Logo

प्रचण्ड रओलीबिचको अवरु’द्ध वार्ता फेरि सुचारु


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबिच अवरु’द्ध भएको संवाद पुनः सुरु भएको छ।गएको हप्ताको मंगलबार (साउन २० गते) प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डबिच ९ दिनपछि बिहीबार पुनः संवाद शृङ्खला सुरु भएको हो ।ओली र प्रचण्डबिच प्रधानमन्त्री निवासमा छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

साउन २० गतेको भेटमा ठोस सहमति नभए पनि भोलिपल्ट भेट्ने गरी छुट्टिएका ओली र प्रचण्डबिच यो बिचमा टेलिफोनमा समेत संवाद हुन सकेको थिएन ।प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पत्रकार भेला गरेर ओली विरु’द्ध खनिएपछि साउन २१ गते हुने भनिएको छलफल भाँ’डिएको थियो ।त्यसपछि आफ्ना ६ सुरक्षाकर्मीमा को’रोना भाइ’रसको संक्र’मण भएपछि प्रचण्ड आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्