कमरेड प्रयास

दक्षिण पूर्वी एसियाको एक सानो देश भियतनामको स्वतन्त्रताको निम्ति भियतनामी जनताले पहिले फ्रान्सेली सा’म्राज्यवादसँग र पछि अमेरिकी सा’म्राज्यवादसँग लगभग ५० वर्ष ल’ड्नुप¥यो ।

फ्रान्सेलीहरूले सन् १८६८ मा सैगोन क’ब्जा गरेका थिए । स्वतन्त्रताको निम्ति ल’ड्ने एक किसान यो’द्धा वेन त्रुंग त्रुकले मृ’त्युदण्ड पाउनु पहिले भनेका थिए “जबसम्म यो देशमा घाँस उम्रिन्छ, आ’क्रमणकारीहरूको वि’रुद्ध ल’ड्नेहरू पनि जन्मिरहन्छन् ।”

यही परम्पराको आधारमा भियतनामी देशभक्तहरूले स’ङ्घर्षका हरेक किसिमका रुपहरूको अवलम्बन गरे । ३ मे, १९३० मा भियतनामका तीन कम्युनिष्ट समूहहरूको एकीकरण सम्मेलन हङ्गकङ्गमा भयो, जसको पहलकदमी क. होची मिन्हले गरेका थिए ।

यसभन्दा अघि ती समूहहरू सँगै मिलेर ल’ड्ने कुरामा सहमत थिएनन् । यसै कारणबाट फ्रान्स ती तीनै वटा पार्टीहरूलाई द’मन गर्न सफल भइरहेको थियो । क. होची मिन्हको अथक प्रयासबाट ती गु’टफु’टमा वि’भाजित पार्टीहरूको एकता सम्भव भयो र एउटा बहुमत जनतामा आधारित भियतनामी कम्युनिष्ट पार्टीको स्थापना भयो । पछि यसको नाम बदली हिन्द–चीन कम्युनिष्ट पार्टी रहन गयो ।

पार्टीले क्रान्तिको ११ सूत्रीय कार्यक्रम बनायो । यसपछि कम्युनिष्टहरूको प्रभाव तीव्रत्तर रुपमा बढ्यो । तिनीहरूले १९३०–३१ को क्रा’न्तिकारी उभारको नेतृत्व गरे । नअन र हा–निन्ह प्रान्तहरूमा जनताले सत्ता आफ्नो हातमा लिई गाउँ परिषद्हरू स्थापना गरे । तर, यो जनवादी सरकार फ्रान्सेली से’नाको ब’र्बरताको कारणमात्र ६–७ महिना टिक्नसक्यो ।

क. हो ची मिन्हले हङ्गकङ्गबाटै यस आ’न्दोलनलाई यथासम्भव निर्देशन दिएका थिए । क्रा’न्तिको त्यस असफलतापछि उनले यसको कारणसहित एक पत्र लेखे । क. होसँग बेलायत, फ्रान्स, चीन र मस्कोमा भियतनामीहरू एवम् जनवादी आ’न्दोलनमा गरेको कामको गहिरो अनुभव थियो । उनलाई क’म्युनिष्ट विचारधारालाई भियतनामको राष्ट्रिय परिस्थितिहरूमा कसरी ला’गू गर्नुपर्दछ भन्ने राम्रो ज्ञान थियो ।

सन् १९३६ मा फ्रान्समा पपुलर फ्रन्टको सरकार बन्यो । जसको कारण हिन्द-चीनमा सा’म्राज्यवादी द’मनमा कमी आयो । यसबाट लाभ उठाई कम्युनिष्ट पार्टीले प्रचारका अनेकौं साधन अपनायो र “हिन्द चीन महाकाङ्ग्रेस” नामको एक आ’न्दोलन चलायो । यसका मुख्य मागहरूमा जनवादी सुधार लागू गर्नु, जनताको जीवनस्तर उकास्नु र स्थानीय परिषद्हरूको चुनावमा सबै बालिग जनतालाई भोट खसाल्ने अधिकार प्रदान गर्नु थियो।

मजदुरहरूका ठूलठूला ह’ड्तालहरू भए । किसानहरूका प्र’दर्शनहरू भए । १ मई, १९३८ को मई दिवसमा ५ हजार मानिसहरूले एक जु’लुस निकाले । ती दिनहरूमा का. हो ची मिन्ह चिनियाँ क्रा’न्तिमा जापानविरोधी यु’द्धमा काम गरी लडाइँका अनुभव हासिल गरिरहेका थिए ।

