Logo

थप एक साता निषेधाज्ञा हुने


जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जा’री नि’षेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि नि’षेधाज्ञा जारी गर्ने आ’देश भएको थियो ।जिल्ला को’भिड—१९ स’ङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि नि’षेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

नि’षेधाज्ञाका समयमा बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरीद गर्न दिइने भएको छ ।पसल खोल्दा र व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा र सेनिटाइजर अनिवार्य प्रयोग र सामाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि नि’षेधाज्ञा केही दिनअघिदेखि जारी गरिएको जिप्रकाले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्