डा. शंकरमान राई अर्थात प्लास्टिक सर्जरीको महानायक
काठमाण्डौ- मेरो सबैभन्दा पहिलो बाल्यकालको समयसँग कुरा गर्दा म बालक हुँदा दौडिरहेको यता-उता खेतीपाती भइराखेको समझना छ । खोटाङ जिल्लाको माक्पा गाबिस र हाल साबिक ऐसेलुखर्क वडा-७ जन्मिनुएको थिए ।
खेतिपाती सुरु हने घरमा हामी सबै आफै सक्षम थियौ, हाम्रो घरको परिवारले लगाउने कपडा आफैं तान बुनेर लगाइन्थो र, नजिकै भएको हप्तामा एक पटक लाग्ने बजार अन्न, कपडा, नुनतेल साटेर जिबन चल्थो, त्यो काम घरको सदस्यहरुले गर्ने गर्थो ।
मेरो जन्मदिने आमा सानैमा बित्नु भएको रहेछ्, तर अहिले ममिले मलाई फकाएर स्कुल पठाउने नभए कुटेर भए पनि स्कुल पठाउने कुरा थाहा छ । तर सो समय बित्दै गयो बालक शङ्करमान राईलाई जीवनका अप्ठ्याराहरू पनि बुझेदै कठिन परिस्थितिहरू पार गर्दै गए ।
राईले आफ्नो घरबाट कारीब एक घन्टाको दुरिमा रहेको ऐसेलुखर्कमा पढे, बिहान बेलुका घास-दाउरा, मेला-पात गर्दै पढे तर पछी अलि स्कुल जान आउन गाह्रो भए पछी कोठा लिएर पढ्न बसे ।
पछी राई काठमाण्डौमा आएर बिजय मेमोरियल स्कुमा १० पढे पनि एलएलसी चाही गाउकै स्कुलबाट दिनु भयो । सात कक्षाबाट उत्कृष्ट बिधार्थी को रुपमा पढेको हुन । शंकरमान राईले आफ्नो गाउँकै स्कुलबाट एसेलसी गरेपश्चात उहा शिक्षण अस्पतालमा ‘हेल्थ असिस्टेन’को कोर्समा भर्ना हुनुभयो ।
त्यसबखत कलेज शिक्षण अस्पतालमा ‘हेल्थ असिस्टेन’ मात्र पढाई हुन्थो । र, पढाइ ‘हेल्थ असिस्टेन’क बाहेक अन्य नभएकोले राईले त्यही पढ्दै गए । हेल्थ असिस्टेन पढेकोले डाक्टर पढ्नु पाउन गाह्रो थियो ।
त्यसका बाबुज पनि राई पढ्दै गए । राई भन्नुहुन्छ, ‘दुखद लाग्दो कुरा चाही यही शिक्षण हस्पिटलामा पढेका बिद्यार्थी चाही राम्रो डक्टर हुन्छ भन्ने बिश्वास यहिका गुरुहरु पनि गर्दैन थिए ।’
राई थप्नु हुन्छ, ‘हेल्थ असिस्टेण्ट पनि डाक्टर हुन्छ्, ओभरसियर पनि इन्जिनियार हुन्छ भन्थे, धनीका छोराछोरी अरु आइएसी पढेर डाक्टर बन्न बिदेश पठाउठे ।’
शंकरमान राई त्रीभुबन शिक्षण हस्पिटलबाट आफ्नो कोर्ष पुरा गरे पछी सोलुखुम्बुमा १८ महिना जति कष्टको साथ हेल्थ असिस्टेण्ट काम गरे । सोलुखुम्बु पश्चात उनी त्रिवि शिक्षण अस्पतालमा मेडिकल डाक्टर पढ्न सम्मिलित भए ।
सन् १९९५ मा डा. राईले अमेरिकाबाट प्लास्टिक सर्जरी तालिम पूरा गरे । उनले यतिका वर्षको अवधिमा २५ हजारभन्दा बढी जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएका अधिकांशको गाउँघरसम्मै पुगेर प्लास्टिक सर्जरी गरेका छन् । भगवान प्रती धेरैले बिश्वसा गर्दैनन, तर काम प्रती यसर्थ डा. शंकरमान राई नेपाली प्लाष्टिक सर्जरीको महानायक हुन ।
