Logo

अदृश्य मर्दको खोजि ‘कथा’- भिम राई


भारतिय बिज्ञान संस्थान, बैङ्लोरबाट चार बर्षे अध्यान पुरा गरेर म काठमाण्डौ फर्कदै थिए । दिउसोको ठिक चार बजे जेट एअरले त्रिभुवन बिमानस्थलमा अबतरण गर्दै गर्दा म अति हर्षित मुद्रामा थिए । मेरो स्वागतको लागि बाबु बिमानस्थलमा आउनु भएको थियो । त्यसैले हतार-हतार बिमानबाट निस्केर उहाँ सँग भेट गरे । तर हाम्रो रमाईलो भेटघाटले उहाँको मुहारमा त्यति धेरै खुशिको लहरहरु देखा परेका थिएनन् ।

बाबुको मुख्य पेसा राजनीति थियो । त्यसैले उहाँ पटक पटक मन्त्री बन्नु भएको थियो । बर्णाश्रम ब्यबस्था भएको मुलुकमा साम्यबादको चुचुरो पुग्न सकिन्न भन्ने उहाँलाई राम्रै हेक्का थियो । तै पनि झुटको खेति गरेर लाटो देशको गाडो तन्नेरि बन्दै घरि घरि शक्तिशालि मन्त्रि भै रहनु भएको नेपाली इतिहास थियो ।

उहाँले राजनैतिक अनुभव मात्र बटुल्न भएको थिएन । पुतली सडक, बानेश्वर, महाराजगन्ज र भैसे पार्टीमा गरेर चार वटा घरहरु पनि खरिद गर्नु भएको थियो । अझै मोरङ, सुनसरि र झापामा प्रसस्तै जग्घा जमिन पनि किन्नु भएको थियो । तर शावक चरिको बच्चा जस्तो तरल नेपाली राजनीतिले भबिश्यमा पर्न सक्ने असम्भाब्यता लाई मध्यनजर गर्दै काठमाण्डुको सबै घरहरु मम्मि, दाजु र मेरो नाममा दर्ता गरि दिनु भएको थियो ।

हाम्रो पुर्ख्यौली घर पुर्वी पहाडको खार्पा भन्ने ठाउमा पर्दथ्यो । म खार्पा कहिलै पुगेको थिईन, यधपि आफ्नो पुर्ख्यौलि घरको बिषयमा प्रशस्त सुनेकी थिए । तत्कालिन समयमा हामी बिर्तामा मालिक र वरिपरिका बस्तिहरु बिर्ताका रैति थिए । बिर्ताको मालिक भएकोले भारत, बेलायत वा अमेरिकामा पढनु पर्छ भन्ने ज्ञान जिज्यु-बराज्युबाट बाबुले चाल पाउनु भएको थियो । त्यहि भएर बाबुले मलाई भारत र दाजुलाई बेलायत पढन पठाउनु भएको थियो ।

दाजुले सबैभन्दा पहिले इटन कलेजमा अध्यान गर्नु भएको थियो । जहाँ बेलायत लगायत सँसार भरिका राजपरिवारका सदश्यहरु र कुलिन बर्गका सन्ततिहरुले मात्रै पढने अबसर पाउदथे । त्यहाँ पढेका बिस जना बिधार्थीहरुले बेलायति प्रधान मन्त्रीको जागिर खाई सकेका इतिहास साक्षी थियो । बाबुले पनि निकट भबिश्यमा नेपालको प्रधान मन्त्री बनाउने उदेश्यले दाजुलाई इटन कलेजमा पढाउनु भएको थियो ।

इटनको दुई बर्ष पछि दाजु अक्सफोर्ड युनिभर्सिटीमा जानु भयो । र, ‘बेलअल कलेज’ अक्सफोर्डमा राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्र ‘पिपिई’ पढनु थाल्नु भयो ।

दाजु पहिलो बर्षको बिधार्थी “फ्रेशर” हुँदा हाम्रो परिवारमा ठुलो घटना घट्यो । नौबिसेको ओरालोमा बेगले झरेको ट्रकले कि’चेर मम्मिले यात्रा गरिरहनु भएको नयाँ मर्सिडिजलाई एक पोका बनाई दियो । मेरी ममतामयि माता र चालकको घटनास्थलमा नै मृत्यु भयो ।

