को हुन् कुलुङ ? –निनाम कुलुङ ‘मंगले’
विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति र भाषाभाषीको साझा फुलबारी हो । भलै राज्यले त्यही अनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । जे होस्, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी मध्ये एक हो –‘कुलुङ जाति ।’ त्यसअघि कुलुङ जातिलाई जबर जस्ती राई ! जातिमा गाभिएको अवस्था थियो ।
त्यसो त अझै पनि नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने कुलुङ जातिलाई छुट्टै जातिका रुपमा सूचीकृत गरिएको छैन । फलतः अझै पनि हामीले कुलुङ भनी परिचय दिँदा कुलुङ भनेको त राई ! होइन र ? भनी जवाफ दिनेहरु धेरै नै भेटिन्छ । अनि हामीले पनि –‘कुलुङ नभएर राई ! भएको भए त कुलुङको सट्टा राई ! भनी हाल्थ्यौं नि, होइन र ?’ भनी जवाफ दिने गरेका छौं । यस्तो भ्रम पर्नेमा अरु त अरु नै भई हाले धेरै जसो आदिवासी जनजाति मूलका मान्छेहरुले नै पनि कुलुङलाई कुलुङ भनी स्वीकार्नुको सट्टा कुलुङ भनेको त राई ! होइन र ? भन्न छाडेक छैनन् ।
यसो हुनुमा ‘राई’ के हो ? कुलुङ के हो/को हो ? भन्नेबारेमा व्यापक रुपमा वास्तविक कुरा बाहिर नआएकोले गर्दा पनि हो । तर, हाल धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पगरी/पदवी मात्रै हो भन्ने बारेमा सर्व साधारण मान्छेहरु माझ पनि प्रष्ट हँुदै गएको छ । जे होस्, कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरुको ऐतिहासिक थलो भूमि छ/छैन ? कुलुङहरु अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो/होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदि–इत्यादि बारे छोटकरीमा जान्ने प्रयास गरौं ! नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जात मानिन्छ ।
अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरु हुन्छन् । त्यसरी नै कुलुङ भनेको पनि बाहुन भने जस्तै जाति हो भने कुलुङको पनि बाहुनभित्र विभिन्न थरहरु भए जस्तै कुलुङभित्र पनि विभिन्न थर/उपथरहरु छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु लगायत २ सय ६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर/उपथरहरु रहेको छ ।
कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जीलिङ, सिक्किम लगायतका ठाउँहरुमा छ भने नेपालको तेह¥थुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत लगभग २३/२४ जिल्लामा रहेको छ ।
२०६८ को जनगणना अनुसार कुलुङहरुको जनसंख्या केवल २८ हजार ६ सय ३१ भए तापनि कुलुङको वास्तविक जनसंख्या कम्तीमा एकलाख ६० हजारभन्दा माथि हुन सक्ने, नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम), केन्द्रीय कार्यसमितिका महासचिव ईन्द्र कुलुङ बताउंँछन् । वास्तवमा राईकरणको मारमा परेका सबै किरातीहरुको तथ्यांङ्क २०६८ को राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको छ भने २०५८ को जनगणनामा त राईकरणको मारमा परेका कुनै पनि किराती भित्रका जातिहरुको अलग्गै जातीय तथ्यांक नै आएको थिएन ।
केही किराती जातिहरुको भाषागत तथ्यांक मात्रै एको थियो । जस्तो ५०५८ को जनगणनामा ते¥हथुम जिल्लामा एकजना पनि कलुुङ देखिएन । तापनि तेह्रथुम जिल्लामा कुलुङको जनसंख्या लगभग १५ सयको हाराहारीमा देखिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै अलग्गै मातृभाषा छ । जसलाई उनीहरु ‘कूलू रीङ’ भन्छन् ।
कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ ।
जहाँका कुलुङ भए पनि कूलपितृ आदिमा कुलुङ जातिका मोप/नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यन्जन वर्ण पहिचान गरिएको थियो । त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यन्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिवद्ध गरिदा दीर्घलाई ह«स्व मान्ने र दीर्घ जनाउदा विसर्ग (ः) दिने वा ः चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको संस्कार–संस्कृतिहरु रहेक छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मूख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्युसंस्कार गर्दा मृतकको आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाऊँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ ।
जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो विहेसम्म चेलीको मृत्यू भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ । त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहनाहरु छन् भने आफ्नै मौलिक बाजागाजाहरु पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बाल/बालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।
मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरु “हिल्सी” भन्छन् । स्वाभाविक रुपमा मृत्यु भएकाहरुलाई भने घु¥यान वा घर नजिकैको बारीमा गाडिन्छ । असलियतमा कुलुङ जातिमा मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु–मंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरु मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् ।
कुलुङ बहुल क्षेत्रमा भने पाइला टेक्न÷छिर्न पनि सक्दैनन्, आगामी जनगणनामा ‘कुलुङ होइन, ‘‘राई !’’ लेख्नूपर्छ !’ भनी तालिम/सहजीकरण गर्नेबारे त नसोचे पनि हुन्छ । वास्तवमा कथित् ‘राई !’ जातिवालाहरुले यो अनुभव विसं २०६२/०६३ को राजनैतिक परिवर्तन लगत्तै ‘महाकुलुङ’ लगायतका क्षेत्रमा यस्तो अनुभव गरी सकेका पनि छन् । तै पनि …. फुरफुर ….. गर्न ….. ।
तर, मूलथलो छाडेका कुलुङहरु भने अन्य जातजातिको देखासिकी र, त्यसो नगर्दा बहिस्कृत हुनु पर्ने र हेलोहोचो हुनुपर्ने डरले नुन नबारे पनि ३–४ दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, रांगा, सुगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई चढाउंँदा÷बिदा दिंदा सिङ भएको जनावर चल्दैन ।) गर्छन् । कुलुङ जातिको चाडपर्वहरुमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम/साइपोको आदि प्रमुख हुन् भने साह«ै अनिकाल प¥यो, दुःख, बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर यो साह्रै खर्चिलो हुन्छ ।
जोडी सुंगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्नुपर्छ । त्यसरी सुँगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्न सक्छ त्यो भन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँ अनुसार फापर, जौ र कोदोको जाँडले गरिन्छ ।