त्रीभुबन शिक्षण अस्पतालमा अध्ययन गरिराखेका समयमा कतिपयले राम्रो डाक्टर हुन सक्थैन भनेर मनोबल गिराउ थे तर तर यसैलाई चुनौती सम्झेर अघी पढेको कुरा बताएका छन ।
राई भन्नुहुन्छ, ‘मैले कती जान्दछु, भन्ने कुरा जानको लागी मेरो लागी अ’ग्नी परिक्षा लिनु थियो र मैले त्रीभुबन शिक्षण हस्पिटलबाट मेडिकल डाक्टर गरे पछी बाङ्गलादेश मास्टरा ईन सर्जन पढ्न गए । मास्टरा ईन सर्जन ३ बर्षको कोर्ष गरे र मैले मात्र हो पहिलो चोटी बाङ्गालादेशमा मास्टरा ईन सर्जन कोर्ष पुरा गर्ने पहिलो बिधार्थी थिए, ता कि त्यहाँको बिधार्थिहरुले पनि पहिलो चोटी पढे पनि पास गरेनन।’
त्यसपछी डाक्टर राई अमेरिका गएर प्लाष्टिक सर्जरिमा सुपारसपेजलाईजेसन गर्नु भयो । तर नेपालको दुर्गम गाउमा गएर गरिएको काम नै अति महत्वको साथ लिने कुरा बताउनु हुन्छ ।
२२ वर्षअघिसम्म प्लास्टिक सर्जरीका लागि विदेशबाट चिकित्सक झिकाउनुपर्ने बाध्यता थियो । अहिले त्यस्तो अवस्था छैन । प्लास्टिक सर्जन डा. शंकरमान राईले जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाका लागि नयाँ जीवनदाता भएर कहलिएका छन् ।
अमेरिकाबाट प्लास्टिक सर्जरी तालिम लिएर फर्केपछि डा. राईले सालिन्दा खुँडे र तालु फाटेका सात सयजनाको प्लास्टिक सर्जरी गर्दै आएका छन् भने आगोले पोलेर अंगभंग भएका ६ सयजना लाभान्वित हुन्छन् ।
जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाको अधिकांश शल्यक्रिया काठमाडौंबाहिर गरिएपछि काठमाडौंसम्म पुगेर उपचार गराउन नसक्नेलाई डा. राई नयाँ जीवनदाता भएका हुन् ।
जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएका सबैले काठमाडौंसम्म पुगेर उपचार गराउन सक्दैनन् । वास्तविकता थाहा पाएपछि उनीहरूकै गाउँठाउँसम्म पुगेर शल्यक्रिया गर्ने अभिप्रायसहित अघी बढे ।
छँदाखाँदाको जागिर छाडेर डा. राई प्लास्टिक सर्जरीका लागि गाउँगाउँ पुगेपछि जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाले नयाँ जीवन पाएका छन् ।
सन् १९९५ मा डा. राईले अमेरिकाबाट प्लास्टिक सर्जरी तालिम पूरा गरे । उनले यतिका वर्षको अवधिमा २५ हजारभन्दा बढी जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएका अधिकांशको गाउँघरसम्मै पुगेर प्लास्टिक सर्जरी गरेका छन् । भगवान प्रती धेरैले बिश्वसा गर्दैनन, तर काम प्रती यसर्थ डा. शंकरमान राई नेपाली प्लाष्टिक सर्जरीको महानायक हुन ।
नेपालमा मात्रै होइन, प्लास्टिक सर्जरी गर्न दक्षिण अमेरिका, पेरु, इक्वेडर, बंगलादेश, भियतनाम, चीन, अफ्रिका र भारतसम्म पुग्ने प्लास्टिक सर्जन एक मात्र नेपाली डाक्टर हुन ।
यो लेख ‘मेरो जिन्दगी, मेरो विश्वास- डा. शंकरमान राई’ शिर्षकको दिशानिर्देशन टिभिबाट मुन्धुमस्टार मिडियले तयार पारेको हो । बाकी भिडियोमा हेर्नुहोला ।