त्यस दुर्घटनालाई नेपाली छापाहरुले “पाप धुरि बाट करायो” भन्ने समाचारका हेडलाईन बनाई दिए । त्यस्तो बिषम परिस्थितिमा नेपाली अखबरहरुले बाबुलाई भ्र’ष्टाचारिको मुख्य ना’इकेको बिल्ला भिराई दिएको थियो । जुन घटनाले पारेको मानसिक घा’त प्रतिघा’तले दाजुले परिवारसँग सधैको लागि सम्पर्ग बिच्छेद गर्नु भयो ।

म बैङ्लोरबाट फिरेको एक हप्ता भै सकेको थियो । बाबु हरेक दिन जसो राजनैतिक भेटघाटमा ब्यस्त हुनु हुन्थ्यो । घरमा मम्मि नभए पछि मलाई घर घर जस्तो नभएर मसान घाट जस्तो लाग्न थालेको थियो । अझै बिहान बेलुकि फोनमा बोलि रहने दाजुले सम्पर्ग बिच्छेद गर्नु भएपछि झन घरको बयान गरेर साध्यै थिएन ।

फोहर, धुलो र धुवाको कोलाहलमय बानेश्वरको एक बेलुकि बाबुले मलाई बैठक कोठामा बोलाउन भयो ।

वाईन हल्लाउदै हल्लाउदै उनी मिलिक्कै आई पुगिन । ठिक त्यँही बेला मुख्य ढोका बाट टिङटङ आवाज आयो । एक जोडि स्कटिस बुढा बुढि रेस्टुरेन्ट भित्र छिर्दै गरेको त्यहाँ दृश्य देखियो । उनी हतार हतार त्यतै ढोका तिर लागिन । म सुस्तरि वाईनको चुस्कि लिन थाले ।

“छोरी ! तिम्रो जिन्दगीको सबै काम थाति राखेर दाजु खोज्न बेलायत जाउ ?”

अचानक बाबुको त्यस्तो कुरो सुनेपछि म किमकर्तब्यबिमुढ बने । जुन काम मेरो लागि त्यति सहज थिएन, किनभने म कहिले पनि बेलायत पुगेकी थिईन । लण्डन, बर्मिङघाम, म्यानचेस्टर र लिभरपुल जस्तो त्यति ठुलो सहरहरुमा मेरो दाजुलाई कहाँ र कसरि खोज्ने होला भनेर मन भित्र अनेकौ शङ्का उपशङ्का उब्जि रह्यो । तर श्रीमती र छोरोको न्यानो मायाबाट बन्चित हुनु भएको बाबुको बिचार लाई मैले सहजै नकार्न चाँही सक्तिनथे । त्यसैले ‘बाबु ! हस, म बेलायत जानको लागि तयार छु,’ भन्दै बैठक कोठाबाट निस्के ।

१७ जुलाई २०१५ को दिन म त्रिभुवन बिमानस्थल तर्फ लागे । राष्ट्रको उपप्रधान मन्त्रिको छोरी भएकी नाताले बिमानस्थलको बिशिष्ठ कक्षाको सुबिधा प्रयोग गर्न शौभाग्य पाएकी थिए । त्यसदिन पनि सदा झै बरिष्ठ भिआईपी बनेर अध्यागमनको कर्मचारिहरुलाई छिचोल्दै सरासर माथिलो तलामा पुगे । बाबु शक्तिमा आउनु भए देखी मैले बिमानमा ‘मितब्ययि कक्षा’ पनि चलाउन छाडि सकेकी थिए । त्यसैले त्यसदिन पनि ‘इमराटस एअर’ को फस्ट क्लासबाट दुबाई हुदै लण्डन जादै थिए ।

हृदय भरि पिरको बोझ बोकेकी भएपनि बिस्तारै हिडदै गए र बिमान भित्र पसे । अनि बिमानमा बसिन्जेल ‘डबल एस’ अथवा सुशि र सेम्पेन पिई रहे, किनभने केहि बर्ष यता ‘मोयट एण्ड चण्डन’ सँग मैले अगाढ प्रेम गाँसेको थिए । दुबाईबाट करिब सात घण्टाको यात्रा पछि बिमान हिथ्रो बिमानस्थलमा अबतरण भयो । बिमान अबतरण हुने बितिक्कै परिचारिकाले स्थानिय समय बिहानको सात बजेको ध्वनिप्रसारक यन्त्रबाट जानकारि गराईन ।

अध्यागमनबाट बाहिर निस्केपछि एउटा ट्याक्सि समातेर सिधै डोरचेस्टर तर्फ लागे । ब्रुनाईका राजा सुल्तानको प्रतिष्ठित ‘होटल डोरचेस्टर’ मा बस्ने सपना धेरै अगाडि देखी बुनेकी थिए । जुन सपना त्यस दिन बिपनामा परिणत भयो । डोरचेस्टर, लण्डनको दुई दिन बसाई पछि मार्लिबर्न, रेल स्टेसनबाट अक्सफोर्ड तर्फ लागे ।

