Logo

राईमान्नेले तपार्ईँहरुको पिता–पूर्खाले सुरुमा खाईखेलि आएको ऐतिहासिक भूमि कहाँ हो ?–निनाम कुलुङ ‘मंगले’


हुन त धेरै मान्छेहरुलाई लाग्दो हो, ‘यो केही नजान्ने कुलुङे ढाके्रलाई राई यायोक्खाप्रति किन त्यत्रो रि’स ? किन वर्षौदेखि राई यायोक्खाको वि’रुद्घ लडीरहेको छ ? यसको गूढ रहस्य के छ ?’ खास कुरो त्यस्तो होइन, न त जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा–धनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल/कलेज/क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृ’द्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! छ भन्दै हिँड्ने राई सर र राईनी म्याडमहरुप्रति मेरो व्यक्तिगत चिनजान नै छ, न त उनीहरुप्रति व्यक्तिगत रुपमा मेरो अति’शय दु’राशय (नका’रात्मक दृष्टिकोण/सोच) नै छ ।

तापनि केही नबुझ्ने लाटो ! ले पनि बुझ्ने कुरो के हो भने, कथित् राई ! जातिको नाममा खुलेको राई ! यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता बनेका राई सर/राईनी म्याडमहरुले विसं २०६२/०६३ को राजनै’तिक परिवर्ततनपछि आफ्नो  (कथित् राई ! का ) लागि राज्य, संघ वा प्रदेश माग्दा ‘राई ! राज्य’, ‘राई ! संघ’ वा ‘राई ! प्रदेश’ नमागेर किन किरात प्रदेश माग्दैछन् ? भन्ने हो । स्मरण रहोस्, सुनिएअनुसार ‘यायोक्खा’ कुनै माईकालाल राई ! को भाषा नभएर बान्तावा जातिको भाषा हो । तर, ‘यायोक्खा’को शाब्दिक अर्थ भने यो पंक्तिकारलाई थाहा भएन ।

यसरी हेर्दा उनीहरुले ‘राई !’ के–कति कारणले जात वा जाति नै हो ? भन्ने कुनै विश्वासिलो र भर पर्दो तथ्य, प्रमाण र आधार नदिई एकोहोरो ढंगले राई जातै हो, जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा (नागरिकतामा तीनपुस्ते लेख्ने कुरो गर्दा मेरो बाजेको नाम कालीबहादुर मात्रै थियो, ‘राई !’ थिएन) मात्रै होइन, जग्गा–धनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल/कलेज/क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृ’द्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! छ भन्दै हिँड्ने राई सर/राईनी म्याडमहरुले यदि जात वा जाति नै हो भने, राईको वंश को हो ?

राईको पुर्खाहरुको नाम के के हो राईहरुको पिता–पूर्खाले सुरुमा चर्चेको/खाईखेलि आएको ऐतिहासिक भूमि कहाँ हो ? हाल सम्म कुनै पनि माइकालाल राई ! ले बताएको/बताउन सकेको छैन । जस्तो कुलुङ जातिको पिता–पूर्खाले सुरुमा खाई खेलिआएको/चर्चेको भूमि हालको सोलुखुम्बुको उत्तरपर्वी क्षेत्र हो, जसलाई “महाकुलुङ” भनेर चिनिन्छ । त्यस्तै आठपहरियाको पनि होला, बाहिङको पनि होला, मेवाहाङको पनि होला, बान्तावाको पनि होला, … अरुहरुको पनि होला । तर, ‘राई !’ को नि ?

