Logo

अछामको बाढी पि’डितलाई व्यवस्थापन गर्न माओवादी केन्द्रको मा’ग


कैलाली । अछाममा बाढीबाट धनजन गुमाएका नागरिकको तत्काल व्यवहारीक तथा जनप’क्षीय व्यवस्थापन गर्न नेकपा (माओवादी केन्द्र) सरकारसँग माग गरेको छ । बाढी पीडित नागरिकहरुको अहिलेसम्म उचित व्यवस्थापन नभएको भन्दै माओवादी केन्द्रले सचेतनापूर्व चे’तावनी दिदै सरकार समक्ष त्यस्तो माग राखेको हो ।

गत मंगलबार राति स्थानीय कैलाश खोलामा आएको बाढीले अछामकको रामारोशन गाउँपालिकाको वडा नम्बर पाँच अन्तर्गत पर्ने सैनी बजार आसपासका बस्तीहरु डुबाउँदा २२ घर परिवार विस्थापित हुन पुगेका छन भने बाढीले १७ जनालाई बगाएको थियो ।

बाढीले बगाएका १७ जना मध्ये सात जनाको श’व फेला परेको छ । बाढीबाट मृ’तक हुनेमा स्थानीय ५४ वर्षीय चन्द्र बहादुर साउद, ३५ वर्षीया गौरी शाह, ४६ वर्षीया लाल्सरा शाह, २२ वर्षीया बबिता बुढा साउद, ४५ वर्षीय अमर शाह, १२ वर्षीय नविन शाह र १८ वर्षीय रमेश साउद रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भने अझै १० जना बेपत्ताँ रहेको बताइएको छ ।

उक्त घटनाको विषयमा सरकारले उचित ढंगको व्यवस्थापन नगरेको र भैरहेको व्यवस्थापनले पीडित परिवारलाई जीवन निर्वाहमा सहजता नहुने भन्दै माओवादी केन्द्रले आज एक विज्ञप्ती सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशद्धारा संयुक्त रुपमा जारी गरिएको उक्त विज्ञप्तीमा तत्काल पीडित नागरिकको समस्या समाधान गर्न चे’तावनीपूर्वक आग्रह गरिएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘अभिभावक गुमाएका, घरबार गुमाएका, बेपत्ता हुनपुगेको परिवारजनको तत्काल उचित (राहत, पठनपाठन, रोजगारी, उपचार, बसोबास र अभिभावकत्व) को व्यवस्थापन गरियोस । घाइतेहरुको तत्काल उपचार र बेपत्ताँ नागरिकको तिब्र खोजि गर्नका लागि समेत हाम्रो पार्टी सरकारलाई सुझाव दिन चाहन्छ ।’

घटनाका पीडितहरुको तत्काल व्यवहारीक तथा जनपक्षीय व्यवस्थापन गर्नुपर्नेमा सरोकारवाला राज्यका सम्पूर्ण निकायको ध्यानाकर्ष गराउँदै जारी गरिएको उक्त विज्ञप्तीमा सरकारले त्यसलाई ग’म्भीरतापूर्वक कार्यान्वयन नगरेमा नागरिकको जनविश्वास गुम्ने र जनवि’द्रोहको तयारीमा जुट्ने भन्दै चेतावनी समेत दिइएको छ ।

विज्ञप्तीमा अगाडी भनिएको छ–‘नागरिकको समस्यामा सरकारको उदासिनता बढ्दै जाँदा जनतामा वर्तमान सरकार, व्यवस्था र पद्दतीप्रति अविश्वास बढ्ने निश्चित छ ।

राज्यको गैह्रन्यायीक गतिविधिका कारण आधारभूत उत्पीडित वर्ग, जनसमूदाय महान जनवि’द्रोहको प्रकृयामा जट्दै अघि बढ्ने र त्यसले सबै प्रकारका समस्याको विकल्प खोज्न बाध्य हुने कुरामा राज्यनिकायलाई सचेतनापूर्वक चे’तावनी दिन चाहन्छौ ।’

माओवादी केन्द्रले नागरिकको समस्यामा सरकारलाई जिम्मेवार अभिभावको रुपमा उपस्थित हुन र समस्या समाधानमा भूमिका खेल्न सुझाव समेत दिइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्