Logo

पोखरामा एकै परिवार भित्रका १३ जनामा कोरोना संक्रमण देखियो


भाद्र ४-२०७७

मुन्धुमस्टार – पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो।

स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।

बिहीबार सोही परिवारका ११ वर्ष र १४ वर्षका दुई बाबुनानीमा समेत कोरोना संक्रमण पुष्टि भएको उनले बताए। तीन दाजु भाइका १३ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमण हुनेमा सबैभन्दा वृद्ध ८१ वर्षका पुरुष छन्।

पहिलो कोरोना संक्रमण भएकी सहकारीमा कार्यरत महिलालाई ज्वरोआएपछि स्वाब परीक्षण गरिएको थियो। उनमा कोरोना संक्रमण पृष्टि भएपछि परिवारका अरु सदस्यको पनि स्वाब टेष्ट गरिदा १३ जनामा पनि कोरोना संक्रमण देखिएको हो।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्