‘द वर्ल्ड बैकं होटल’ अक्सफोर्ड केहि दिनको लागि मेरो घर भयो ।

सोमबार बिहानको दश बजे युनिभर्सिटिको बेलअल कलेजमा पुगेकी थिए । आगन्तुक कक्षामा पुगेर त्यहाँ अध्यानरत मेरो दाजु दुई बर्ष यता पारिवारिक सम्पर्गमा रहेको छैन भनेर सुचना दिए । रिसेप्सनमा कार्यरत मार्था डेभिस मेरो कुरो सुनेर छक्क परिन । दाजुको अबस्था ठिक्कै होला भनेर उनले भगवानसँग प्रार्थना गरिन । यदि अहिलेसम्म ठिक नभएको भए नराम्रो समाचार सुनिन्थ्यो होला भन्दा मेरा आँखाहरु धमिला धमिला भए । रुमाल निकालेर एक छिन आँखा छोपे । केहि बेर पछि दाजुलाई पढाउने प्राध्यापक सर जुलियन मर्फि सँग भोलि बिहानको दस बजे भेटघाट गर्ने समयको उनले बन्दोबस्त मिलाई दिईन ।

मार्थासँग बिदा भएपछि सिधै कलेज बाट निस्केर ‘अक्सफोर्ड इनभेस्टिगेटर्स’ को कार्यलय हाई स्ट्रिट तर्फ लागे । मैले दाजुको एउटा तस्बिर साथैमा बोकि रहेको थिए । तिनै तस्बिर देखाएर अक्सफोर्ड इनभेस्टिगेटर्सका निजि जासुस रबर्ट कुपर सँग केहि कुरो बुझ्न थाले । तर रबर्टले मेरो पुरै अन्तर्बार्ता लिन सुरु गरे ।

नाम : शरद कुमार
पेशा :बिधार्थी
उमेर :२४ बर्ष
उचाँई : १७० सेन्टिमिटर
बर्ण : गहुँ गोरो
भाषा : नेपाली र अङ्ग्रेजी

रबर्टले मेरो ब्यक्त्तिगत जिन्दगी र परिवारिक पृष्ठभुमिको बिषयमा पनि खुवै चासो लियो र पुर्ण बिबरण माग्यो । मैले भारतिय बिज्ञान संस्थान, बैङ्लोरबाट स्नातक गरेको हुँ । मेरो बाबु पटक पटक नेपालमा मन्त्रि भएर राष्ट्रका सेवा गरेका छन्, भने  बाबु मन्त्रि भनेको सुनेपछि उसको मुहार मेरो नयनबाट बिस्तारै हटायो, र केहि बेर कोठाको पर्खाल तिर क्वारक्वार्ति हेरि रह्यो । जसले गर्दा ऊ प्रति मेरो हल्का शँका उत्पन्न भयो ।

“रबर्ट ! के तपाईले मेरो दाजु कहाँ छन् भनेर पत्ता लगाउन सक्नु हुन्छ ?” बिनम्रता पुर्वक सोधे ।

“थाहा छैन, तै पनि म शत प्रतिशत कोशिस गर्नेछु ।” अनुहार बिस्तारै म तर्फ फर्कायो । त्यति बोलि सकेर केहि बेर चुपचाप बस्यो । अनि लामो सास तान्यो र फेरि बोल्न थाल्यो ।

“के तिम्रो बाबुले जलश्रोत मन्त्रि पनि गर्नु भएको थियो ?”

“हो हो ! तर किन ?” आश्चर्यचकित हुदै प्रति प्रश्न गरे ।

“किनभने जलश्रोत मन्त्रालयमा असाध्यै भ्र’ष्टाचार हुने कुरो मैले नेपाल पुग्दा सुनेको थिए ।”

हुनत दुई दशक यता मेलम्चिको पानी काठमाण्डौमा ल्याउने प्रयत्न जारि थियो । मेलम्चिको नाममा हुने भ्र’ष्टाचारको बिषयमा रबर्टलाई पनि राम्रो ज्ञान रहेछ । त्यसैले म केहिबेर चुपचाप बसे । त्यसपछि राष्ट्रको बाँकी बे’इज्जत सुन्न मलाई त्यति उचित लागेन । उसलाई फेरि भेटने बाचा गर्दै म त्यहाँ बाट बिदा मागेर हिडे । तर नेपालमा हुने भ्र’ष्टाचारको बिषयमा बेलायति जनतालाई सम्म थाहा हुने रहेछ भनेर मेरो मन भित्र हल्का त्राश उत्पन्न भै रह्यो ।

