Logo

यो बर्षदेखी अनमी, सिएमए र ल्याब एसिस्टेन्टको पढाइ नै नहुने


सरकारले यही शैक्षिक सत्रदेखि लागू हुने गरी अनमी/सिएमए/ल्याब असिस्टेन्टलगायत कार्यक्रममा विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरेको छ।

एसएलसी(एसइई)सरहका यी स्वास्थ्यसम्बन्धी कार्यक्रम पढेका विद्यार्थीले जागिर नै नपाउने अवस्था भएपछि पठनपाठन बन्द गरिएको हो।

चिकित्सा शिक्षा आयोगको साउन ३० मा बसेको बैठकले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले  जानकारी दिए।

‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ कार्यान्वयनका लागि विश्वविद्यालय, प्रतिष्ठान र सोअन्तर्गत शिक्षण संस्थाहरूले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने, नगराउने निर्णय भएको हो,’ उनले भने, ‘सञ्चालनमा रहेका त्यस्ता शैक्षिक कार्यक्रम अध्ययन अवधि पूरा भएपछि स्वत: फेजआउट हुनेछन्।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्