सन् १९३९ मा दोस्रो विश्व यु’द्ध छेडियो । फ्रान्सले तुरुन्त भियतनामीहरूका बचेखुचेका अधिकारहरू पनि ज’फत ग¥यो । मनपरी प’क्राउ हुनथाल्यो । यस्तैमा क. होसँग सम्पर्क गर्न फम वान डांग र वो जेन जियाप्प चीन पुगे । यी मानिसहरूले का. होसँग विचार विमर्श गरी भियतमिन्ह (भियतनाम स्वाधीनता मो’र्चा) गठन गरे । यसले फा’सिष्टवादको वि’रुद्ध ल’ड्ने आह्वान ग¥यो ।

साथै फ्रान्सेलीहरूलाई भ’गाउने कार्यक्रमको नेतृत्व पनि त्यसले लियो । क. हो ले आफ्नो एक पर्चामा लेखे– “फ्रान्सेली सा’म्राज्यवाद एवं जापानी फा’सिष्टवाद दुवै राष्ट्रिय स्वाधीनता एवं विश्व क्रा’न्तिका श’त्रु हुन् ।”

राष्ट्रियता एवं अन्तर्राष्ट्रियताको आधारमा बनेको त्यस कार्यक्रमले भियतनामी जनताको हुदयमा सुतेको सिं’ह बिउँझ्यो । उनीहरूले छिमेकी देशहरूवि’रुद्ध फौजमा भ’र्ती हुन इ’न्कार गरे । टोकिनको बाकसन, अन्नमको डो लौंगमा र कोचीन नाइनाको इलाकामा वि’द्रोहहरू हुनथाले । सा’म्राज्यवादीहरूबाट भ’यानक द’मनचक्र चलाइयो ।

निहत्था जनतालाई मेसिनगनबाट भु’टियो, गाउँहरू जलाइए, मानिसहरूलाई चि’हानहरू खन्न लगाएर फेरि तिनीहरूलाई नै त्यसमा जि’उँदै पुरिदिए । उता युरोपमा जर्मनीले फ्रान्सलाई ह’रायो र यता भियतनाममा जापानीहरूले प्र’वेश पाए । क. हो ची मिन्हले सन्देश पठाए कि जापानीहरूवि’रुद्ध गु’रिल्ला यु’द्ध सुरु गरिनुपर्छ ।

क. हो ची मिन्ह १९४१ जनवरीमा ३१ वर्षको प्रवासपछि भियतनाम फर्के र फर्कने बित्तिकै उनले आ’न्दोलनको नेतृत्व सीधै आफ्नो हातमा लिए र उनले एक प्रचारसे’ना र एक राजनैतिक से’ना बनाउने जरुरी देखे । पार्टीको अखबार सुरु भयो, जसको नाम ‘भियत लैप’ (स्वतन्त्र भियतनाम) राखियो । सन् १९४१ को अन्तसम्ममा काओ वांग क्षेत्रमा कम्युनिष्टहरूले निकै आधार क्षेत्रहरू कायम गरे ।

क. होले ‘गु’रिल्ला दाउपेच’, ‘रुसमा गु’रिल्ला यु’द्धको अनुभव’ र ‘चीनमा गु’रिल्ला यु’द्धको अनुभव’ नामका पुस्तकहरू लेखे । उनले चिनियाँ नेता सनयात सेनका ‘चिनियाँ यु’द्ध काल’ र रुसको कम्युनिष्ट पार्टीको इतिहास’ नामक दुई पुस्तकहरूको अनुवाद गरे । उनले भियतनाममाथि फ्रान्सेली क’ब्जाको इतिहास पनि लेखे, जसमा देशभक्तिपूर्ण आ’न्दोलनलाई प्रमुखता दिइएको थियो ।

यही पुस्तकको अन्तिम भागमा क. होले भियतनाम सन् १९४५ मा मु’क्त हुने भविष्यवाणी गरेका थिए । बिस्तारै बिस्तारै क्रा’न्तिकारी आधार क्षेत्र विकसित हुँदै लामसनसम्म पुग्यो । भियतमिन्हले मित्र राष्ट्रहरूसँग सहयोग लिने फैसला ग¥यो । क. हो च्यांग काई शेकसँग भेट्ने बहाना बनाई एक प्रतिनिधिमण्डलको साथ चीन पुगे र त्यहाँका कम्युनिष्टहरूसँग उनले सम्पर्क गर्ने कोशिश गरे । क. होलाई गि’रफ्तार गरियो ।

सन् १९४५ मार्च १ मा भियतमिन्हले फ्रान्सेलीहरूसँगको श’त्रुता अन्त गरी उनीहरूलाई श’रणार्थीको दर्जा दिए । गु’रिल्लाहरूले फ्रान्सेली सै’निकहरूलाई जापानीहरूको कै’दबाट छुटाउन ह’मलासम्म गरे । जापानले ‘दाएभियत’ (विशाल भियतनाम) पार्टीको माध्यमबाट आफ्नो क’ठपुतली सरकार बनायो र एक फौ’ज जुटाई भियतमिन्हको वि’रुद्ध पठायो ।

