Logo

‘याम्बुनेर’ पुस्तकमा सत्ताको ‘मासिन्या कथन’मा प्रताडितहरूले अनुभूत गर्ने बिम्ब हो- राजन मुकारुङ


काठमाण्डौ-‘याम्बु’ अर्थात् काठमाण्डू । दूरीले काठमाण्डू नजिकैका तर सत्ताको ‘मासिन्या कथन’मा प्रताडितहरूले अनुभूत गर्ने बिम्ब हो– ‘याम्बु’ । यिनै बिम्बहरूमा बुनिएको कथाकृति हो– ‘याम्बुनेर’ । यो कुरा बिना थिङ तामाङ्द्वारा लिखित पुस्तकको बारे सानो अन्श मदन पुरस्कार बिजेता साहित्यकार तथा लेखक राजन मुकारुङ लेख्नुहुन्छ ।

अझ थप्दै फेसबुकमा स्टाटसमा लेखिएको छ, ‘‘याम्बुनेर’का सबै कथाहरू पाण्डुलिपीमै पढेको छु । कथाहरूले ‘वि’भेद’का जराहरू मात्रै खोज्दैनन्, न्या’य र मु’क्तिका लागि हुटहुटी पैदा गरिदिन्छन् । कथित् बुर्जुवा वर्गका लागि केवल ‘फिक्सन’ लाग्ला तर असल पाठकका लागि हाम्रै यथार्थ ‘कथाकृति’ हो ।’

मदन पुरस्कार बिजेता साहित्यकार तथा लेखक राजन मुकारुङले पुस्तकको बिषयमा मात्र नभई मेरी बहिनी हुन् बिना भनि सम्बोधन समेत गरेका छन ।

साहित्यकार तथा लेखक राजन मुकारुङले  फेरी थपेका छन ‘‘नेपोटिज्म’को अर्थ नि लाग्ला, सहुँला । कृतिका लागि लेखक बिना थिङलाई हार्दिक बधाई तथा शुभकामना !’

यस कृतिलाई‘फिनिक्स बुक्स’ले प्रकाशन भखरै गरेको हो ।

‘याम्बु’ अर्थात् काठमाण्डू सत्ताको ‘मासिन्या कथन’मा प्रताडितहरूले अनुभूत गर्ने बिम्ब हो- राजन मुकारुङ

केहि समय अघी बिना थिङ तामाङको ‘ब्याड भाले’ राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा उत्कृष्ट भएको थियो । बाह्रखरी बुक्सले आयोजना गरेको ‘डिस होम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’मा लक्ष्मण वियोगीको कथा ‘टाउको’ दोश्रो र सुमित्रा न्यौपानेको कथा ‘बार्दली’ले तेश्रो स्थान हासिल गरेको थियो।

राजधानीमा एक कार्यक्रम गरी प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको थियो । प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोश्रोले ६० हजार र तेश्रो हुनेले ४० हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्