भोलि बिहान ठिक दश बजे प्राध्यापक सर जुलियन मर्फिसँग मेरो भेट भयो । उहाँले कुमार राम्रो बिधार्थी भएता पनि ‘पिपिई’ उसको लागि अलिक गार्हो बिषय पर्यो । जस्ले गर्दा बिचैमा युनिभर्सिटि छाडेर हिडेको कुरो उहाँले मलाई बताउनु भयो । तर दाजुले अक्सफोर्ड छाडन अगाडिको अन्तिम भेटमा लिभरपुल तिर जान्छु भनेको पनि सुनाउनु भयो ।

प्राध्यापक मर्फिलाई भेटेको भोलि पल्ट मैले अक्सफोर्ड छाडे । बिहानको ११ बजे लिभरपुलको लाईम स्ट्रिट रेल स्टेसन पुगे । त्यति ठुलो सहरमा दाजुलाई कसरि फेला पर्ने होला भनेर मन भित्र अनेकौ कौतुहल्ता र प्रश्नहरु बर्षि रहेका हुन्थे । यदि दाजुसँग भेट हुन सकेन भने बाबुलाई के भन्ने होला ? त्यो प्रश्नले मेरो हृदयमा पारेको गाँठो घरि घरि बल्झदा सास फेर्न गार्हो पर्दथ्यो ।

स्टेसनबाट निस्केर केहि बेर यता उता हिडे । नजिकै रहेको हिलटन लिभरपुलमा दुई दिनको लागि एउटा कोठा आरक्षण गरे । अनि दिनभरि सहरको अति नया एबम प्रतिष्ठित ब्यापारिक क्षेत्र ‘एल वान’ को राम्रो नजर लगाए । बेलुकि पख बिटल्सका ‘नर्वेजियन वुड’ गित गाउने पर्यटकहरु सँग सँगै म्याथु स्ट्रिटको भट्टि पशल चाहरि रहे । अन्तमा ‘यु नेभर वाक एलोन’ गित गाउने लिभरपुल फुटबल क्लबका अन्धोभक्त्तहरु सँग केहि बेर मिसिएर जा’ड पिएर समय खर्च गरे ।

अर्को दिन होटलमा ब्रेकफास्ट खादै थिए । अध्यान गर्न आउनु भएको तर अहिले हराउनु भएको दाजुको खोजि गर्न हिडेको बेदना बेयरालाई सुनाए । उनले नजिकै रहेको ‘सेन्ट जोन मार्केट’ जाने सल्लाह दिईन । उनको सल्लाह बमोजिम त्यहाँ पुगे र केहि बेर मार्केटको परिक्रमा गरे । माथिल्लो तलामा रहेको शौचालय प्रयोग गर्न जाँदा शौचालय सफा गर्ने मानिस सँग मेरो हल्का परिचय भयो । उसको नाम मान्योल र बार्सोलोना, स्पेन बाट आएका रहेछन् । मैले झोला बाट दाजुको फोटो निकालेर ‘यो मानिसलाई कतै देख्नु भयो कि रु’ भनेर उसलाई एक पटक सोधि हेरे ।

उसले फोटोलाई एक झलक हेर्यो, “कुमार रहेछ, ऊ पहिले यहाँ नजिकै फिलिप्स फलफुल पशलमा काम गर्दथ्यो ।”

उसको भनाई सुनेर म तरङ्गित भए । अचानक मेरो टाउको फुलिएर आयो । केहि बेर टोलाएर उसको मुहार राम्ररि पढन थाले । “मेरो पछि पछि आउनोस,” उसको भनाई राम्ररि हावामा मिसिन नपाउदै म उसको झन नजिक पुगे । ऊ मेरो अघि अघि र म उसको पछि पछि फलफुल पशलको मालिक एलेक्स फिलिप्सको दोकानमा पुग्यौ । त्यहाँ पुगेर मान्योलले एलेक्स सँग एकछिन कुरो गर्यो ।

मान्योलको कुरो सुनेपछि एलेक्स म सँग बोल्न थाल्यो । कुमारले हाम्रोमा दुई महिना जति काम गर्यो । तर एउटी स्कटिस केटी साथि बनाएर उतै स्कटल्याण्ड तर्फ लाग्यो । एडिनबर्गको एउटा नेपाली रेस्टुरेन्टमा काम गर्छ भन्ने सुनेको थिए । त्यो पनि एक डेढ बर्ष जति भै सक्यो ।