भियतमिन्हले त्यस फौ’जलाई सजिलै हराइदियो, उनीहरूको हतियार ज’फत ग¥यो र आफूलाई अझ मजबुत बनायो । ३५ व्यक्तिहरू, तीन राइफल र एक पिस्तोलबाट सुरु भएको मु’क्तिसेनामा अब १० हजार सि’पाहीं भर्ती भइसकेका थिए र त्यसका थुप्रै गुप्त द’स्ताहरू देशभर फैलिएका थिए ।

१५ अगष्ट, १९४५ मा भियतनामी कम्युनिष्ट पार्टीको जनकाङ्ग्रेस तान त्रावको आधार इलाकामा भयो । १६ अगष्टको दिन जापानीहरूले वि’श्व यु’द्धमा आफ्नो प’राजय स्वीकार गरे । जन काङ्ग्रेसले स’शस्त्र क्रा’न्तिको आ’देश दियो र राष्ट्रिय मु’क्ति समितिको चुनाव गरियो । क्रा’न्ति सुरु भयो । जनमु’क्ति से’नाले जापानी चौ’कीहरू ध्व’स्त गरिदियो । १४ अगष्टको दिन हनोइमा त्यसले क’ब्जा जमायो । सेप्टेम्बर २ को दिन अस्थायी सरकार बन्यो । क. हो ची. मिन्हले स्वतन्त्रताको घोषणापत्र पढे ।

तर, भियतनामलाई अझ सा’म्राज्यवादवि’रुद्ध ल’डाइँको पर्याप्त उद्देश्य तय गर्नु थियो । मित्र राष्ट्रहरूले जापानीहरूलाई निःश’स्त्र गर्ने नाममा भियतनामलाई दुई भागमा बाँडिदिए । दक्षिणी भाग ब्र’तिश से’नालाई सुम्पियो र उत्तरी भाग च्यांग काई शेकको से’नालाई । २३ सेप्टेम्बरमा ब्रिटिश सै’निकहरूले सैगोनलाई घे’रामा पारे । यो एक नयाँ ह’थकण्डा थियो ।

पहिले जहाँ पनि जापानी से’ना पठाइन्थ्यो र फेरि उनीहरूबाट ह’तियार लिने नाममा अङ्गे्रज एवं उनको आदेशमा भा’रतीय सैनिक पुग्दथ्यो । भियतनामीहरूले यी अप्ठ्याराहरू भएर पनि कडा प्र’तिरोध गरे र उत्तरबाट भियतनामी देशभक्तहरू आई दक्षिणमा लड्न थाले । उनीहरूको रग’तबाट त्यहाँको धर्ती रातो भयो । उत्तर भियतनाममा का. हो ची मिन्हलाई च्यांग काई शेकका जनरलहरूको ह’थकण्डाहरूको जवाफ दिनुपर्यो । ७ जनवरी, १९४७ मा क. होले चुनाव गराए र जीत हासिल गरे ।

देशलाई यु’द्धबाट बचाउने र पुनःनिर्माणको लागि समय निकाल्नको लागि क. होले ६ मार्च, १९४७ मा फ्रा’न्सेलीहरूसँग सन्धि गरे । यसको निम्ति केही आ’लोचना उनले झेल्नुप¥यो । तर, उनी जनतालाई सम्झाउन सफल भए । ३१ मईमा उनी फ्रान्स गए तर त्यहाँ उनले इ’न्साफ पाएनन् । १४ डिसेम्बरमा फ्रान्सेली से’नाले सन्धिलाई तोडी हनोई एवं अरु सहरहरूमा ह’मला ग¥यो । उनलाई सफलता त मिल्यो तर भियतनामी देशभक्तहरूले पनि जमेर स’ङ्घर्ष गरे, जसबाट निकै सङ्ख्यामा फ्रा’न्सेलीहरू मा’रिए ।

एकपटक फेरि मु’क्ति यु’द्ध थालियो, जून ७ मई, १९५४ सम्म चल्यो । रीन बीन फूँको ५५ दिनको यु’द्धमा मुक्ति से’नाले फ्रान्सेलीहरूलाई अन्तिम रुपमा प’रास्त गरे । जेनेवा सम्मेलन बोलाइयो, जसमा ढाई महिनासम्म ब’हस भयो । २० जुलाई, १९५४ मा यु’द्ध स्थगनको सम्झौतामा दस्तखत भयो तर अमेरिकाले यो स’न्धिमा दस्तखत गरेन ।