त्यसैले आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर उखरमाउलो गरी क्रा’न्ति गर्दै गरेको समयमा पनि उनीहरु (राई जात वा जातिवालाहरु) एकोहोरो रुपमा सुगा रटाई मात्रै गर्दै राई जातै हो  भन्दै लिँ’डेढि’पी गरी रहेमा नराम्रो सँग क’लंकित हुने छन् । त्यस्तै हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, …) ले पनि ती राई जातिवाला राई सर/राईनी म्याडमहरुलाई नराम्रो सँग धि’क्कार्ने छन्, स’राप्ने छन् । संभवत चेतना पछि फर्किएन भने आगामी जनगणना (विसं २०७८ को १२ औं राष्ट्रिय जनगणना) मा राईको जनसंख्या वि २०६८ को भन्दा आधाभन्दा पनि बढी घट्ने छ ।

हुन पनि विसं २०५८ को जनगणनामा ६ लाख ३५ हजार चानचुन रहेको ‘राई ’ को जनसंख्या विसं २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको छ । जबकि १० वर्ष १. २/३ प्रशितले मात्रै बढेको भए पनि ७ लाख चानचुन हुनुपर्ने थियो । तर यो पक्षमा भने राई सर राईनी म्याडमहरु चुँ … नबोलीकन बसेका छन् । यसरी राई जातिवाला राई सर राईनी म्याडमहरु कथित् राई जातिबारेको यो तथ्य–तथ्यांकबारे भने बिरालोले आफ्नो बिष्टा लुकाएझैंँ लुकाएर बसेका छन् ।
जे होस् नेपालमा विसं २०६२/०६३ को रा’जनैतिक परिवर्तन सँंगै यहाँका विभिन्न जातजातिहरुले आ–आफ्नो जातजाति, भाषाभाषी, ऐतिहासिक भूमि अर्थात् भूगोलको आधार वा नाममा सं’घीय राज्य वा प्रदेशहरु स्थापना हुनुपर्ने भनी वकालत गरेका थिए, माग राखेका थिए ।

कसैकसैले अहिले पनि यो माग जारी राखेका छन् । जुन स्वाभाविक पनि थियो/छ । तर त्यस क्रममा कथित् राई ! जातिको नाममा खुलेको यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ताहरुले आफ्नो (कथित् राई  का लागि) लागि राज्य, संघ वा प्रदेश माग्दा ‘राई राज्य’, ‘राई  संघ’ वा ‘राई  प्रदेश’ नमागेर किन किरात प्रदेश मागे/माग्दैछन् ? भन्ने फेरि पनि मेरो लिँ’डे–ढिपी हो ! स्मरणीणय छ, राई सर राईनी म्याडमहरुले राज्य माग्ने क्रममा पहिले पूर्वका १७ वटा जिल्ला मागेका थिए भने हाल १४ वटा जिल्ला समेटेर राज्य दिनुपर्ने माग राखेका थिए वा भनौ अझै पनि १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने माग राख्दैछन् ।

विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो । अहिलेका केन्द्रीय सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि राई छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ? राईको वंश को हो ? राईको मातृभाषा कुन हो ? राईको मौलिक भेषभुषा के हो ? राईको मौलिक चाडबाड कुन हो/कस्तो हुन्छ ? देखाउन सक्नु पर्छ ।

तर अचम्म के भने,जसरी लिम्बु एउटा जाति भएकोले लिम्बुवान राज्य माग्दैछ । त्यस्तै थारु एउटा जाति भएकोले थारुहरुले थारुवान राज्य माग्दैछन् । उता मगर पनि नेपालको एक जाति भएकोले मगरात राज्य माग्दैछ । तर राई जाति हौं भन्ने राई सर राईनी म्याडमहरु भने राई संघीय राज्य , राई प्रदेश  वा राई स्वायत्त प्रदेश  नमागेर किन किरात राज्य वा प्रदेश माग्दै हिँडिरिहेका छन् ? ८ औं आश्चार्य यहाँनेर छ । यदि राई जाति हो भने त राई राज्य वा राई प्रदेश पो माग्नुपर्ने होईन र ? यस बारेमा नामको अगाडि बुद्धिजीवी, विश्लेषक, प्रा., डा., प्राडा, लेखक जोडिएका महानुभावहरुले एकपटक राई यायोक्खा नामक एनजिओ र तिनका हर्ताकर्ताहरुलाई सोधे हुन्थ्यो।

