Logo

कोभिड- १९ बाट कृषि क्षेत्रमा परेको असर बारे प्रगतिशील चार किसान संङ्गठनको अन्तरक्रिया , महामारी फैलिनुमा मूख्य जिम्मेवार विश्व पुँजीवाद भएको निष्कर्ष


काठमाण्डौ- आईतबार चार प्रगतिशील किसान संघको आयोजनामा भएको कोभिड–१९ बाट कृषि क्षेत्रमा परेको असर बारे, बिषयक एक जुम अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कारेक्रममा चार किसान संगठन – अखिल नेपाल किसान महासंघ (अप्फो) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) अखिल नेपाल किसान यूिनियन र अखिल नेपाल प्रगतिशील किसान संघले कोभिड–१९ बाट कृषि क्षेत्रमा परेको असर र राज्यको दायित्व बारे ब्यापक अन्तरक्रीया गरि त्यसमाथी परेको असर पर्ती प्रकाश पारेका थिए । दिउँसो २ बजे देखि ५.३० बजेसम्म चलेको उक्त कारेक्रममा बिभिन्न बक्ताहरुले सरकारले किसानको हितमा कुनै काम गर्न नसकेको कुरा औंल्याउँदै कृषि र किसानलाई उठाउन र देशलाई सही दिशामा लाने हो भने अब किसान आन्दोलन एकमात्र बिकल्प रहेको निष्कर्श निकालेका थिए।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोभिड–१९ को महामारीको समयमा मात्रै २४ अर्ब रुपियाँको कृषि उत्पादन आयात गरिएको बताए । आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न कोभिड–१९ का कारण नेपाल भित्रिएका युवाहरूलाई कृषि क्षेत्रमा परिचालन गर्ने व्यावहारिक पहलकदमी लिन उनले सरकार संङ्ग  माग गरे ।

वन तथा कृषि विश्वविद्यालयका पूर्व उपकुलपति डा. कैलाशनाथ प्याकुरेलले कृषिप्रतिको सरकारको दायित्व अहिले पनि अन्यौलपूर्ण रहेको बताउँदै  लकडाउनको अवधिमा भएको कृषिक्षेत्रको क्षतिबारे सरकारले अझैसम्म सही आँकलन गर्न नससकि रहेको र राज्यपक्षले निर्यातबाट राजस्व सङ्कलन हुने हुँदा आयात प्रतिस्थापनतर्फ सोच्न नसकेको आरोप पनि  लगाए  । उनले कम्तिमा स्वास्थ्य र शिक्षामा राज्यले दायित्व नलिने हो भने समाजबाद उन्मुख संबिधानको कुनै अर्थ नहुने कुरा पनि औंल्याए ।

यसै क्रममा वरिष्ठ कृषि वैज्ञानिक भोलामान सिंह बस्नेतले कृषिक्षेत्रमा उत्पादन बढाउन आधुनिकता  र परम्परालाई संयोजन गरेर कृषिनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिए। भने कृषिक्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँदै उनले साना किसान तर ठुलो आकारको जमिन र सहकारी खेती मार्फत् कृषिमा यान्त्रीकरणलाई तीव्र पारिनुपर्ने र कृषि क्षेत्रको विकासका लागि कृषिविज्ञको भरपूर उपयोगमा पनि जोड दिए ।

नेपाल किसान सङ्घका अध्यक्ष भानु सिग्देलले आफ्नो भनाई हरु राख्ने क्रममा सरकारले तयार पारेको २० वर्षे कृषि रणनीतिको धेरै अध्ययन नै नगरेको आरोप लगाए । कृषिक्षेत्रमा पूर्वाधार विकास नगरी समग्र कृषिक्षेत्रको विकास हुन नसक्ने दावी गर्दै उनले उक्त विषय २० वर्षे रणनीतिमा समेटिएको दावी गरे । २० वर्षे रणनीति कार्यान्वयन गर्नुको सट्टा अनावश्यक रूपमा अर्को कृषि नीतिको तयारी भइरहेकोमा उनँले आश्चर्य समेत व्यक्त गरे ।

अखिल नेपाल किसान महासङ्घका स्थायी समिति सदस्य नहेन्द्र खड्काले अहिलेको दुईतिहाइ बहुमतयुक्त सरकार नवउदारवादी अर्थनीतिमा अघि बढिरहेको बताउदै  कृषि विशुद्ध यान्त्रिक विषय नभएको यो राजनीतिक बिषय पनि भएको बताउँदै  कृषिलाई राजनीतिक, सामाजिक र आर्थिक विषयसित जोडिनुपर्ने, कृषिनीतिका बारेमा सर्वप्रथम किसानलाई सोधिनुपर्ने र उनीहरूको सुझाव अनुसार कृषिविज्ञलाई अनुसन्धानमा खटाउने गरी तयार पार्नुपर्ने आवश्यकतामा जोड दिए ।

वन विशेषज्ञ कृष्ण पोख्रेलले कोभिड–१९ का कारणले स्वदेश फर्केका जनशक्तिलाई युवा किसानको रूपमा देशव्यापी परिचालन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । किसान आत्मनिर्भर नभए देश नै आत्मनिर्भर हुन नसक्ने बताउँदै उनले किसानको हक, हितको संरक्षण गर्न सरकारसित माग गरे ।

प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले विश्व पुँजीवादले अत्यधिक मुनाफाको क्रममा प्रकृतिको अनियन्त्रित दोहन गरिरहेकोे, प्रकृतिको दोहनकै क्रममा उत्पन्न असन्तुलनका कारण कोभिड–१९ को महामारी फैलिएको, त्यसको मूख्य जिम्मेवार विश्व पुँजीवाद भएको औंल्याए ।

अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले जसरी देशलाई युवाविद्यार्थीको आन्दोलनको खाँचो परिरहन्छ, त्यसैगरी अहिले शक्तिशाली किसान आन्दोलन आवश्यक रहेको बताए ।

अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङले चार किसान सङ्गठनको साझा आधारपत्र वाचन गरेका थिए भने उपस्थित जनसमुदायलाई अखिल नेपाल किसान यूनियनका लोकनारायण सुवेदीले स्वागत गरको  उक्त कार्यक्रममा अखिल नेपाल प्रगतिशील किसान सङ्घका कृष्ण रानाले धन्यवाद दिएका थिए।

कार्यक्रममा कृषिक्षेत्रसित सरोकार राख्ने विभिन्न सङ्गठनको तर्फबाट रामबहादुर भण्डारी, जनक तिवारी, एकलाल श्रेष्ठ, रत्न जोशी, तुलसी सापकोटा, सरस्वती सुब्बा, उद्धव अधिकारी र शिवहरि खनालले पनि मन्तव्य राखेका थिए । त्यस्तै, फ्लोरबाट रबिन राई, डा. शम्भु कट्टेल, छवि खनाल, रेवती श्रेष्ठ, रिता बस्ताकोटी र सरिता भुसालहरुले पनि आफ्ना जिज्ञासा उठाएका थिए। भने उक्त जुम अन्तरक्रिया कारेक्रममा एक सय भन्दा बढी बिश्वभरिको नेपाली हरुको सहभागि रहेको थियो।

कार्यक्रमको आयोजना अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घले गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्