Logo

‘स्कुलमा फिल्म विषय पनि पढाउनुपर्छ’: अध्यक्ष दयाराम दाहाल


आगामी शैक्षिक वर्षमा स्कुलमा माध्यमिक तहदेखि नै चलचित्र पढाइ हुनुपर्ने विषयमा यति बेला चलचित्र विकास बोर्ड र पाठ्यक्रम विकास केन्द्रबीच छलफल भइरहेको छ। मौखिक रूपमा फिल्मको विषयगत हिसाबमा पढाइ हुनुपर्ने तर्कमा दुवै पक्षले सहमत जनाए भए पनि औपचारिक रूपमा चलचित्र विषयगत समावेश गरिने हो वा होइन भन्ने निष्कर्ष भइसकेको छैन। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार नेपाली समाजमा फिल्मलाई मनोरञ्जनका रूपमा मात्र हेरिँदै आएको छ। यो दृष्टिकोण फेर्न र आउँदो पुस्तामा नेपाली चलचित्र क्षेत्र बुझाउन पाठ्यक्रम आवश्यक रहेको उनी बताउँछन्।

‘सिनेमा संस्कृति विकास गर्नुपर्छ। चलचित्रलाई मनोरञ्जनका रुपमा मात्र होइन, हाम्रो सिर्जनात्मक, सामाजिक र सांस्कृतिक पक्ष सम्हाल्ने क्षेत्रका रूपमा हेरिनु जरुरी छ। चलचित्रलाई बौद्धिक ब’हसको विषय बनाउनुपर्छ। यसका लागि पढाइ आवश्यक छ,’ उनले भने। पढाइसँगै उक्त विषयमा बौद्धिक छलफल हुनसक्ने उनी विश्वास राख्छन्। नेपाली चलचित्र क्षेत्र सुस्त गतिमा प्रगति गर्दैछ। यस्तोमा तुलनात्मक हिसाबले अहिलेका पुस्ता हलिउड र बलिउडमा आकर्षित देखिन्छन्। तर उनीहरूलाई नेपाली सिने क्षेत्रबारे समेत ज्ञान राख्न जरूरी ठानेका दयारामका अनुसार पाठ्यक्रममै फिल्म समावेश भए विद्यार्थीले यसको स्थिति बुझ्नेछन्।

साथै ऐतिहासिक, प्राविधिक र संस्कृतिक हिसाबले समेत यसबारे जानकारी पाउनेछन्। अध्यक्ष दयारामका अनुसार पाठ्यक्रममा के-कस्ता विषय र अध्याय हुनेछन् भन्ने विषयमा भने छलफल हुन बाँकी छ। ‘यो म’हामारी र जारी ल’कडाउनका कारण अनुमानित समयभन्दा यो परियोजनामा ढिला भइरहेको छ। अवस्था सामान्य भएसँगै हामी यसै विषयमा छलफल कार्यक्रम राख्ने योजनामा छौं,’ उनले भने। अध्यायबारे चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व, समीक्षक, साहित्यकार, सांस्कृतिक विषयमा ज्ञान भएका बुद्धिजिवी लगायत व्यक्तित्वहरू बीच छलफल हुनेछ। यसो गर्दा कुनै पनि विषय/अध्याय नछुट्ने र कुन तहलाई कस्तो विषय रोमाञ्चक हुने भन्ने बारे स्पष्ट हुने दयाराम बताउँछन्।

यसै विषयलाई लिएर पाठ्यक्रम विकास केन्द्र र पाठ्यक्रम निर्माण समितिसँग चलचित्र विकास बोर्डले दुई चरणको छलफल गरिसकेको उनले बताए। चलचित्रलाई सधैं मनोरञ्जनात्मक विषयका रूपमा हेरिएको हुँदा यसलाई व्यवसायिक र व्यवहारिक रुपमा हेरिनुपर्ने मान्यता दयाराम राख्छन्। उनी उदाहरणसँगै भन्छन्, ‘हामीले विद्यालयमा विज्ञान, सामाजिक, नैतिक शिक्षा लगायत विभिन्न विषय पढ्छौं। तर ती सबै विषयमा सबैको भविष्य र लक्ष्य हुँदैन। त्यस्तै चलचित्र विषय पढेको भन्दैमा यसैलाई निरन्तरता दिनुपर्छ भन्ने होइन। विषयका रूपमा पढाइ भए चलचित्र क्षेत्रको मौलिकता र यसको परिभाषा फेरिन सक्छ भन्ने हो।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्