हुन त साँचो अर्थमा भन्नु पर्दा विश्वभरिकै आईएनजिओ/एनजिओहरुले राज्य मागेको र त्यस्ता आईएनजिओ/एनजिओहरुले राज्य पाएकोे इतिहासमा कही पनि छैन । बरु सम्बन्धित देशमा सरकार चलाएको (कुनैकनै देशको सरकारलाई आफ्नो अनुूकल चलाएको) देखिन्छ । तर, कहीँ नभएको जा’त्रा हाँडी गाऊँ (नेपाल) मा हुने देश भएकोले होला, नेपालमा एनजिओले पनि बकाईदा साथ राज्य मागेको देखिन्छ । यसरी हेर्दा राई जातिको नाममा खुलेको राई यायोेक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय (काजिप्रका) रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुले अहिलेको एक नम्बर प्रदेशलाई किरात प्रदेश नाम राख्नुपर्ने माग वेलावेलामा राख्ने गरेका छन् ।

स्मरणीय कुरो के छ भने, राई भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक ए’कीकरण पछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यसबेला सम्म एकै रहेको किरातीहरुको भूमिलाई समेत फु’टाएर स्थानीयस्तरमा तिरो–भरो उठाउन र प’ञ्चखत बाहेकको मु’द्धा मामिला मिलाउने अधिकार र ठेकीबेठीसहित दिइएको पदवी वा पगरी मात्रै हो । राई शब्दको सुरु वा व्यु’त्पत्ति भनेको ‘राय’ हो । कर्णाली प्रदेशमा त्यो बेला राजालाई ‘राय’ भनिन्थ्यो । हुन त नेपालको भगौलिक ए’कीकरण पछि राई मात्रै नभएर, सुब्बा, मुखिया, देवान, पटवारी, चौधराई आदि पदहरुको पनि श्रृजना गरिएको थियो । अहिले आएर कसैले त्यही सा’मन्तीहरुलाई जनाउने ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘पटवारी’, ‘चौधराई’ शब्दलाई नै जात वा जाति मान्छन् भने त्यसमा हाम्रो आपत्ति छैन ।

तर, उनीरुले पनि हामीलाई आफ्नो असली जातीय स्वपहिचान कुलुङ, मेवाहाङ भनी अलग्गै जातिका रुपमा चिनिन दिऊन् भन्ने हो । उनीहरुले राई  भनेको जात वा जाति नभएर नेपाल ए’कीकरण पछि शाह र राणाहरुले त्यसबेला सम्म एकै रहेका किरातीहरुलाई फु’टाएर स्थानीयस्तरमा तिरो–भरो उठाउन र, प’ञ्चखत बाहेकको मु’द्धा मामिला स्थानीयस्तर मै मिलाउन दिएको पदवी वा पगरी मात्रै भए तापनि अब हामी त्यही राई ! पदवी वा पगरीलाई नै जाति मान्छौं भनेर सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर प्रष्ट पारे अझ राम्रो हुन्थ्यो । साथै कुलुङलगायत अन्य किरातीहरुलाई सा’मन्तवा’दको प्रतीक वा अवषेश राई ! शब्दलाई नै जात वा जाति मान भनेर द’वाव दिँदैनौं भनेदेखि ‘सुनमा सुगन्ध’ हुन्थ्यो ।

कुलुङ लगायत अन्य १२ किराती जातिहरुको स्पष्ट तथ्यांङ्क विसं २०६८ को जनगणनामा आई सकेको पनि छ । जातीय स्वपहिचानको सवालमा स्थिति कस्तो सम्म आयो भने, विसं २०५८ सालमा पूर्वराजा ज्ञानेन्द्रले लालमोहर लगाएको आदिवासी जनजाति उत्थान प्रतिष्ठान (आजउराप्र) ऐन अन्तर्गत नै राई जातिमा सूचीकृत भएर राई जातिको नाममा राईं दाईं गर्ने राई योयाक्खाका (स्मरण रहोस्, यायोक्खा शब्द कुनै माइकालाल राई ! को भाषा नभएर बान्तावा जातिको भाषा हो) हर्ताकर्ता राई सर राईनी म्याडमहरु राजा ज्ञानेन्द्रले कार्यकारी अधिकारसहित आफै शा’सनसत्ता हातमा लिएपछि प्रतिष्ठानबाट हटेनन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रष्ठिान ऐनको परिच्छेद ३ दफा ७ मा सञ्चालक परिषद गठन शीर्षकमा भनिएको छ –‘प्रतिष्ठानका तर्फबाट सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्नका लागि प्रतिष्ठानको सर्वोच्च अंगको रुपमा देहाय बमोजिमको एक सञ्चालक परिषद रहनेछ ।

