Logo

नुहाउन गएका तीन बालिकालाई आइतबार बागमती नदीले बगायो


भदौ ७- २०७७

नुहाउन गएका तीन बालिकालाई आइतबार बागमती नदीले बगाएको छ ।

दिउँसो बागमती नदीमा नुहाउन गएका उनीहरूलाई बगाएकाे प्रहरीले जनाएको छ ।

रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरका भदै मुखियाकी दश वर्षीया छोरी पिंकुकुमारी मुखिया, सोही स्थानका लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिताकुमारी दास र सोही स्थानकै छट्टु मुखियाको १० वर्षीया छोरी चञ्चलकुमारी मुखिया बागमतीमा बगेको प्रहरीले जनाएको छ ।

उनीहरू नुहाउने क्रममा बागमतीमा बेपत्ता भएको खबर प्राप्त हुना साथ खोजबिनका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको अहिले खोजी भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्