भोलि पल्ट लाईम स्ट्रिट स्टेसन बाट रेल समातेर दिउसोको चार बजे वेभर्लि ट्रेन स्टेसन, एडिनबर्ग पुगे । रेल बाट झरेर स्टेसनको नजिकै रहेको ‘बालमोरल होटल’ मा एउटा कोठाको बन्दोबस्त मिलाए ।

होटलमा बेलुकि खाना खाने क्रममा नेपाली रेस्टुरेन्ट कहाँ पर्छ भनेर पोलिश बेयरासँग सोधे । खै त्यति धेरै मलाई पनि थाहा छैन तर ‘११० मर्निङ्ग साईड रोड’ मा एउटा छ भनेर मैले सुनेकी थिए ।

खाना खाई सकेपछि समय कटाउन बालमोरलको बार भित्र छिरे । बार ज्यादै सुनसान थियो । आरामदायि सोफामा बसेर थोरै स्कटिस सिङ्गल माल्ट मगाए । अनि त्यति आनन्द दायक कोठामा बसेर सिङ्गल माल्टको चुस्किले मेरा सारा दुखहरु भुल्ने प्रयत्न गर्न थाले । अचानक भित्ताको पर्खालबाट एउटा हृदयश्पर्शि अङ्ग्रेजी गित बज्न सुरु गर्यो ।

बाटो लामो छ, अशख्याँ घुम्तिहरु छन् ।
त्यसले कहाँ पुर्याउदछ, कस्लाई थाहा होला ?
तर म शक्त्तिशाली छु, उहाँलाई बोक्न सक्छु ।
उहाँ त्यति गर्हौ छैन, किनभने उहाँ मेरो दाजु हो ।

उहाँ मेरो दाजु हो । ‘द हुलिज’ को त्यो कर्णपृय तर अति दुखित गितले सिङ्गल माल्ट समाति रहेका मेरा हातहरु थरर कापे । गित सुनेर मेरो हृदय अनायसै छिया छिया बन्न पुग्यो । मेरा रशिला रशिला आँखाका ढकनिहरु बन्द हुदै, खोलिदै गरे ।

हातमा भएको घडिलाई एक झलक नियालेर हेर । समय बेलुकिको नौ बज्नै लागेको थियो । त्यसरि हाते घडिलाई हेर्दा मलाई दाजुको यादले झन धेरै धेरै सतायो, किनभने बाबा र मम्मिको बिबाह भएको २५औ बार्षिकोत्सवको अबसरमा दाजु लाई ‘सबमरिनर’ र मलाई ‘डेटजस्ट’ दुई वटा रोलेक्स घडिहरु मम्मिले स्विटजरल्याण्ड बाट ल्याई दिनु भएको थियो । तर बिधिको बिडम्बना १ मम्मिलाई पहिले नै यस धर्ति बाट सधै सधैको लागि बिदा गरि सकेकी थिए र दाजुलाई खोज्दै खोज्दै स्कटिस माटोमा भौतारिदै हिडि रहेकी थिए ।

मध्य जुलाईको सुर्यास्त एडिनबर्ग डाँडोको पुरानो दरवार बाट बिस्तारै बिस्तारै बिलिन हुदै गई रहेको थियो । झ्याल बाहिर प्रिन्सेस स्ट्रिटमा स्कटिस पहिरन ‘किल्ट’ लगाएर पाईप बजाउदै नाच्दै गरेको एक जना फुर्तिलो स्कटिस लाई देख्दा ऊ कति सुखि जिन्दगि गुजारि रहेका छन् भन्ने मलाई यदाकदा भान पर्दथ्यो । मैले निक्कै लामो समय सम्म उसलाई नियालेर हेरि रहे । जति जति उसको पाईपले सङ्गित फेर्दै जान्थ्यो एडिनबर्गको समयले मलाई उजाड उजाड बनाउदै लान्थ्यो । सन् ११०३ मा निर्माण भएको एडिनबर्गको दरवार भ्रमण गरेर ओरालै ओरालो झरेका हरेक पर्यटकहरुको आँखा तिनै पाईप बादककोमा परेका मेरा निरस नयनहरुले निक्कै बेर सम्म हेरि रह्यो ।