१. प्रधानबन्त्री अध्क्षय, २. स्थानीय विकासमन्त्री वा राज्यमन्त्री सहअध्क्षय …… ।’ ३. …. । ४. …… यस्तो व्यवस्थाअनुसार त्यो बेला स्वतः तत्कालीन राजा ज्ञानेन्द्र पनि प्रधानमन्त्री जस्तै प्रतिष्ठानका अध्यक्ष भएका थिए । तर राई यायोक्खाका हर्ताकर्ताहरुले ज्ञानेन्द्र सरकार प्रमुख भएको बेला प्रतिष्ठानमा दिएको निवेदनलाई आधार मानेर ‘कुलुङे ढाक्रेहरु दरबारमा जात माग्न गयो ’ भनी हौवा फिँजाए । राई जात वा जाति होइन भन्ने कुरो त २०२१ सालमा आएको भूमिसुधार ऐन पूर्ण रुपमा लागू हुनु अघिसम्म तालुकदार वा लालमोहरवाला असली राई बाहेकका रैतीहरुलाई आफ्नो नामको पछाडि राई  लेख्न नदिने गरेको इतिहासले नै बताउंँछ । राई भनेको जात होइन भन्ने त संखुवासभाका वनेम थरका लिम्बुहरुले विसं १८३१ मा राई पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरु असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको उदाहरणले पनि देखाउँछ ।

सो समाचार विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो । अहिलेका केन्द्रीय सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि राई छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ? राईको वंश को हो ? राईको मातृभाषा कुन हो ? राईको मौलिक भेषभुषा के हो ? राईको मौलिक चाडबाड कुन हो/कस्तो हुन्छ ? देखाउन सक्नु पर्छ । राईको भन्दै बान्तावा भाषामा आफ्नो एनजिओको नाम ‘यायोक्खा’ राख्ने र राईको भन्दै चाम्लिङ जातिको नाच ‘साकेला’ कहिलेसम्म देखाउने ? फेरि विगतमा राई भएर तिरोभरो उठाएका वा राई पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई आदि राईहरुले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई संघ’, ‘किरात कोइराला बाहुन राई संघ’ ‘किरात मगर राई संघ’, ‘किरात कार्की क्षेत्री राई संघ’ किरात माझी राई संघ आदि संघ खोलेर राईयोयोखा नामक एनजिओमा कथित् राई जातिको सदस्यता वा सम्वद्धता माग्न आएमा उक्त एनजिओले उनीहरुलाई पनि कथित् राई जातिको जातीय सम्वद्धता दिन्छ ?

जसरी दनुवारलाई ‘देवास राई’ भनेर फुटाएर कथित् राई जातिको सम्व’द्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दुई जना (राजन डोने र ज्योती दनुवार) दनुवारहरुका अनुसार ‘देवास’ भनेको दनुवारहरुको कूल देवताको नाम हो । अर्को महत्वपूर्ण कुरो अथवा प्रश्न भनेको के हो भने, यदि ‘राई ’ साँच्चै जात नै हो भने, नेपालमा पटकपटक सभासद”सांसद र केन्द्रीय/संघीय सरकारको मन्त्री भएका मोहमद इस्तियाक ‘राई ’ र भारतीय सिने उद्योगकी चल्ता–पूर्जा कलाकार (हिरोइन) ऐश्वर्य ‘राई ’लाई राई सर/राईनी म्यामडहरुले अहिलेसम्म किन पगरी/फेटा नगुथाएको/सम्मान नगरेको ? वास्तवमा यो प्रश्न हँसी–मजाक र ख्याल–ठट्टा जस्तो लागे तापनि प्रश्न त गम्भीर पो छ है ! राई सर/राईनी म्याडमहरु ?

थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्