Logo

विदेशबाट फर्किएकाले तारे होटलमा पनि न्यूनतम ७ रात अनिवार्य वस्नुपर्ने


होटल संघ नेपाले आफ्ना सदस्य होटलका कोठालाई क्वा’रेन्टिनका लागि उपलब्ध गराउने भएको छ।नेपाल सरकारबाट स्वीकृत को’भिड-१९ सं’क्रमण रो’कथाम गर्ने विश्व स्वास्थ्य संगठनको सिफारिसअनुरूपको स्वास्थ्य मा’पद’ण्ड पूर्ण रूपमा पालना गरी विदेशबाट उ’द्धार गरी हवाई उडानबाट स्वदेश फर्काइने नागरिकलाई होटल संघ नेपालका क्वा’रेन्टिनका लागि स्वीकृत सदस्य होटलले सेवा उपलब्ध गराउने छन्।

स्वीकृत सरकारी प्रक्रियाअनुसार पाहुना न्यूनतम ७ रात होटलमा अनिवार्य वस्नुपर्ने र पी’सीआर परीक्ष’णबाट सं’क्रमण नभएको प्रमाणित भएपछिमात्र चेकआउट गर्न पाउने लगायत पाहुनाहरुले अनिवार्य रुपमा सरकारको स्वास्थ्य मा’पद’ण्ड पालना गरी बिहान बेलुकाको सबै खानपिन होटलबाटै उपलब्ध गर्नु पर्नेजस्ता व्यवस्था गरिएको संघले जानकारी दिएको छ।

सरकारको स्वास्थ्य मा’पद’ण्डअनुरूपका उपक’रण र सामग्रीहरु सदस्य होटलहरुले व्यवस्थापन गरी कामदार कर्मचारीलाई को’भिड १९ सं’क्रमण रो’कथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अ’भिमुखीकर’ण तालिम समेत गराई सकिएको होटल संघ नेपालले जनाएको छ। क्वा’रेन्टिनका लागि सेवा उपलब्ध गराउने होटल संघ नेपालका सदस्य होटल पर्यटकस्तरीय देखि पाँच तारेसम्म रहेका छन्।पर्यटकस्तरीय होटलमा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यसमाथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको पनि होटल संघ नेपालले जनाएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्