झण्डाको बिषयमा अर्को गीत बजारमा आउदै
काठमाण्डौ- युवा संगीतकार डक्टर किरात र बरिष्ठ कवि तथा गीतकार भूपाल राईको शब्दमा झण्डा सम्बन्धी नयाँ गीत आउने भएको छ । संगीतकार डक्टर किरातले आफ्ना फेसबुक मार्फत जानकारी दिएको हुन ।
यस गीतमार्फत जनता नै देशको परिवर्तनकारी श’क्तिको रुपमा ब्यख्या गर्दै लेखिएको छ । मुधुमस्टार मिडियलाई प्राप्त जानकारी अनुसार संगीत पनि उतिकै उत्कृष्ट रहेको जानकारी सम्बन्धित निर्माण पक्षको जनाएको छ । निर्माण टिमको अनुसार अब यो गित केहि दिनमा नै बजार ल्याउने तयारी रहेको छ ।
भूपाल राई बरिष्ठ कवि, गीतकार, लेखक र सम्पादक हुन । उनले आफ्नो लेखबाट सीमान्तकृत जनताको अधिकारका लागि आवाज उठाए । उनका लेखहरूमा किराती व्यक्ति र उनीहरूको संस्कृतिको जैविक सार छ । उनको लेखहरूमा आदिवासीहरुको मार्क्सवादी दर्शन र सामाजिक सांस्कृतिक व्यावहारिकताको मिश्रण छ ।

गीत
कोहिछकी एक्लोमालिक अझै एकल झन्डा
त्यो सनातन झन्डा भन्दा माथी हुन्छन जनता !!
जनता आ’गो अ’न्यायलाइ आधी अन्धकारलाई
जनता एउटा आ’न्दोलनहो सन्सार बदल्नलाई
छैन अब ठाउँ कतै (कुनै सिङ्हासनलाई)२
कतै होलान खड्ग निसान कतै फर्जी बिधान
त्यस्ता नि’यम र का’नुन भन्दा माथी हुन्छन जनता !!
च्यात्न सक्छन खोस्टो कागज फेर्न सक्छन अर्को झन्डा
आफ्नै हातको सुन्दरकला आफ्नै हातको राज्यसत्ता
जो ईतिहास निर्माण गर्छन (उनै सहि जनता)२
चाहे बन्दी झ्यालखानाको अन्धो अ’दालतको
सारा हु’कुम र आ’देस भन्दा माथी हुन्छन जनता !!!



