Logo

सरकारलाई निर्देशन चौबिस घण्टाभित्रै पिसिआर रिपोर्ट उपलब्ध गराउनू


प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्रै पिसिआर जाँचको रिपोर्ट उपलब्ध हुने व्यवस्था मिलाउन सरकारलाई नि’र्देशन दिएको छ।समिति बैठकमा सांसदहरूले १३ दिनसम्म समेत पिसिआरको रिजल्ट उपलब्ध नगराउँदा स’मस्या भएको बताएका थिए। समिति सभापति जयपुरी घर्तीले कतिपय बि’रामीको अस्पतालमा उपचारका लागि रिपोर्ट पर्खंदा ज्या’न जाने अवस्था आएको बताइन्।समितिले सरकारलाई २४ घण्टाभित्रै रिजल्ट सम्बन्धितलाई इमेल, फोन अथवा भाइबरबाट भए पनि उपलब्ध गराउन निर्देशन दिएको हो।

त्यस्तै, समितिले पिसिआर परीक्षण बढाउन समेत सरकारलाई निर्देशन दिएको छ।समितिले एक घरबाट एक जनाको परीक्षण गर्न पनि सुझाएको हो।यसैगरी, समितिले होम आ’इसोलेसन धनी र घर हुनेलाई मात्र सम्भव भएकाले आ’इसोलेसन सेन्टर बढाउन सरकारलाई सुझाएको छ।समितिले एउटै कोठा वा फ्ल्याटमा बस्नेका लागि होम आ’इसोलेसन ख’तरापूर्ण रहेको औं’ल्याएको छ।शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार भर्चुअल मिटिङमा समिति सभापति घर्तीले समुदायस्तरमा को’रोना पुगेको अवस्थामा व्यापक पिसिआर गर्न निर्देशन दिएकी छन्।

समितिले सरकारलाई उपचारका लागि जनशक्ति अभाव भएको भए एमबिबिएस पास गरेका एक हजार विद्यार्थीलाई तत्कालै ख’टाउन सुझाव समेत सरकारलाई दिएको छ।साथै, क्वा’रेन्टिन तथा आइ’सोलेसन व्यवस्थापनमा स्वयंसेवक प्रयोग गर्न सुझाएको छ।‘अहिल पनि विज्ञ जनशक्ति छैन भनेको सुनिन्छ’, घर्तीले भनिन्, ‘एमबिबिएस गरेर बसेका १ हजार जनशक्ति छ। महाविपत्तिको बेला सबै का’नुन नियमको हिसाब नगरी तुरून्तै परिचालन गर्नुपर्छ। नियम का’नुन हिसाब गर्दा मान्छे मर्छ। यो जनशक्ति परिचालन गर्नुपर्छ।’साथै समितिले खो’प प्राप्ति गर्ने विषयमा समेत सरकारलाई तयारी गर्न सुझाएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्