भोलि दिउसो एउटा ट्याक्सि समातेर मर्निङ्ग साईड रोड तिर लागे । यदि दाजु सँग भेट भै हाल्यो भने पहिलो भेटमा मलाई के भन्ने हुन भनेर मन भित्र थोरै त्राश उत्पन्न भै रह्यो । दिउसोको ठिक साढे बार्ह बजे म रेस्टुरेन्टको ढोका अगाडि पुगि सकेको थिए । ढोका बाट भित्र छिरेर केहि बेर त्यँही उभि रहे । मेरो सिधै अगाडिको टेबलमा चार जना मानिसहरुले खाना खाई रहेका थिए । म ढोका छेउमा उभि रहेको देखेर टकटक हिल पटकाउदै एक जना स्कटिस युबती मेरो नजिकै आईन ।

‘हेल्लो ! कति जना हुनु हुन्छ ?’ थोरै मुस्कान सहित बेयराले मलाई सोधिन ।

‘म मात्र एक जना हो ।’ छोटो उत्तर फर्काए ।

‘यतै बस्नु होला ?’ एउटा हातले कुर्सि तानेर तिनै कुर्सिमा बस्ने मलाई सँकेत गरिन ।

उनको एउटा हातमा मेनु थियो । म कुर्सिमा बस्ने बितिक्कै थपक्कै मलाई मेनु दिईन । मैले मेनु नहेरि, “कृपया ! मलाई एक गिलास घरेलु सेतो वाईन ल्याई दिनु होला ?” मध्यान्हको प्रचण्ड गर्मि थियो, त्यसैले सेतो वाईन मगाए ।

वाईन हल्लाउदै हल्लाउदै उनी मिलिक्कै आई पुगिन । ठिक त्यँही बेला मुख्य ढोका बाट टिङटङ आवाज आयो । एक जोडि स्कटिस बुढा बुढि रेस्टुरेन्ट भित्र छिर्दै गरेको त्यहाँ दृश्य देखियो । उनी हतार हतार त्यतै ढोका तिर लागिन । म सुस्तरि वाईनको चुस्कि लिन थाले । र, भित्तामा सजिएका बडेमाको भिक्टोरिय क्रस बिजेता गोर्खाली सिपाहिहरुको तस्बिर गौरवताको साथ नियालि रहे ।

र, म भ्र’ष्टाचारिको छोरो भएर नेपालमा एक सेकेण्ड पनि बाँच्न सक्त्तैन थिए । त्यसको सट्टामा स्वाबलम्वि बनेर जे कमाउछु त्यो खान्छु भन्ने सोच तिर लागे । अब तिमी पनि मलाई भुलि देउ र नेपाल फर्केर जाउ । बाबुलाई म यस धर्तिमा छैन भनेर सुनाई देउ । मलाई थाहा छ, त्यो एकदम कठिन छ । तर त्यसैमा हामी सबैको भलो हुन्छ ।”

केहि क्षणमा खानाको अर्डर लिन उनी मेरो सामु आई पुगिन । मैले सिक केबाब, चिकन जलफ्रेजि, बासमति राईस र गार्लिक नान मगाए । खानाको अर्डर गरेपछि थोरै मौकाको फाईदा लिन खोजे । झोला बाट दाजुको फोटो निकालेर उनलाई देखाउदै, “के उहाँलाई कतै देख्नु भएको छ रु” सुस्तरि सोधे । फोटो हेरेपछि उनी थोरै झस्किईन, त्यसपछि मधुरो स्वरमा बोल्न सुरु गरिन ।

“कुमार ! उ मेरो श्रीमान हो । अनि तपाई को हो?”

“म उसको बैनी हुँ ।”

“तर उसले मेरी बैनी पनि यहाँ छिन भनेर अहिलेसम्म भनेका थिएन ।”

“ए…. हो । अनि खै दाजु कता हुनुहुन्छ ?”

“एक हप्ता छुट्टि मनाउनको लागि मार्लोक्का, स्पेन जानु भएको छ ।”

मैले धेरै धेरै धन्यबाद भने । त्यसपछि उनी बिस्तारै हिडदै बार तिर गईन । दाजु खोज्दै हिडेकी थिए, अचानक मेरो बिदेशी भाउजुसँग भेट भयो । त्यसैले दिलमा थोरै भएपनि खुसीका लहरहरु पलाएर आए । तर भाउजुले मलाई किन किन थोरै शँकालु दृष्टिले हेरि रहनु भएको जस्तो लाग्यो । केहि बेरमा भाउजुले खाना ल्याई दिनु भयो । खाना खाई सकेपछि अर्को हप्ता दाजु सँग भेटन आउने बाचा गर्दै म त्यहाँ बाट बिदा भए ।

