धुलिखेलमा किराँतकालिन मुर्ति भेटियो
मनिष यगोल श्रेष्ठ, काठ्माण्डौ -धुलिखेल वडा न.तीन बतासे डाँडामा नि’र्माणाधीन ढ’ल प्र’शोधन केन्द्र तथा हालै निर्माण सम्पन्न चंखुबेसी मार्गको प्रारम्भिक ढलाननिरको वनदेवीथाननिर यस पंक्तिकार साईक्लिङ् गर्दै उक्लिंदा झ्वाट्टै प्रा’चीन झैं लाग्ने मुर्तिसंग जम्काभेट भयो । नजिकिएर नियाल्दा पुर्व लिच्छवीकालीन मा’तृका लाग्यो, तस्वीर लिएर घर फर्की पु’रातात्विक गुरु तथा साथीहरुलाई जानकारी दिंदा अ’पेक्षाकृत प्रतिउत्तर आए पछि मन ज्यादै प्रफुल्लित भयो ।
भारतमा कुषाणकालीन मुर्तिहरु यस्तै शैलीका इशा पुर्व पहिलो शताव्दी देखिको पाइन्छन् भने नेपालमा दोश्रो/तेश्रो शताव्दी तिर मात्र यस्तो कला प्रसार भई निर्माणभएको कुरा मुर्तिविज्ञ स्व’र्गीय लैनसिंह वाङ्ग्देलको अध्ययनले जनाउँदछ भनी त्रिभुवन विश्वविद्यालय संस्कृति तथा पुरातत्व विभागका प्रमुख डा.मदन रिमालज्युको जानकारीले यसको प्राचीनता अझै नियाल्नु पर्ने देखिन्छ ।
उपत्यकामा रहेका थुप्रै प्राचीन मा’तृकाका मुर्ति तथा वि’रुपाक्ष समीपको आर्यादेव/सुर्य मुर्ति संगै सा’मिप्यता राख्ने यस मुर्तिको पनि गहनाहरु कतिपय समानता तथा आशनमा बसेर श्री फल/पद्म बीज बाँया हातले बोकेको देखिन्छ । साथै दाँया हात का’टिएको तथा कम्मर मुनिको भाग छु’ट्टिएको छ । शिर पछिको प्र’भावली साधारण भए पनि जिउँ पिछा पनि कला कुँ’दिएकोछ । चुन ढुंगा जस्तै प्रकृतिको एक हातको एउटैचट्टानमा कुँ’दिएको सो मुर्ति अहिले सम्म पनि प्रष्ट किराँती महिला स्वरूपमा देखिएकोले दर्जनौ मा’तृका मुर्ति मध्यको नमुना मुर्ति मान्छन् थुप्रै इ’तिहासकारहरु ।
काठमाडौँ उपत्यका बाहिर पनि थुप्रै प्राचीन सम्पदा हुन्छन भन्ने प्रमाण पाँचखाल जस्तो फाँटमा पुर्व मध्यकालीन भ’व्य दरवार अ’वशेषले प्रष्ट्याउछ । तीन तहको सरकारले अझै ध्यान दिए अझै स्वर्णिम इ’तिहास उपत्यकाको परिधीमा पनि भेटिन्छन् ।
धेरै समय देखिको लिच्छवीकालीन अ’वशेष धुलिखेल तथा समग्र काभ्रेमा खोज्दै जाँदा, के खोज्छस् कानो आँखा झैं भयो । तर यो खुशी धेरै बेर टिकेन । बाटो निर्माताले सो मुर्ति कु’त्तालका शेरबहादुर तामाङ्द्वारा प्रदान गरिएको रहेछ । खुल्दुली बीच उनलाई नै सोध्दा मनै कु’डीयो । उनका भान्जाले पनौती, भालेश्वर आसपास रोशी खोला निरको ढुंगा खानीबाट ढुंगा ढुवानी गरी अनलोड गर्दा फेला पारेर बुझाएछन ।
अन्जानबस सिमेन्ट प्रयोग गरी प्राचीन मातृकालाई व’नदे’वी नै सरह स्थापना गरेको देख्दा अनि नजिकैको पु’रातात्विक जानकार पंक्तिकारलाई जानकारी नदिंदा अझै मन कु’डीयो । यसर्थ, छिट्टै नै सो ढुंगा खानीमा आवश्यक खोजी कार्य गर्न जरुरी देखिन्छ ।अहिलेलाई, धुलिखेल तथा प’नौतीका मेयर तथा प्रमुख जिल्ला अधिकारीलाई दिईएको अग्रिम जानकारी तथा सल्लाह अनुरुप सो मुर्ति धुलिखेल नगरपालिका भवन मै सुरक्षित स्थानान्तरण गरिएकोछ ।
तसर्थ, निकट भविष्यमा बन्न लागेको स्थानीय सं’ग्रहालयमा छिट्टै नै यस्ता सम्पदा सुरक्षित तथा सु’सज्जित हुन सके काभ्रेपलाञ्चोक जिल्लामा रहेका अरु थुप्रै लुकेका सम्पदाहरुका खोजमा चाख बढ्ने थियो । काठमाडौँ उपत्यका बाहिर पनि थुप्रै प्राचीन सम्पदा हुन्छन भन्ने प्रमाण पाँचखाल जस्तो फाँटमा पुर्व मध्यकालीन भ’व्य दरवार अ’वशेषले प्रष्ट्याउछ । तीन तहको सरकारले अझै ध्यान दिए अझै स्वर्णिम इ’तिहास उपत्यकाको परिधीमा पनि भेटिन्छन् । अनि धुलिखेल वा प’नौतीमा प्रादेशिक सं’ग्रहालय बनाउन सके काठमाडौँ तथा हेटौडा उपत्यका केन्द्रित विकासबाट पनि अलि मोड लिनेथ्यो ।
– (लेखक मनिष यगोल श्रेष्ठ काभ्रेपलाञ्चोका इतिहासकार हुुन, यो लेखलाई हिमवतखण्ड डटकमबाट लिएको हो । )



