एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । जित्नुको एउटै कारण हो, राम्रो टिमवर्क। फुटबल शुन्दर गेममात्र होइन राम्रो टिमवर्क पनि हो ।

पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । फ्रेन्च क्लब पेरिस सेन्ट राम्रो अबसर फालेको कारणले गर्दा पनि हार्न पुज्ञो ।

स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्सले कोमानले निर्णायक गोल गरे ।

लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो । पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन ।

दोस्रो हाफमा बायर्नले आक्रमणमा केहि बढावा दिँदै गोल निकाल्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए । उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका थिए ।

निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा प्रेस्नेल किम्पेम्बेले मुलरविरुद्ध पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै कुनै खतरा बढ्न दिएनन् । अन्तिम मिनेटमा एमबाप्पेले सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा पीएसजीले अग्रता लिन सकेन । अनमार्क रहेका एमबाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो ।

यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो ।

यता, पीएसजी भने पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

पीएसजी पहिलो पटक फाइनलमा समेत पुगेको हो ।

सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लाइपजिगलाई हराएको थियो ।