मेरो स्कटल्याण्ड बसाई एक हप्ता लम्बियो । त्यसैले एडिनबर्ग बाट ग्लास्को, एबरडिन, स्टर्लिङ, लक नेस, फोर्ट विलियम र सेन्ट एन्ड्रु सम्म पुगेर फेरि अर्को हप्ता बालमोरल फर्किए ।

सोमबारको दिन स्कटल्याण्डको आकास रोई रहेको थियो । दिउसोको बार्ह बज्ने बितिक्कै म रेस्टुरेन्टको ढोका भित्र छिरे । तर त्यहाँ दाजु वा भाउजु दुवै लाई नदेख्दा म झसङ्ग झस्के । ढोका भित्र छिरेर म केहि बेर त्यँही उभि रहे । अर्कि एकजना पातली बेयरा मेरो नजिक आई पुगिन । मैले मौकाको फाईदा उठाउदै, “खै ! कुमार ?” भनेर प्रश्न गरे । मैले सोधेको प्रश्न सुन्ने बितिक्कै उनी ‘कुमार’ भन्दै भान्सा कोठा भित्र छिरिन ।

गर्लम्मै ओढेको मैला सेतो ज्याकेट, कागजे ठुलो टोपि र मरन्च्यासे अनुहारमा धेरै दिन सम्म नकाटेर जताततै फर्केका दार्ही जुङ्गा सहितको दाजुको दरिद्र हालत देखेर मेरा आँखाबाट सरर आँसु बहन थाल्यो । सुक्क सुक्क गर्दै त्यसरि म रोएको देखेपछि “यहाँ रुन हुदैन,” भन्दै उहाँले मेरो हातमा तानेर हतार-हतार किचन भित्र लानु भयो । किचन भित्र पसेपछि म केहि बेर उहाँको तातो अङ्गालोमा बाधि रहे ।

“दाई ! तपाईले यो के गर्नु भएको हो ?”

“बैनी ! जिवनमा कसैले नपढेका धेरै धेरै लामो कथा छन् ।”

मैले उहाँको हात समाति रहेको थिए । मलाई त्यतिबेला उहाँ सँग बचपनमा खेलेको याद आई रहेको थियो । हातका हस्तरेखाहरु बेसार पोतिएर पुरै पहेला पहेला देखीन्थे । अझै नान पोल्दा डढेका हत्केलाका छाला र नङहरु देखेर मेरा आँसु झन रोकिन सकेका थिएनन् । दाजुको त्यस्तो करुणामय र निरस मुहार हुन्छ होला भनेर मैले जिन्दगीमा सोचेको पनि थिईन । तै पनि बेखुशि साथ सानो स्वर निकालेर बोल्न सुरु गरे ।

“राष्ट्रको प्रधान मन्त्रि बनाउने बाबुको सपनालाई स्कटल्याण्डको किचनमा तुहाउदै हुनुहुन्छ । धन दौलत, मान सन्मान, इज्जत र प्रतिष्ठा कुन चिजको कमि थियो ? किन बाबु र मलाई यसरि सजाय दिनु हुन्छ ?”

मेरो कुरो सुनेर दाजु केहि बेर भाबुक बन्न भयो । त्यसपछि बिस्तारै मुख खोल्नु भयो ।

“मैले बाबुको रहर बमोजिम पढन सकिन । मम्मीको मृत्यु पछि मेरो मन सम्यम भएन । तर भाग्यले साथ दिएर जेनीसँग मेरो भेट भयो । उनैले मलाई जिउन बाध्य गराई दिईन । त्यसपछि हाम्रो एउटा छोरो पनि भयो । बैनी 1 अब म आफ्नो जिन्दगी सँग एकदम सन्तोष छु । र, म जहाँ छु त्यँही रहन देउ ।”

दाजुको कुरो सुनेर म केहि बेर अवाक बने । “तपाई लाई समश्य भएपछि नेपाल आउनु भए भै हाल्थ्यो नि…?”

