काठमाण्डौ- नेपाली गित संगितमा आफ्नो छुट्टै परिचय बनाई सकेका गायक तथा संङितकार सुमन राईले फेरि पनि ” बिनायो खिप्ने ” बोलको गित बजारमा लिएर आएका छन।

जैबी राई चाम्लिङको रचना रहेको यो पुर्बेली लोक भाकाको गितमा सुमन राईको आफ्नै सङ्गीत र स्वर रहेको छ। भने एरेन्ज राजु कार्किको रहेको छ।

एक्सन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितको रेकर्डिष्ट शुबास कुथुमी राई हुन भने यो गितको मिक्सिङ तथा मास्टरिङ गोबिन्द सोनिले गरेका छन।

XENEX MEDIA NEPAL को अफिसियल युट्युब च्यानल मार्फत यसै साता बजारमा सार्बजनिक भएको उक्त गित टिपिकल पुर्बेली लोक भाकामा आधारित रहेको छ।

गित  समग्रमा  राम्रो बनेको हुनाले यो गित लोक गित संङ्गितको पारखी हरुले बढि मनपराई दिने कुरामा अफुहरु बिष्वस्त रहेको कुरा उक्त गित निर्माता सर्जक टिमले मुन्धुमस्टार  डटकमलाई बताए।

पुरा गितको भिडियो हेर्न तलको लिङ्क थिच्नु होला…..