Logo

शेरबहादुर देउवाले बनाएका विभागमा बस्न अस्वी’कार


नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पछिल्लो समय पार्टीका विभागहरूमा धमाधम नियुक्ति गरिरहेका छन्।सभापति देउवाले एकलौटी रूपमा ४७ मध्ये ३० बढी विभाग गठन गरे पछि वरिष्ठ नेता राम चन्द्र पौडेलले वि’रोध गर्दै आएका छन्। पौडेलले आफू पक्षी’य नेता/कार्यकर्तालाई देउवाले बनाएका विभागमा नबस्न अपिल गरेका छन्।सोही अनुरूप पौडेल पक्षी’य नेता/कार्यकर्ताहरूले सार्वजनिक रूपमै देउवाले बनाएका विभागमा नबस्ने बताएका छन्।   दैलेखका कांग्रेस नेता शिव राज जोशीले पार्टी विभागमा बस्न अस्वी’कार गरेका छन्।पार्टी सभापति शेर बहादुर देउवाले पूर्वश्रम तथा यातायात व्यवस्था राज्यमन्त्री समेत रहेका जोशीलाई साउन २५ गते राज्य प्रशासन विभाग सदस्य मनोनित गरेका थिए।आफू विभाग सदस्य रहेको जानकारी पाएको तीन दिन पछि जोशीले सार्वजनिक रूपमा वि’ज्ञप्ति जारी गर्दै आफू उक्त विभागमा नबस्ने बताएका हुन्।देउवाले विभाग संयोजकमा केशव कुमार बुढाथोकीलाई मनोनित गरेका थिए। उक्त विभागमा जोशी सहित ४१ सदस्य थिए। जोशीको नाम २२ औं नम्बरमा थियो।

विधान विप’रीत सभापति देउवाले विभाग गठन गरेको र आफूलाई समेत सदस्य राखेकोमा उनले आप’त्ति जनाए।बिहीबार  कुराकानी गर्दै विभाग सदस्यमा राखिएकोमा अस’न्तुष्टि जनाउँदै जोशीले थपे, ‘विधानअनुसार महाधिवेशन भएको छ महिना भित्र गठन गरिसक्नु पर्ने विभाग १४ औं महाधिवेशनको मुखमा गठन गर्ने? विभागमा रहेका नेताले कहिले काम गर्ने? समय हुनु पर्दैन?’विभाग सदस्य पद अस्वीकार गरे पनि पार्टीका काममा नियमित रूपमा खटिराखेको उनले बताए।‘काम गर्न समय नै नहुने विभागमा बस्नुको औचि’त्य रहन्न। त्यसैले म बस्दिनँ भनेको हुँ,’ उनले भने।आफू विभागमा नबस्ने जानकारी पार्टी केन्द्रीय कार्यालय, नेताहरूलाई र सामाजिक सञ्जालमा समेत राखिदएको उनले बताएका छन्।प्युठान कांग्रेस जिल्ला कार्यसमितिका पूर्वसभापति सुवास केसीले पनि विभागमा बस्न असहमति जनाएका छन्। उनी निर्माण व्यवसायी समन्वय विभाग सदस्य मनोनित भएका थिए। उक्त विभाग संयोजकमा वीर बहादुर बलायर छन्।देउवाले गठन गरेको उक्त विभागमा केसीको नाम ६ नम्बरमै थियो। साउन २५ मै गठन भएको उक्त विभागमा जोशी सहित ३९ सदस्य मनोनित भएका थिए।

‘विधानमै नभएको विभाग सिर्जना गरेर सदस्यमा राखिएकोले बस्न अनुप’युक्त महशुस गरेको हुँ,’ केसीले भने, ‘म यो विभागमा बस्दिनँ। १३ औं महाधिवेशन भएको छ महिनामा गठन गरिसक्नु पर्ने विभाग १४ औं महाधिवेशन घोषणा भइसकेको अवस्थामा गठन गरिएकोले महाधिवेशन संघारमा यो विभागमा बस्नुको औचित्य हुन्न।’कांग्रेसको १३ औं महाधिवेशन २०७२ सालमा भएको थियो। कांग्रेसको पुरानो विधानमा महाधिवेशन सकिएको दुई र नयाँ विधानमा महाधिवेशन सकिएको छ महिना भित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ।विभागमा बस्न नमान्ने अरू पनि छन्।महिला संघ तनहुँकी उपसभापति चन्द्र कला भट्टराईले पनि विभागमा बस्न अस्वीकार गरेकी छन्। सभापति देउवालाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय सानेपामा पत्र पठाएकी भट्टराईले महाधिवेशन प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभागमा बस्नुको औ’चित्य नभएको बताएकी छन्।सभापति देउवाले साउन २५ मै भट्टराईलाई स्थानीय तह समन्व’य विभाग सदस्य मनोनित गरेका थिए। विभागको संयोजकमा अर्जुन प्रसाद जोशी छन्। भट्टराई सहित उक्त विभागमा ३८ जना छन्। भट्टराईको नाम २१ नम्बरमा छ।

‘महाधिवेशन प्रक्रिया अगाडि बढिसकेको अवस्थामा औ’चित्य नभएकोले विभागमा नबस्ने सभापतिको जानकारीका लागि अनुरोध छ,’ भट्टराईले भनेकी छन्। यसैबीच कांग्रेसका १२ जना केन्द्रीय सदस्यले साउन २७ गते संयुक्त रूपमा वि’ज्ञप्ति निकालेर गठन भएका विभाग खारे’ज गर्न आग्रह गरेका थिए।केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, राम कृष्ण यादव, किरण यादवले मंगलबार निकालेको विज्ञ’प्तिमा अहिले विभाग गठन गर्नु औचि’त्यहीन भएको बताएका हुन्।अहिले गठन गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने पनि उनीहरूको भनाइ छ। २८ विभाग रहेकोमा सभापति देउवाले संख्या बढाएर ४७ पुर्‍याएका थिए। विभाग गठन पूर्व वरिष्ठ नेता पौडेल सँग पनि विभागमा रहनेको नाम माग्दा पौडेलले दिएका थिएनन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्