“मैले त्यो निर्णय पनि गर्न सकिन । मलाई आमाको मृ’त्यु दुर्घटनाले भएको होईन ह’त्या भएको हो भन्ने लाग्यो । त्यसको मुख्य कारण बाबु नै हुनुहुन्छ भन्ने पनि मैले सोचे, किनभने देशका सबै जनताले उहाँलाई कुख्यात भ्र’ष्टाचारिको ना’ईके मानेका छन् । र, म भ्र’ष्टाचारिको छोरो भएर नेपालमा एक सेकेण्ड पनि बाँच्न सक्त्तैन थिए । त्यसको सट्टामा स्वाबलम्वि बनेर जे कमाउछु त्यो खान्छु भन्ने सोच तिर लागे । अब तिमी पनि मलाई भुलि देउ र नेपाल फर्केर जाउ । बाबुलाई म यस धर्तिमा छैन भनेर सुनाई देउ । मलाई थाहा छ, त्यो एकदम कठिन छ । तर त्यसैमा हामी सबैको भलो हुन्छ ।”

दाजुको भनाईले म केहि बेर धर्मशँकटमा परे । तिहारमा फुलमाला लगाई दिने दुखि चेलीलाई त्यति सजिलो कसरि भुल्न सक्नु भयो होला भनेर मेरो मुटु छिया छिया भयो । बाबुको शुन्दर सपना चक्नाचुर भै सकेको उहाँको अनुहारबाट स्पष्ट हुन्थ्यो । त्यसपछि मैले एक्कै शब्द निकाल्ने प्रयत्न पनि गरिन । उहाँले हामी सबैलाई माया मारि सक्नु भएको रहेछ । त्यसैले उनिहरुको सन्तान देखाउने रहर सम्म मलाई गर्नु भएन । उहाँ सँगको भेटले केहि बेर अगाडि सम्म धेरै खुशि थिए । तर मेरो खुशि त्यति धेरै लामो समय सम्म टिक्न सकेनन् । अत्यन्त दुखि बनेर रुमालले आँखा छोप्दै छोप्दै त्यहाँ बाट निस्के ।

मर्निङ साईड रोडमा अहिले सम्म झरि परि रहेको थियो । एकाध बाटोको किनारमा उभिएर ट्याक्सि लाई पर्खि रहेको थिए । एक रफ्तारले दगुरि रहेका कारको चक्काहरुले छेपेका पानीले मेरो सेतो जामा रङ्ग्याई रहेको थियो । तै पनि म हलचल नगरि पागली झै उभी रहे । चार हजार पाँच सय माईल टाढाबाट आएर एउटा ‘अदृश्य मर्दको खोजि’ ले तनाबमा थिए, झन तिनै मर्दको फरक बिचारले तनाब मात्रै थपि दियो ।

भोलि बिहान सुटकेस गुडाउदै गुडाउदै एडिनबर्ग बिमानस्थल पुगे । कतार एयरको ड्रिमलाईनरबाट सपनाको सहर दोहा जादै थिए । धावनमार्गमा बिमानले ‘भिक्टर वान’ भन्ने सँकेत दिदै गर्दा कप्तान सुलेमान महम्मदले ‘रोटेड’ भन्ने बेलामा मैले तिस मिटर माथि आकासबाट दाजुको सहर एडिनबर्ग लाई जिन्दगीको अन्तिम पटक अबिरल आँसुको धाराले बिदाई गरि रहे । बिमानले केहि बेरमा अङ्ग्रेजी जलपथ पार गर्न थाल्यो । युक्रेनियन मुलकी परिचारिकाले एक गिलास बोलिन्जर र एक प्लेट म्याकाडेमिया लिएर मेरी सामु हाजिर जनाईन ।

‘कुमार महल’ बानेश्वर हाईट पुगेर बाबुलाई के भन्ने होला ठुलो पिरमा थिए । बिमानले ३३ हजार फिट माथिको उचाँई लिई सकेको थियो । बेल्जियमको आकासिय क्षेत्र पुग्दा नपुग्दै मैले दुई वटा सेम्पेनका गिलासहरु रित्याई सकेकी थिए ।

आमा र छोराको नाममा भएको घर बेचेर ‘मिना ट्रस्ट’ मा राखि दिनु । अनि तिनै ट्रस्टको नामबाट काठमाण्डौमा भएका असहाय बुढाबुढि र बेसहारा बच्चाहरुलाई खाना खान दिनु । ताकि बाबुले प्रकृया मिलाएर भ्र’ष्टाचार गरेर कमाएको पैसा अन्तत जनताले नै उपभोग गर्न पाएका छन् भन्ने समाचार साधरण मानिससम्म जान सकोस भन्ने दाजुको तिनै महाण भनाई लाई सोच्दै सोच्दै म निन्द्रा देवीको शरणमा परि रहे ।

अक्सफोर्ड, बेलायत ।

(खोटाङ जिल्लाको भुइपामा जन्मिएका राई हाल अक्सफोर्ड, बेलायतमा हुनुहुन्छ ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्