Logo

उत्साहको साथ नेकपा बैठक सम्पन्न


 

बिना चाम्लिङ्,

खोटाङ्-खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिकाको नेकपा जिल्ला कार्यालय, सचिवलाय र जिल्ला कमिटीको बैठक नेकपा नगर समितिको कार्यालय दुर्छिम छापडाँडामा सम्पन्न भएको छ ।

उक्त बैठक निकै नै उत्साहको साथ नेकपा बैठक सम्पन्न भएको कुरा हलेसी तुवाचुङ नगर कमिटी सुरेन्द्र राईले बताए । पूर्व माननिय टन्क राईको प्रमुख अतिथीमा सम्पन्न भएको बैठकमा सबै सदस्यहरुमा प्रतिवेदन, समीक्षा सहित भावी कार्ययोजना तयार पारिएको कुरा हलेसी तुवाचुङ नगर कमिटी सचिव गोपाल दाहालले बताए ।

हलेशी तुवाचुङ नगरपालिकामा भाबी कार्ययोजनालाई सही रुपमा कार्यन्वयन गर्ने बिभागका केन्द्रिय सदस्य अमेम्बर राई भन्छन, ‘जिल्ला कमिटी र नगर कमिटीको संयुक्त बैठकले भाबी योजनाको बारेमा अर्थपूर्ण, सार्थक र राम्रो निष्कर्ष निकालियौ ।’

कोराना प्रक्रोपले गर्दा बिश्वमा नै अ’सर परी रहेकोले नेकपा हलेसी तुवाचुङ नगर कमिटी भाबी दिनमा उत्साहका साथ अघी बढाउने बारे गहन छलफल भएको कुरा अध्यक्ष सुरेन्द्र राईले यस मिडियलाई बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्