अमेरिकीहरूले न्यू जर्सीमा रहेको नो दिन्हलाई दक्षिणमा क’ठपुतली सरकारको प्रधानमन्त्री बनाए । अमेरिकाका २०० फौ’जी अधिकारीहरूले ‘सै’निक सहायता परामर्श दलको पर्दा पछाडिबाट यु’द्ध’ सञ्चालन गर्न थाले ।

बिस्तारै बिस्तारै अमेरिकीहरूले हरेक क्षेत्रमा फ्रा’न्सेलीहरूको स्थान लिन सुरु गरे । डेढ सालमा उनीहरूले दक्षिण भियतनामलाई आफ्नो उप’निवेश बनाए । जेनेवा सम्झौतामा स्वतन्त्र आम चुनावको माध्यमबाट दुवै भियतनामको एकीकरण गर्ने शर्त थियो । तर, अमेरिकी क’ठपुतली सरकारले दक्षिण भियतनामलाई स्वतन्त्र राज्य घोषणा ग¥यो । २० जुलाई, १९५६ मा जेनेवा सम्झौताअनुसार आम चुनाव हुनुपथ्र्यो तर अमेरिकाले ४ मार्च, १९५६ मा केवल दक्षिणमा चुनाव गरी १२३ सदस्यीय धारा सभा खडा गर्यो!

दक्षिणको अमेरिकी क’ठपुतली सरकारले न भूमिसुधार ग¥यो, न त ठीक तरीकाले शा’सन ग¥यो । आन्तरिक भ्र’ष्टाचार एवं जन द’मनको कारण त्यो अलोकप्रिय भयो । कम्युनिष्टहरूले त्यहाँ भियतकाङ्ग नामको सङ्घर्ष सुरु गरे । उत्तरबाट पहिले भियतकाङ्गलाई केबल आर्थिक एवं नैतिक मद्दत मिलेको थियो । पछि दक्षिणमा अमेरिकी क’ठपुतली सरकारवि’रुद्ध ल’ड्न उत्तरबाट सै’निक सहयोग पनि प्राप्त भयो ।

अमेरिकी राष्ट्रपति केनेडीले चार हजार अमेरिकी सैनिक भियतकाङग र उत्तरी भियतनामवि’रुद्ध पठायो । सन् १९६५ सम्म अमेरिकी विमानहरूले विभिन्न वहानामा उत्तरमाथि ब’मवारी गर्नथाल्यो । सन् १९६६ सम्ममा २ लाख अमेरिकी फौ’ज प्रयोग गरिए । अमेरिका आफ्नो नीतिको कारण एक्ंिलदै गयो । फ्रान्सले आफूलाई त्यस नीतिबाट अलग्ग भएको घो’षणा ग¥यो ।

सन् १९६७ मा अमेरिकी रक्षामन्त्री माकनमाराले भियतनामको सिलसिलामा अमेरिकी नीतिको जाँच गरे, जसको नतिजा सन् १९७१ मा आयो । सन् १९३८ मा राष्ट्रपतिमा चुनिएका निक्सनले भ’यानक ब’मबारी गरी भियतनामलाई ध्व’स्त गर्ने पूरा कोशिश गरे तर अमेरिकी श’क्तिले भियतनामी सङ्कल्पलाई तोड्न सकेन । हा’र खाई सन् १९७२ मा निक्सन आफ्नो फौ’ज भियतनामबाट फिर्ता बोलाउन बाध्य भयो । तथाकथित संसारको सबभन्दा श’क्तिशाली देशको यो ठूलो अप’मानजनक प’राजय थियो ।

अब अमेरिकीहरूले नयाँ ह’थकण्डा अपनाउन थाले । उनीहरूले यु’द्धलाई भियतनामीकरण गर्ने कोशिश गरे । जनरल थियूको रुपमा आफ्नो एक क’ठपुतलीको माध्यमबाट त्यसले भियतकाङ्ग र उत्तर भियतनामवि’रुद्ध ल’डाइँ चलायो तर अप्रिल १९७५ मा कम्युनिष्टहरूको फौजले सै’गोनलाई घे’¥यो । थियू भाग्यो ।

सैगोनको नामकरण भियतनामीहरूले आफ्नो महान नेताको नाममा ‘हो ची मिन्ह नगर’ राखे । १९७५ नोभेम्बरमा दक्षिण र उत्तर भियतनामको एकीकरणको घोषणा भयो ।
यसरी भियतनामी किसानहरूले विश्वको इतिहासमा सबभन्दा लामो यु’द्ध जिते । उनीहरूले फ्रान्सेली, जापानी, बेलायती एवं अमेरिकी सा’म्राज्यवादी श’क्तिलाई आफ्नो स्वतन्त्र हुने दृढ सङ्कल्पबाट प’राजित गरे ।