Logo

डा. युवराज संग्रौला भन्छन ‘नेपालको पहिलो राज्य एकीकरण गर्ने राजा किराँत हुन’


-युवराज संग्राैला, काठमाण्डौ-पृथ्वीनारायण शाहलाई राजा पुर्खामात्र ठान्ने मनोवृ’त्ति कसैमा छ भने त्यो मानिस इतिहासको अज्ञान मानिस हो । पृथ्वीनारायणलाई कसैले, अरुका राज्य जित्ने बि’स्तारबादी ठान्छ भने त्यो राष्ट्र बि’रोधी मानिस हो । पृथ्वीनारायण शाह नेपाल राष्ट्रका महानायक हुन् । पहिलो राज्य एकीकरण गर्ने राजा किराँत राजा हुन् । किराँत बंशको पछिल्लो समयमा नेपाल बि’भाजित भैसकेको थियो ।

अंशु बर्माले फेरि नेपालको एकीकरण गरे । लिच्छविहरुको शासनविधि स्थानीय स्वा’यत्ततामा अधारित थियो । पछिल्लो समयमा केन्द्र कमजोर भयो, र फेरि नेपालमा रजौटा पलाए । पृथ्वीनारायण शाहले पुनः एकीकरण गरे । नेपालको इतिहास अब पुनः लिपिबद्ध हुनुपर्छ।

१. राजा यलम्बर, अंशुबर्मा र पृथ्वीनारायणलाई महानायक, राष्ट्रका बिभूति घोषणा गरौं ! अब यसका लागि इतिहास लेखनको अभियान शुरु हुनुपर्छ ।
. भक्ति थापा, अमरसिंह थापा र बलभद्र देशका बिभूति हुन् । उनीहरुले ब्रिटिश सा’म्राज्यसँग जोगाएको देशमा अहिले नेताहरु शासन गरिरहेका छन् । उनीहरुको पुर्ण सम्मान र कदर हुनुपर्छ । उनीहरुको सम्झनामा म्युजियमहरु बन्नुपर्छ ।
. आफ्नो इतिहास बिर्सने देश मासिन्छ, र आफ्नो देश बिर्सने मानिस भबिष्यमा नि’रर्थक मानिस ठानिन्छ ।

(याे सामग्री संग्राैलाकाे फेसबुकबाट लिइएकाे हाे ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्