँदा पाउडर बन्छ। जुन पाउडर अवस्था हेरेर बिहान बेलुका एक दुई चिम्टी खानु पर्छ, यदि माथिको लक्षण देखिए। चरक ऋषिको अनुसार स्वस्थ नै सुख हो। उनले शरीरलाई  त रो’ग र वेदनाको घर भनेका छन्। स्वस्थ्य र आरोग्यता भएको मानिसले मात्रै धर्म, अर्थ, काम र मोक्ष पाउन सक्छन् भनेका छन्।

उहाँलाई नमस्कार छ। उहाँहरू सबैलाई नमस्कार छ।