यसरी हेर्दा कुलुङ जातिको संस्कारगत कुराहरु बाहुन–क्षेत्री त के अहिलेसम्म कथित् ‘राई जाति’ एकै हौं, भाषा मात्रै फरक हो भनिएका किरातीहरु, जस्तै आठपहरिया, जेरो आदिसँग समेत मिल्दैन । फेरि हिन्दु जात समूहमा जसरी पण्डित भए जो भए पनि संस्कार गर्न मिल्छ वा हुन्छ, त्यसरी कुलुङको घरमा आएर आठपहरिया, जेरो आदिका धामी वा पूर्खाले पूजाआजा गर्न मिल्दैन । कुलुङ जातिकै नोक्छो वा पूर्खा चाहिन्छ । किनभने, कुलुङको सुक्तुलु अर्थात् चुला अरु जातिले छुन समेत हुँंदैन । वास्तवमा यो यथार्थ कुलुङ जातिमा मात्रै लागू नभएर हालसम्म ‘राईकरण !’को मारमा परेका आठपहरिया, जेरो लगायात सम्पूर्ण किरातीहरुको हकमा लागू हुन्छ ।
तर, खास भन्ने हो भने, हाल राई भनेर बढी चिनिने बान्तावा जातिको जनसंख्या विसं २०६८ को गणनामा ४ हजार ६०४ जना मात्रै आएको छ । तर, भनी कसैले भाषाविज्ञ वा भाषाविद्को फुर्को झुन्ड्याई दिएको पदम ‘राई !’ भने अझै पनि ‘राई !’ को भाषा भनेर सम्पूर्ण किरातीहरुलाई (खासगरी १ नम्बर प्रदेशमा) बान्तावा भाषा लाद्नुपर्ने आशयको अन्तर्वार्ता दिँदै हिँड्छन् । जबकि सबैभन्दा धेरै ‘राईकरण !’ को मारमा परेको जाति भनेको बान्तावा देखिन्छ । त्यस्तै चाम्लिङको जनसंख्या पनि ६ हजार ६६८, नाछिरिङको जनसंख्या ७ हजार १५४, याम्फुको जनसंख्या ६ हजार ९३३, आठपहरियाको जनसंख्या ५ हजार ९७७, थुलुङको जनसंख्या (तर, थुलुङ सामाले आप्mनो असली जातीय स्वपहिचान ‘थुलुङ’ मा ’राई !’ को फुर्को झुन्डयाएरै जाने अर्थात् ‘थुलुङ राई !’ नै हुने/लेख्ने नियर्ण गरेको छ अरे ।
त्यो उनीहरुको आत्मनिर्णयको अधिकार पनि हो । तर, …) जनसंख्या ३ हजार ५३५, मेवाहाङको जनसंख्या ३ हजार १००, बाहिङको जनसंख्या ३ हजार ९६ साम्पाङको जनसंख्या १ हजार ६८१ खालिङको जनसंख्या १ हजार ५७१ र लोहोरुङको जनसंख्या १ हजार १५३ रहेको छ । अझ राईकरणको मारमा परेका ११÷१२ देखि १७÷१८ वटा किराती जातिहरुको त जनसंख्याको अलग्गै तथ्यांक नै आएको छैन । जबकि ती ११/१२ देखि १७/१८ वटा किराती जातिहरुको भाषागत तथ्यांक भने आएको छ । विचार गरौं है राई सर राईनी म्यडमहरु ! आगामी जनगणनामा राईको जनसंख्या घटेर कति हुने हो ?
हुन त कान्तिपुर दैनिक जस्तो धेरै बिक्ने पत्रिकामा कार्यरत गणेश राई जस्ता राईप्रति प्रतिवद्घ राई पत्रकार तथा कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय (काजिका) रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) को केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव भई सकेकाले गत असारको पहिलो हप्ता कथित् राई जातिका विद्यार्थीहरुलाई आगामी जनगणनामा राई लेखाउन भनी तालिम दिई सकेका/सहजीकरण गरी सकेका छन् । हेरौं, उनको तालिम/सहजीकरण कत्तिको प्रभावकारी हुने हो ? तर, म यो राईकरणको मारमा परेका अरु जातिका बारेमा केही भन्न सक्दिन ।
तर, म यो तालिम/सहजीकरणबारे आपूm कुलुङ भएको र विसं २०५७/०५८ देखि जातीय स्वपचिानको आन्दोलनमा लागी रहेको हुनाले दावीका साथ के भन्न सक्छु भने, गणेश राई लगायत अन्य राईवाला राई सर राईनी म्याडमहरुले जत्ति नै ‘कोकोहोलो ! मच्याए पनि, रोदन गरे/रोए पनि !’ कुलुङ बहुल क्षेत्रमा भने पाइला टेक्न÷छिर्न पनि सक्दैनन्, आगामी जनगणनामा ‘कुलुङ होइन, ‘‘राई !’’ लेख्नूपर्छ !’ भनी तालिम/सहजीकरण गर्नेबारे त नसोचे पनि हुन्छ । वास्तवमा कथित् ‘राई !’ जातिवालाहरुले यो अनुभव विसं २०६२/०६३ को राजनैतिक परिवर्तन लगत्तै ‘महाकुलुङ’ लगायतका क्षेत्रमा यस्तो अनुभव गरी सकेका पनि छन् । तै पनि …. फुरफुर ….. गर्न ….. ।
थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९, E-mail: ninamkirat123@gmail.com



